बलात्कार पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग
बलात्कार घटनाका पीडित महिलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले न्यायिक प्रक्रियामा सहजीकरण गर्न आर्थिक सहयोग उपलब्ध गराएको छ । इन्सेक जिल्ला प्रतिनिधि र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही अन्तर्गत लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) की फोकल पर्सन सुष्मिता पोख्रेलको संयुक्त रूपमा पीडित महिलालाई १० हजार रुपियाँ उपलब्ध…
सुतली बम विष्फोट घटनाका आरोपित गिरफ्तार
महेन्द्र बहुमुखी क्याम्पस, घोराहीको गेट नजिकै सुतली बम विष्फोट गराएको आरोपमा घोराही उपमहानगरपालिका–१५ का १९ वर्षीय सुभम कार्की र १८ वर्षीय अभियान थापालाई प्रहरीले ०८१ भदौ ६ गते गिरफ्तार गरेको छ । रा ८ प ३३२३ नम्वरको मोटरसाइकलमा आएका उनीहरूले जुटको बोरामा लुकाएर लगेको उक्त बम भदौ ६ गते बिहान…
टिआरसी ऐन कार्यान्वयनमा पीडितकै सहभागिताको माग
लुम्बिनी प्रदेशका द्वन्द्वपीडितहरूले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन कार्यान्वयनमा पीडितहरूको सहभागिताको माग गरेका छन् । गम्भीर मानव अधिकार उल्लङ्घनका १२ जिल्लाका द्वन्द्वपीडित अगुवाहरूले ऐन कार्यान्वयनमा पीडितहरूको अनिवार्य सहभागिताको माग गरेका हुन् । लमही घोषणा पत्र जारी गर्दै द्वन्द्वपीडितहरूले सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गो पुर्याउन चालिने सबै प्रक्रिया र इकाई तथा संयन्त्रमा पीडितहरूको सहभागिता…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
लमही नगरपालिका–९ की ४३ वर्षीया इश्वरी कुमालको कुटपिट गरी हत्या गरेको आरोपमा पति ४४ वर्षीय पति चक्रबहादुर भन्ने श्यामकुमार कुमाललाई प्रहरीले ०८१ साउन ३० गते गिरफ्तार गरेको छ । घरायसी विवादका कारण पत्नीलाई कुमालले साउन २९ गते राति मादक पदार्थ सेवन गरेर कुटपिट गरी हत्या गरेको भन्दै पीडित पक्षले साउन…
समयमै उपचार नपाउँदा औलो रोग लागेर एक जनाको मृत्यु
भारतीय सिमासँग जोडिएको दाङको राजपुर गाउँपालिका–७, भैँसाही नाकाकी २५ वर्षीया डिलशा बुढाको समयमै उपचार नपाउँदा मृत्यु भएको छ । हप्ता दिनदेखि नै डिलशालगायत गाउँभरीका १० जनाभन्दा बढीलाई जरो आउने, टाउको दुख्ने, बान्ता हुने जस्ता लक्षण देखिएको र तत्काल अस्पताल लैजान सडक, यातायात नभएपछि भारतको बाटो हुँदै नेपालगञ्ज मेडिकल कलेज पुर्याइएकी…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा अपरिचित व्यक्ति विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ साउन २० गते उजुरी दर्ता भएको छ । फुटपातमा व्यवसाय गर्दै आउनुभएकी पीडित महिलालाई आरोपितले साउन १४ गते सुतिरहेको बेलामा बलात्कार गरेको भन्दै पीडितले साउन २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । पीडितले दिनुभएको सोही…
जिल्लाका ६ सय ८ जना बालबालिकामा कुपोषण
दाङमा विगत एक वर्षमा ६ सय ८ जना कुपोषित बालबालिका भेटिएका छन् । आर्थिक वर्ष ०८०/८१ मा भेटिएका ६ सय ८ जनामध्ये ४ सय ७० जना बालबालिकामा कडा खालको कुपोषण पाइएको छ भने १ सय ३८ जनामा मध्यम कुपोषण भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । दाङका १० स्थानीय तहमा…
घोराही सिमेन्ट उद्योगमा 'रोजगार पाउने आश थियो तर दम र क्षयरोग दियो'
घोराही उपमहानगरपालिका–१७, ओखराका ६० वर्षीय फणाधर बुढालाई धुम्रपान र मद्यपानको लत छैन । पहिले पनि थिएन, अहिले पनि छैन । तर, तीन सातायता फणाधर क्षयरोगले थलिनुभएको छ । फणाधरमात्रै होइन घोराही सिमेन्ट कारखाना नजिक रहेका लक्ष्मीपुर, गोग्ली, रामपुर, ओखरा, भैसाही, चौघेराजस्ता बस्तीहरूमा क्षयरोग र दमका बिरामी ह्वात्तै बढेका छन् ।…
उपचारमा छुट दिन कैदीबन्दीहरूको माग
जिल्ला कारागार कार्यालय, घोराहीका कैदीबन्दीहरूले आफूहरूको उपचारमा छुट गराइदिन माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८१ साउन १५ गते गरेको कारागार अनुगमनका क्रममा कैदीबन्दीहरूले निम्न आय भएका, आफन्त नभएका, वेवारिसे र एकल अवस्थाका कैदीबन्दीहरूलाई उपचारमा लागेको शुल्कको ४० प्रतिशत रकम छुट गराइदिन माग गरेका हुन् ।…
इन्सेकद्वारा प्रहरी हिरासत अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८१ साउन १४ गते जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासत अनुगमन गरेको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालयका प्रलेख अधिकृत सोम नेपाली, जिल्ला प्रतिनिधि र अधिकारकर्मी गोपाल नेपालीले प्रहरी हिरासतको अनुगमन गरेको हो । जिल्ला प्रहरी कार्यालयमा रहेको हिरासतमा २८ जना थुनुवा रहेको जिल्ला प्रहरी…