बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बबई गाउँपालिका–१ का १९ वर्षीय यामबहादुर पुनलाई प्रहरीले ०८१ असोज २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई…

२०८१ आश्विन २, बुधबार २१:१५ गते  
मानव बेचबिखन गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला

१८ वर्षीया युवतीलाई भारत लगेर बेचबिखन तथा बलात्कार गरेको कसुरमा जिल्ला अदालतले शान्तिनगर गाउँपालिका–२ का १९ वर्षीय विजय वलीलाई ११ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश मनोजकुमार श्रीवास्तवको ०८१ भदौ ३१ गतेको इजालसले दोषी ठहर गर्दै ११ वर्ष कैद सजाय, ५ लाख रुपियाँ जरिबाना, १ लाख…

२०८१ आश्विन १, मंगलवार १६:४७ गते  
प्रदेश सरकारको स्वीकृति नपाउँदा प्रसूति सेवा सञ्चालन भएन

तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरेको भीमसेन मेट्रो अस्पतालमा विशेषज्ञ सेवाका लागि प्रदेश सरकारले स्वीकृति नदिँदा जनरल सर्जरी र प्रसूति सेवा सञ्चालन हुन सकेको छैन । कोरोना महामारीका बेला तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर उपमहानगरपालिका–८, अश्वारामा ५० वेडको अस्पताल स्थापना गरेको थियो । वहिरङ सेवा दिइरहेको अस्पतालले पछिल्लो समय १५ शैय्याको विशेषज्ञ सेवा सञ्चालन…

२०८१ भाद्र ३१, सोमबार १३:०७ गते  
एकीकृत गुठी ऐन तत्काल बनाउन किसानको माग ! (फोटो फिचर)

दाङका स्वर्गद्वारी गुठीपीडित किसानले तत्काल एकीकृत गुठी विधेयक संसदमा दर्ता गरी कानुन बनाउन सरकारसँग माग गरेका छन् । तीन पुस्तादेखि जोगभोग गर्दै आएको जग्गामाथिको अधिकार किसानले पाउन नसकेको भन्दै गुठीपीडित किसानहरूले सरकार र स्वर्गद्वारी गुठीपीडित किसान सङ्घर्ष समितिबीच ०८० चैत ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा भएको…

२०८१ भाद्र २६, बुधबार १६:२५ गते  
स्थानीय सेवा ऐन ल्याउन लागेको भन्दै लुम्बिनी प्रदेशका स्वास्थ्यकर्मी आन्दोलित

सङ्घीय सरकारको स्वास्थ्य सेवा ऐनसँग बाझिने गरी लुम्बिनी प्रदेशमा स्थानीय सेवा ऐन ल्याउन लागेको भन्दै लुम्बिनी प्रदेशका स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन् । हेल्थ असिष्टेन्ट, अहेव र अनमी पाँचौँहरूले भदौ २४ गते लुम्बिनी प्रदेशसभा अगाडि धर्ना दिएका छन् । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म स्वास्थ्यकर्मी पोशाकसहित धर्ना बसेका हुन् ।…

२०८१ भाद्र २५, मंगलवार १०:४५ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शान्तिनगर गाउँपालिका-१, ज्यामिरेका ४६ वर्षीय दुर्गाबहादुर सार्कीलाई प्रहरीले ०८१ भदौ २२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २२ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई…

२०८१ भाद्र २३, आईतवार १५:०२ गते  
अस्पतालमा सिटी स्क्यान सेवा बन्द हुँदा सेवाग्राही मर्कामा

राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा सिटी स्क्यान सेवा बन्द हुँदा सेवाग्राहीलाई समस्या भएको छ । ०८१ वैशाखदेखि नै मेसिन बिग्रिँदा सेवा अवरुद्ध भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पदम अधिकारीले जाकानरी दिनुभयो । मेसिन मर्मतका लागि पहल गरेको तर १ करोड १५ लाख रुपियाँ मर्मत खर्च लाग्ने सम्बन्धित कम्पनीले स्टिमेट पठाएपछि आर्थिक…

२०८१ भाद्र २१, शुक्रबार ०९:१४ गते  
अपरिचित व्यक्तिद्वारा वडाध्यक्ष र वडा सदस्यलाई धम्की

तुलसीपुर उपमहानगरपालिका–६ का वडा अध्यक्ष ३४ वर्षीय दुजमान भण्डारी र वडा सदस्य ३० वर्षीय यम केसीलाई अपरिचित व्यक्तिहरूले भारतीय मोवाइल नम्वरबाट पटक पटक धम्की दिएका छन् । वडाध्यक्ष भण्डारी र सदस्य केसीले भदौ १८ गते प्रेस विज्ञप्ति जारी गर्दै आफूहरूमाथि भारतीय नम्वरबाट पटक पटक मार्ने धम्की आएको भन्दै जीवन खतरामा परेको…

२०८१ भाद्र १९, बुधबार १०:०३ गते  
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

२५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले दङ्गिशरण गाउँपालिका–२ का ४५ वर्षीय दिपक वलीलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको ०८१ भदौ १७ गतेको इजलासले कसुर ठहर गर्दै सात वर्ष कैद सजाय, ३ हजार रुपियाँ जरिबाना र ४० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति…

२०८१ भाद्र १७, सोमबार २३:५६ गते  
ऐन कार्यान्वयनमा शङ्का छः बेपत्ताका परिवार

दाङका बेपत्ता पारिएका नागरिकका परिवारहरूले सरकारले ल्याएको सङ्क्रमणकालीन न्याय सम्वन्धी ऐन २०७९ (तेस्रो संशोधन) कार्यान्वयन हुनेमा शङ्का व्यक्त गरेका छन् । १४ औँ बेपत्ता पार्ने कार्य विरुद्धको अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), द्वन्द्वपीडित सञ्जाल दाङ, द्वन्द्वपीडित राष्ट्रिय महिला सञ्जाल दाङ र नेपाल महिला सामुदायिक सेवा केन्द्रको संयुक्त…

२०८१ भाद्र १५, शनिबार १३:५८ गते