पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
गढवा गाउँपालिका–७ का ५० वर्षीया पत्नी सुनीता रोकाको हत्या गरेको आरोपमा प्रहरीले गढवा गाउँपालिका–७ का ६३ वर्षीय डनबहादुर थापालाई कात्तिक २२ गते गिरफ्तार गरेको छ । कात्तिक २० गते घरायसी विवादमा पत्नीलाई बञ्चरोको विडले टाउकोमा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो । हत्या पछि…
मानव अधिकार रक्षकहरूले दुर्व्यवहार खेप्नु परेको गुनासो
कोभिड–१९ महामारीका क्रममा अग्रणी भूमिका निर्वाह गरिरहेका मानव अधिकार रक्षकहरूले आर्थिक, सामाजिक तथा भौतिकरूपमा दुर्व्यवहार खेप्नु परेको गुनासो गरेका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा कात्तिक १२ गते घोराहीमा आयोजित कोभिड–१९ महामारीका दौरानमा अग्रणी भूमिका निर्वाह गरिरहेका मानवअधिकार रक्षकहरुको अवस्था, चुनौती र सङ्रक्षण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रिवेणी गाउँपालिका–६ का २६ वर्षीय प्रमोद श्रेष्ठलाई कात्तिक ११ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज ३१ गते तुलसीपुर उपमनपा–१३ दमारगाउँ जङ्गलमा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक १० गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले…
बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले तुलसीपुर उप–महानगरपालिका–१७ का २० वर्षीय दिनेश चौधरी विरूद्ध इलाका प्रहरी कार्यालय, तुलसीपुरमा कात्तिक ९ गते उजुरी दिएका छन् । पीडितलाई आरोपितले असोज ३० गते बलात्कार गरेको भन्दै उजुरी आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले बताउनु भयो । गाउँमै मिलापत्र गर्ने…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तुलसीपुर उप–महानगर पालिका–१५ का २२ वर्षीय अमर रावतलाई कात्तिक ८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले कात्तिक ६ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले कात्तिक ७ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको डिएसपी…
यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी
३० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले तुलसीपुर उप–महानगरपालिका–१ का २२ वर्षीय राघव गुरूङ विरुद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा कात्तिक ६ गते उजुरी दिएको छ । पीडितलाई आरोपितले कात्तिक ३ गते यौन दुर्व्यवहार गरेको पीडितका आफन्तले बताए । घटना लगत्तै आरोपित फरार भएकाले खोजी कार्य भइरहेको इलाका प्रहरी…
मानव अधिकारसम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा जोड
मानव अधिकारसम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा सरोकारवाहरू जोड दिएका छन् । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको आयोजनामा असोज २४ गते घोराहीमा मानव अधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजनाबारे सरोकारवालाहरूले उक्त कुरामा जोड दिएका हुन् । ०७७/७८ देखि ०८१ सम्मका लागि तयार पारिएको कार्ययोजनाबारे सरोकारवालाहरूलाई जानकारी दिइएको थियो । मानव अधिकारका…
खाद्य परीक्षण प्रयोगशाला स्थापना गर्न माग
खाद्य सुरक्षाका लागि जिल्लामै खाद्य परीक्षण प्रयोगशाला स्थापना गर्न सरोकारवालाहरुले माग गरेका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा मानव अधिकार समूह घोराहीको समन्वयमा असोज २४ गते घोराहीमा आयोजित खाद्य अधिकारसम्वन्धी कार्यक्रममा सरोकारवालहरूले उक्त माग गरेका हुन् । दाङ जिल्लामै खाद्य प्रयोगशाला नहुँदा नमूना परीक्षणका लागि नेपालगञ्ज…
प्रधानाध्यापक कुटपिट घटनाका आरोपित गिरफ्तार
दीपज्योती आधारभूत विद्यालय घोरानेटीका प्रधानाध्यापक तुलसीपुर उप–महानगरपालिका–४ का ५३ वर्षीय टोपबहादुर केसीलाई कुटपिट गरेको आरोपमा प्रहरीले तुलसीपुर उमनपा–४ का २१ वर्षीय टोपबहादुर पुन र १९ वर्षीय शंकर डाँगीलाई असोज १८ गते गिरफ्तार गरेको छ । पीडित केसी कामको सिलसिलामा नयाँबस्ती पुगेर घर फर्कदै गर्दा असोज १६ गते आरोपितद्वयले कुटपिट गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उप– महानगरपालिका–७ ग्वारखोलाका ३६ वर्षीय बाबुराम कुमाललाई असोज १७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १४ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको…