बलात्कार कसुरमा दुई वर्ष कैदको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले घोराही उप–महानगरपालिका–७ का २३ वर्षीय असिम चौधरीलाई असोज १५ गते दुई वर्ष कैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेको इजलासले कसुर ठहर गर्दै दुई वर्ष कैद, ५० हजार रुपियाा जरिवाना र पीडितलाई ८ सय क्षतिपूर्ति उपलव्ध गराउने…
यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडितपक्षले घोराही उप–महानगरपालिका–१५ का २५ वर्षीय वासद मोहम्मद विरूद्ध असोज ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले असोज १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षको उजुरी आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो । डिएसपी रिजालका अनुसार…
बलात्कार कसुरमा जन्म कैदको फैसला
नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले ३१ वर्षीय आफन्तलाई असोज ७ गते जन्म कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलासले आरोपितलाई २५ वर्षको जन्म कैद र पीडित पक्षलाई १ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको श्रेस्तेदार धनसिंह गिरीले बताउनु भयो ।…
स्वास्थ्य अधिकारसम्बन्धीअन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङ र मानव अधिकार समूहको आयोजनामा घोराही उप–महानगरपालिका–१७ मा स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया असोज ६ गते सम्पन्न भएको छ । कार्यक्रममा स्थानीयवासीले वडाको एकमात्र सरकारी स्वास्थ्य केन्द्रबाट सेवा प्रवाह नागरिक मैत्री नभएको गुनासो सुनाएका थिए । स्थानीय हिमा घर्तीले स्वास्थ्य केन्द्रमा आगोले पोलेको घाउमा लगाउने मलम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले कैलाली घर भई तुलसीपुर उप–महानगरपालिका–११ बस्दै आएका २२ वर्षीय विष्णु सुनारलाई असोज १ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितहरूले भदौ २७ गते सितलपुरस्थित एक होटेलमा सामूहिक बलात्कार गरेको भन्दै पीडितपक्षले इलाका प्रहरी कार्यालय, तुलसीपुरमा भदौ ३१ गते उजुरी दिएका थिए ।…
मानव अधिकार समूहद्वारा शिक्षा, स्वास्थ्य, खाद्य, र आवास क्षेत्रमा रहेका समस्या पहिचान
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजना तथा मानव अधिकार समूह घोराहीको समन्वयमा शिक्षा, स्वास्थ्य, खाद्य, र आवास क्षेत्रमा रहेका समस्या पहिचान कार्यक्रम भदौ २१ गते घोराहीमा सम्पन्न भएको छ । मानव अधिकार समूह र सरोकारवाहरूबिचको समस्या पहिचान कार्यक्रममा स्थानीय स्तरमा रहेका विभिन्न समस्याहरूको पहिचान गरी समाधान गर्ने निर्णय गरेका छन्…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४४ वर्षीय आफन्तलाई भदौ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले बलात्कार गरेको भन्दै पीडितपक्षले भदौ २० गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई हिरासतमा राखेर अनुसन्धान थालेको डिएसपी श्यामु अर्यालले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण भदौ…
डाक्टरमाथि दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका ५२ वर्षीय डा.बिनोद सिंहलाई कार्यकक्षमै मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अनेरास्ववियु दाङका संयोजक २७ वर्षीय सर्जन परियार, सह संयोजक २६ वर्षीय दिवस क्षेत्रीलाई भदौ १५ गते र सदस्य २४ वर्षीय डिल्ली डाँगीलाई भदौ १४ गते गिरफ्तार गरेको छ । डाक्टर सिंहलाई आरोपितहरूको समूहले भदौ ११…
डाक्टरमाथि दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरका मेडिकल सुपरिटेन्डेन्ट ५२ वर्षीय डा.बिनोद सिंहलाई कार्यकक्षमै मोसो दलेर दुर्व्यवहार गरेको भन्दै अनेरास्ववियू दाङका संयोजक २७ वर्षीय सर्जन परियार, सहसंयोजक २६ वर्षीय दिवस क्षेत्री र सदस्य २८ वर्षीय गणेश खड्काविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय तुल्सीपुरमा उजुरी दिएको छ । टाइफाइडका बिरामीलाई कल्चर सेवा नदिएको भन्दै…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया सुस्त मनस्थिति भएकी युवतिलाईलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका– १ का २० वर्षीय सागर नेपाली र १८ वर्षीय नवराज वलीलाई भदौ १० गते शान्तिनगरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितद्वयले भदौ ८ गते घर नजिकै जङ्गलमा लगेर बलात्कार गरेको भन्दै पीडितपक्षले भदौ ९ गते इलाका प्रहरी…