बलात्कार पीडितको उपचारका लागि इन्सेकद्वारा सहयोग प्रदान
बाबुबाट बलात्कार पीडित १४ वर्षीया बालिकाको उपचारका लागि इन्सेकले चैत १७ गते पीडित परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । मानव अधिकार सहायता कक्ष अन्तरगत इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालले गुल्मी अस्पताल, तम्घासमा पुगेर पीडितकी आमालाई आमालाई १० हजार रुपियाँ प्रदान गरेको हो । बुबाबाट बलात्कृत बालिकाले चैत १५…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले २२ वर्षीय देवरलाई चैत १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत १४ गते सुतिरहेको अवस्थामा बलात्कार गरेको भन्दै पीडितपक्षले चैत १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेयले बताउनु भयो । पीडितपक्षको मौखिक उजुरीका आधारमा प्रहरीले…
यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बाग्लुङ जिल्ला बरेङ गाउँपालिका– ३ का ३१ वर्षीय चेतमान सुनार विरूद्ध पीडितपक्षले चैत १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले चैत १४ गते घरमा खाना बनाइ रहेको अवस्थामा यौन दुर्व्यवहार गरेको भन्दै उजुरी परेको डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेयले बताउनु भयोे…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धुर्कोट गाउँपालिका–५ का ३६ वर्षीय विष्णुबहादुर सार्कीलाई चैत ५ गते घर गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत ५ गते बलात्कार गरेको भन्दै पीडितपक्षले जिल्ला प्रहरी कार्यालयमा चैत ५ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका एसपी गोपालचन्द्र भट्टराईले बताउनु भयो । पीडितको स्वास्थ्य…
इन्सेकको सहयोगमा पार्वताको हातमा नागरिकता र लालपुर्जा
इन्सेकको सहयोगमा नागरिकता प्राप्त गरेकी धुर्कोट गाउँपालिका– ४ जैसीथोककी ३३ वर्षीया पार्वता पन्थीले चार महिनापछि फागुन २४ गते जग्गा धनी लालपुर्जा प्राप्त गर्नु भएको छ । अंशवण्डा मुद्दामा जिल्ला अदालतको फैसला अनुसार पति ममराज पन्थीबाट जग्गा पाएकी पार्वता नागरिकता नभएकै कारण लालपुर्जाबाट बञ्चित हुनु भएकी उहाँले भोगचलन गर्न पाउनु भएको…
पारिश्रमिक नपाएपछि कोभिड प्रयोगशालाका कर्मचारी घर फर्किए
कोभिड–१९ परीक्षण प्रयोगशाला तम्घासमा कार्यरत कर्मचारीहरू पाँच महिना काम गरेको पारिश्रमिक नपाएपछि खाली हात घर फर्किन बाध्य भएका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको सहमति अनुसार स्थानीय तहले समयमै रकम नदिएका कारण स्वास्थ्यकर्मी पारिश्रमिक नपाएर घर फर्किएका हुन् । ०७७ जेठ ३१ गतेको जिल्ला विपद् व्यावस्थापन समितिको बैठकले कोभिड–१९ प्रयोगशाला…
बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालिका गाउँपालिका– ४ अर्खबाङका २९ वर्षीय जगतबहादुर रानालाई माघ २९ गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले प्रलोभन देखाएर माघ २६ गते बलात्कार गरेको भन्दै पीडितपक्षले माघ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेयले बताउनु भयो ।…
कृषकको लगानी माथि आक्रमण, कृषकले खोजे सुरक्षा
जिल्लामा कृषकको लगानी माथि आक्रमण हुन थालेपछि कृषकहरूले ढुक्क भएर काम गर्ने वातावरण मिलाइदिन प्रहरी प्रशासनसँग माग गरेका छन् । चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका शौभाग्य शाहको बाख्रा फर्ममा ०७७ पुस २३ गते आगजनीगर्नेको अझै पहिचान भएको छैन । शाहको बाख्रा फर्ममा अपरिचित व्यक्तिले आगजनी गर्दा २५ बाख्रा मरेका थिए । ७०…
झारफुकका नाममा डामेका कारण एक जनाको मृत्यु, दुई जना घाइते
इस्मा गाउँपालिका–३ दर्लामचौरका ६४ वर्षीय रामबहादुर मुखियाको बिमार सञ्चो बनाउने भन्दै धामीले फलाम लगायतका धातु तताएर डाम्दा पुस २९ गते मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका–५ की ४० वर्षीया टोपला दमाई र मृतकका ३४ वर्षीय छोरा हुमबहादुर मुखियालाई गुल्मी अस्पतालमा सामान्य उपचारपछि पाल्पा रेफर गरिएको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम…
गुल्मीमा सङरक्षण गृह नहुँदा उद्धार र पुर्नस्थापनामा समस्या
जिल्लामा सङरक्षण गृह नहुँदा हिंसा पीडित महिला तथा बालबालिकाका झन पीडित बन्नुपर्ने अवस्था सृजना भएको छ । सङरक्षण गृहको दिर्घकालिन विकल्प नहुँदा पीडितले थप जोखिम मोल्नुपर्ने बाध्यता रहेको छ । जिल्लामा अमरकल्याण बहु–उदेश्यीय महिला सहकारी संस्थाले ०७३ सालदेखि महिला तथा बालबालिका सेवा केन्द्र सञ्चालन गरेको छ । अहिलेसम्म यो केन्द्रले…