मुढा तथा ढाका बुनाई तालिम पाएपछि कैदी/बन्दी खुसी

मुढा तथा ढाका बुनाई तालिम पाएपछि जिल्ला कारागारका कैदी/बन्दी खुसी भएका छन् । घरेलु तथा साना उद्योग विकास समितिको आर्थिक सहयोगमा कारगारमा डेढ महिने तालिम सञ्चालन गरिएको थियो । २४ जना कैदी/बन्दीले तालिममा सहभागी भएर सीप हासिल गरेका छन् । वरिष्ठ उद्योग अधिकृत कृष्णप्रसाद पोख्रेलका अनुसार बाँसका मन्दिर, मुढा, र्‍याक,…

२०७३ मंसिर २३, बिहीबार ०८:०४ गते  
पत्नी कुटपिट घटनाका आरोपित गिरफ्तार

लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान चलिरहेका बेला मङ्सिर १२ गते कुटपिट गरी घाइते बनाएको आरोपमा छापहिले गाविस-१ का २० वर्षीया सरा ज्ञवालीलाई कुटपिट गरेको आरोपमा प्रहरीले २२ वर्षीय पति कुमार गिरीलाई सोही दिन गिरफ्तार गरेको छ । पीडित महिलालाई उनका पतिले टाउकोमा ढुङ्गा प्रहार गरी घाइते बनाएको आरोपमा पीडित…

२०७३ मंसिर १२, आईतवार १४:५३ गते  
प्रहरी जवानमाथि कार्यालयमा कुटपिट

जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी जवान अर्घाखाँची सिमलपानी- ६ का २८ वर्षीय रामु बीसीलाई सोही कार्यालयका असई सत्यनारायण यादवले ०७३ मङ्सिर ३ गते साँझ प्रहरी कायालय भित्रै कुटपिट गरेका छन् । आरोपित असई यादवले बीसीलाई आदेश नटेरेको र अन्य अफिसरहरूलाई गालीगलौज गरेको आरोपमा तिघ्रा र ढाडमा नीलडाम हुने गरि…

२०७३ मंसिर ६, सोमबार १०:३४ गते  
बन्द रिडी बजार खुलाउने क्रममा स्थानीय र प्रहरीबिच झडप, दुई जना घाइते

गुल्मीको रिडी क्षेत्रमा रहेको पूर्ववत ५ नम्बर इलाकालाई विभाजन गर्न नहुने र उक्त इलाकालाई एउटै गाउँपालकिा बनाउन तथा त्यसको केन्द्र रिडीमै राख्नु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीय र प्रहरीबिच कात्तिक २४ गते भएको झडपमा परी एक जना स्थानीय र एक जना प्रहरी इन्स्पेक्टर घाइते भएका छन् । झडपमा रिडी…

२०७३ कार्तिक २५, बिहीबार ०४:३५ गते  
बहुविवाह गरेको आरोपमा पतिविरुद्ध उजुरी

रेसुङ्गा नपा–२ की २५ वर्षीया मिना खड्का थापाले बहुविवाह गरेको आरोपमा ३१ वर्षीय पति कृष्ण थापाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा भदौ ३० गते उजुरी दर्ता गरेकी छन् । पीडित महिलाले दिएको उजुरीमा ह्वाङदी–२ की २१ वर्षीया कल्पना थापासँग कृष्णले गत वैशाख ११ गते अर्को विवाह गरेको आरोप लगाइएको छ । जिल्ला…

२०७३ भाद्र ३१, शुक्रबार १३:४२ गते  
द्वन्द्वकालीन घटनाका मुद्दामा आममाफी हुँदैनः महान्यायाधिवक्ता

सरकारका महान्याधिवक्ता रमणकुमार श्रेष्ठले द्वन्द्वकालीन घटनाका मुद्दाहरूमा कुनै पनि हालतमा आममाफी नहुने बताए । भदौ २५ गते गुल्मीको तम्घासमा आयोजित एक कार्यक्रममा उनले अन्तर्राष्ट्रिय कानुनले गम्भीर अपराध भनेर परिभाषा गरेका जुनसुकै प्रकारका घटनाहरूमा मुद्दा चल्ने बताएका हुन् । वर्तमान अवस्थामा तत्कालीन द्वन्द्वरत पक्ष र सरकारपक्ष अहिले सरकारमा भएको कारण धेरैलाई…

२०७३ भाद्र २६, आईतवार १४:४० गते  
मानव बेचविखन नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रममा जोड

गुल्मी जिल्लामा आयोजित एक कार्यक्रममा सरोकारवालाहरूले मानव बेचविखन तथा ओसार पसार गर्ने कार्यलाई नियन्त्रण गर्नका लागि स्थानीय स्तरमा सचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिएका छन् । महिला तथा बालबालिका कार्यालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को समन्वयमा सृजनशील सामुदायिक विकास केन्द्र, मानव अधिकारका लागि एकल महिला समूह, महिला मानव अधिकार सङ्गठन…

२०७३ भाद्र २३, बिहीबार ०५:०७ गते