सम्झौता कार्यान्वयन गर्न मुक्त कमलरीको माग

मुक्त कमलरी विकास मञ्चले सरकारसँग भएको १० बुँदे सम्झौता तत्काल कार्यान्वयन हुनुपर्ने माग गर्दै आफ्ना माग कार्यान्वयन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । केन्द्रीय कार्यालय घोराहीमा मङ्सिर २३ गते पत्रकार सम्मेलनको आयोजना गरी मञ्चले साँढे ३ वर्षबितिसक्दा पनि सम्झौता कार्यान्वयन नभएको भन्दै सरकारलाई मुक्त कमलरीको मागप्रति गम्भीर हुन…

December 9, 2016  
दाङ बन्दले जनजीवन प्रभावित

संविधान संशोधन विधेयक फिर्ताको माग गर्दै युवा संघ नेपाल र अनेरास्ववियु दाङले मङ्सिर २२ गते गरेको दाङ बन्दले जिल्लाको जनजीवन प्रभावित भयो । बन्दकर्ताहरूले विहानैदेखि पूर्वपश्चिम राजमार्गको भालुवाङ-लमही-अमेलिया सडक खण्ड र घोराही-तुलसीपुर तथा अमेलिया-सल्यान राप्ती राजमार्गमा ठाउँ ठाउँमा अवरोध सिर्जना गरी सार्वजनिक यातायात ठप्प पारेका थिए । बन्दकै कारण जिल्लाका…

December 7, 2016  
घोराही नगरपालिकाद्वारा १८ बालश्रमिक घरैमा पुनःस्थापित

घोराही नगरपालिकाले विभिन्न होटेल, वर्कशप, ग्रिल उद्योग, साइकल स्टोर र खोलामा गिट्टी कुट्ने काममा लागेको १८ जना बालश्रमिकलाई कार्यस्थलबाट उद्धार गरी परिवारमा पुनःस्थापित गरेको छ । मङ्सिर २० गते कार्यालयमै एक कार्यक्रम गरी घोराही नगरपालिकाका कार्यकारी अधिकृत तुफानसिंह केसीले अभिभावकलाई बोलाएर उनका बालबालिका र जनही १५ हजार रुपियाँका दरले आर्थिक…

December 5, 2016  
गोली हानी भाउजुको हत्या, हत्यामा संलग्न रहेकाे अाराेपमा एकजना गिरफ्तार

त्रिपुर नपा-७ बडराकी २८ वर्षीया पूर्णा थापाको मङ्सिर १९ गते घोराही नपा-३ ओखराका आफ्नै देवर २६ वर्षीय विक्रम थापासहित दुई जनाले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । माइतीमा बस्दै आएकी थापालाई रा २ प १२८७ नम्बरको मोटरसाइकलमा आएका दुई जनाले गोली हानी भागेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी…

December 4, 2016  
बलात्कारको कसुरमा ६ वर्षकैदको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै दाङ जिल्ला अदालतले विजौरी-४ हेमन्तापुरका २० वर्षीय मनोज नेपाली सार्कीलाई ६ वर्षकैदको फैसला गरेको छ । न्यायाधीश चुरामन खड्काको इजलासले मङ्सिर १७ गते सार्कीलाई ६ वर्षकैद र पीडितलाई २० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो । पीडित बालिकालाई गत असोज…

December 2, 2016  
आशय करणी गरेको कसुरमा १५ दिन कैदको फैसला

२७ वर्षीया एक महिलालाई आशय करणी गरेको अभियोगमा दोषी ठहर गर्दै दाङ जिल्ला अदालतले राजपुर-३ का ३३ वर्षीय तुलाराम यादवलाई १५ दिन कैद गर्ने फैसला सुनाएको छ । न्यायाधीश बलभद्र बास्तोलाको इजलासले मङ्सिर १६ गते यादवलाई १५ दिन कैद तथा ५ हजार रुपियाँ जरिबाना तथा पीडितलाई ५ हजार रुपियाँ क्षतिपूर्ति…

December 1, 2016  
अधिकारमैत्री सेवा प्रदान गर्न आयोगको सुझाव

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जले अधिकारमैत्री सेवा प्रदान गर्न दाङका सरकारी कार्यालयलाई सुझाव दिएको छ । घर घरमा मानव अधिकार, शान्ति र विकासको आधार भन्ने नाराका साथ जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा सुरक्षा प्रमुखहरूलाई मङ्सिर १४ गते घोराहीमा अभिमुखीकरण गर्दै आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलले नागरिक सेवालाई मानव…

November 30, 2016  
कथित बोक्सीको आरोपबाट पीडित महिलालाई सम्मान

लैङ्गिक हिंसाविरूद्ध निरन्तर आवाज उठाएको भन्दै कथित बोक्सीको आरोपमा कुटिएकी धनौरी गाविस-१ चिलहरियाकी ६० वर्षीया दिव्या चौधरीलाई अधिकारकर्मीहरूले मङ्सिर १३ गते एक कार्यक्रमका माझ सम्मान गरेका छन् । चौधरीको घर पुगेर अधिकारकर्मीहरूले उनलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् । सोही ठाउँका ३१ वर्षीय हरि चौधरीले ०७३ वैशाख ८ गते दिव्यालाई…

November 29, 2016  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा राजपुर गाविस-९ का २० वर्षीय धनबहादुर घर्तीलाई प्रहरीले मङ्सिर ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर ९ गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले मङ्सिर ११ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएपछि घर्तीलाई बिजौरी गाविस-५ हेमन्तपुर गाउँबाट गिरफ्तार गरिएको इलाका…

November 28, 2016  
क्षमताभन्दा धेरै कैदीबन्दीका कारण त्रिपालमुनिको बास

क्षमता भन्दा धेरै कैदीबन्दी राख्दा त्रिपालमुनि सुत्न बाध्य भएको जिल्ला कारागार घोराहीका कैदीबन्दीहरूले गुनासो गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जबाट आएको अनुगमन टोलीसमक्ष उनीहरूले अधिक सङ्ख्या राख्दा चिसो मौसममा त्रिपालमुनि सुत्नु परेको गुनासो गरेका हुन् । 'कैदीबन्दी दिनहुँ थपिएका छन् । तर, बस्ने ठाउँ छैन ।'-कारागारका…

November 27, 2016