कथित बोक्सी आरोपमा दुर्व्यवहार, घटनाका आरोपित गिरफ्तार

६८ वर्षीया वृद्धालाई कथित बोक्सी आरोपमा दुर्व्यवहार घटनाका आरोपित  घोराही उपमनपा–५ का २५ वर्षीय माधव गिरीलाई प्रहरीले असार ११ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ ३० गते आफ्नै विवाह भोजका बेलामा शरिरमा देउता चढेको भन्दै कामेर भोज खान बोलाइएकी वृद्धाको नाम लिएर सार्वजनिकरुपमा गाली गलौज र दुर्व्यवहार गरेको…

June 27, 2023  
नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२४, प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा सम्पन्न

इन्सेक दाङको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२४, प्रकाशन पूर्व  अर्ध वार्षिक समीक्षा कार्यक्रम असार ११ गते तुलसीपुरमा सम्पन्न भएको छ । इन्सेकले जिल्लामा सङकलन गरेका मानव अधिकार उल्लङ्घन ज्यादतीका घटनाहरू वर्षको दुई पटक सरोकारवाला निकायहरूकाबिच  पुनर् पुष्टि गर्ने गर्दै आएको छ । उक्त अवधिमा जिल्लामा अभिलेख गरेका १…

June 26, 2023  
कर्मचारी कुटपिट घटनाका आरोपित गिरफ्तार

शान्तिनगर गाउँपालिकाका शिक्षा शाखा प्रमुख तुलसीपुर उप–मनपा–९ का २८ वर्षीय सुमन पाण्डेलाई कुटपिट तथा दुव्र्यवहार गरेको आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका–२ का अध्यक्ष २५ वर्षीय सुनिल वलीलाई ०८० असार ८ गते नारायणपुरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले शान्तिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काको कार्यकक्षमा असार ७ गते  कुटपिट  गर्दै…

June 23, 2023  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

कक्षा १० मा अध्ययनरत १६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विद्यालयका प्रशासन प्रमुख घोराही उप–मनपा–१५ का ३० वर्षीय मिनेश श्रेष्ठलाई ०८० असार ८ गते गिरफ्तार गरेको छ ।पीडितलाई आरोपितले असार ४ गते आफ्नो कोठा र विद्यालय छेउमा बोलाएर धम्की र प्रलोभन देखाएर  यौन दुर्व्यवहार  गरेको भन्दै पीडित पक्षले…

June 23, 2023  
कथित बोक्सी घटनाका आरोपित गिरफ्तार

६० वर्षीया महिलालाई कथित बोक्सी आरोपमा दुर्व्यवहार गरेको  आरोपमा प्रहरीले घोराही उपमनपा–१७ की ३३ वर्षीया सरस्वती गुरुङ र घोराही उपमनपा–३ का धामी ४५ वर्षीय यमबहादुर सार्कीलाई जेठ ३२ गते गिरफ्तार गरेको छ । सरस्वती गुरूङले आफू बिरामी भएको भन्दै जेठ ३० गते धामी बोलाएर झाँक्री बसाल्नु भयो । पीडितलाई आरोपित…

June 16, 2023  
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रमः द्वन्द्वपीडितलाई निःशुल्क स्वास्थ्य बिमा

लुम्बिनी प्रदेश सरकारले द्वन्द्वपीडितहरूको निःशुल्क स्वास्थ्य बिमालाई नीति तथा कार्यक्रममा समेटेको छ । भालुवाङस्थित लुम्बिनी प्रदेश सभामा जेठ २६ गते आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले द्वन्द्वपीडित परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने उल्लेख गर्नु भयो । नीति तथा कार्यक्रममा सशस्त्र द्वन्द्वका क्रममा…

June 9, 2023  
शिक्षकमाथि कुटपिट घटनाका आरोपित गिरफ्तार

जनज्योती माविमा कार्यरत शिक्षकद्वय राजपुर गाउँपालिका–३ का २४ वर्षीय श्रवणकुमार यादव र ३० वर्षीय शिवदेव यादवमाथि कुटपिट गरेको आरोपमा प्रहरीले राजपुर गाउँपालिका–१ का ३० वर्षीय आनन्द अधिकारीलाई जेठ २५ गते गिरफ्तार गरेको छ । घटनाका अर्का आरोपित ३५ वर्षीय त्रिलोक कार्की फरार रहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।…

June 9, 2023  
मानव बेचबिखन कसुर ठहर गर्दै १५ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुर ठहर गर्दै जिल्ला अदालतका न्यायाधीश  जगतबहादुर पौडेलले जेठ २२ गते राजपुर गाउँपालिका–७ की ३० वर्षीया सृया भनिने शान्ति थापा मगरलाई १५ वर्ष कैदको फैसला गरेको छ । कैदसँगै १ लाख रूपियाँ जरिबाना, २ लाख रूपियाँ पीडितलाई राहत दिने  पीडित राहत कोषमा २ हजार २…

June 8, 2023  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना बालकसहित पाँच जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गढवा गाउँपालिका–६ का १८ वर्षीय दिलसान अहमद, गढवा गाउँपालिका–५ का २० वर्षीय सोहेल भनिने सुहेल खान र शिवराज नगरपालिका–११ घर भइ गढवा गाउँपालिका–६ बस्ने…

June 7, 2023  
पत्नी हत्या कसुरमा १५ वर्ष कैदको फैसला

बबई गाउँपालिका–१ की ३४ वर्षीया खुमी बोटेको हत्या गरेको  कसुर ठहर गर्दै जिल्ला अदालतले मृतकका पति  ४० वर्षीय लालबहादुर बोटेलाई १५ वर्ष कैद सजायको फैसला गरेको छ । बोटेले पत्नीलाई ०७९ मङसिर १ गते हत्या गरेको भन्दै पीडित पक्षले मङ्सिर २ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए ।…

June 2, 2023