कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा तीन ठाउँमा विष्फोट
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले असार ११ गते जिल्लाका दुई स्थानमा बम विष्फोट गराएको प्रहरीले जनाएको छ । मदाने गाउँपालिका-७ को दिपक माविको बुथ नजिक र वडा नम्बर ६ को बुथ नजिकै राति बम विष्फोट भएको प्रहरीले जनाएको छ । असार ११ गते राति यहाँका नागरिकलाई आतङ्कित पार्न…
इन्सेकको समन्वयमा पर्यवेक्षण गर्ने संस्थाबिच अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) गुल्मीले जिल्लाका सबै पर्यवेक्षण गर्ने संस्थासँग असार ११ गते अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा पर्यवेक्षण गर्ने संस्थाहरूले एक आपसमा मिलेर सूचना सङ्कलन, सूचनाको आदानप्रदान र अनगुमनलाई समन्वयात्मक बनाउने सहमति गरिएको छ । अन्तरक्रियामा अहिलेसम्म जिल्लामा भएको चुनावी गतिविधि, आचारसंहिता पालनाको अवस्था र मौन समयमा पालना गर्नुपर्ने…
बालश्रम तोड्न रोजीरोटी र पुन:स्थापना
रेसुङ्गा नपा-१४ की माया बुढाथोकीलाई बाल श्रम के हो ? बालश्रम अन्त्यका लागि मनाइने दिवस कहिले पर्छ ? कुनै पत्तो छैन । तर, बिहान बेलुका कसरी गर्जो टार्ने ? उनलाई कसैले सम्झाउनु पर्दैन । उनी घोर्ले माविको कक्षा ६ मा पढ्ने सुमनलाई लिएर ढुङ्गाखानीमा आउँछिन् । 'थुप्रै पटक खानीमा आउने…
चुनावमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता
जिल्ला स्थित राजनीतिक दल र अन्य सम्बद्ध सरोकारवाला निकायका प्रतिनिधिहरूले स्थानीय तहको निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला बाल कल्याण समिति र महिला तथा बालबालिका कार्यालयको संयोजनमा गरिएको जिल्लास्तरीय कार्यक्रममार्फत प्रमुख दलका प्रतिनिधिले बालबालिकालाई कुनै अर्थमा पनि प्रयोग नगर्ने लिखित प्रतिबद्धता जनाएका हुन् । निर्वाचनमा दलहरूले बालबालिका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता भएकी ४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुरु गाउँपालिका-६ रिमुवाका ४६ वर्षीय लक्ष्मीप्रसाद ज्ञवालीलाई जेठ २० गते गिफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ १९ गते बलात्कार गरेको आरोपमा जेठ २० गते जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी परेपछि सोको आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी…
बन्दले जिल्लाको जनजीवन प्रभावित
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय निकायको चुनावको विरोधमा आह्वान गरेको नेपाल बन्दका कारण वैशाख ३० गते जिल्लाको जनजीवन अत्यन्तै प्रभावित भएको छ । बिहानै देखि जिल्ला भित्रने र बाहिरीने कुनै सवारी साधन नचलेको जिल्ला ट्राफिक कार्यालय प्रमुख प्रेम श्रेष्ठले बताए । जिल्लाको क्षेत्र पूर्णरूपमा बन्द भएको छ ।…
अज्ञात समूहद्वारा बाटो खन्न प्रयोग गरिएको जेसिबी डोजरमा आगजनी
अज्ञात समूहले वैशाख २६ गते कालिका प्यासेफिक जेभीको एउटा जेसिबी डोजरमा आगजनी गरेको छ । इस्मा गाउँपालिका-२ को रातचौरमा बिहान एक बजेतिर उक्त डोजरमा आगो लगाएको प्रहरीले जनाएको छ । २०५ नम्बरको जेसिबीले छल्दी-पनाहा-इन्द्रेगौडा सडकखण्डमा काम गरिरहेको ठेकेदार भरत कटुवालले जानकारी दिए । आगजनीबाट जेसिबी पुरै जलेर नष्ट भएको उनले…
ढुङ्गाखानीका मजदुरलाई चुनावले छोएन
रेसुङ्गा नपा-१४ उर्लेनीको ढुङ्गाखानीमा काम गर्दै आएकी पार्वती परियारलाई चुनावको कुनै मतलब छैन । 'उज्यालो अँध्यारो खानीमै हुन्छ, नेताहरू भोट माग्न आएका छैनन ।'-उनले भनिन् । उनले इन्सेक प्रतिनिधिसँग उल्टै प्रश्न तेर्स्याइन्-'कुन चुनाव ? मलाई त थाहा छैन ।' पाँच जनाको परिवार ढुङ्गा कुटेरै पालेकी उनलाई चुनावले भन्दा बिहान साँझको…
बल्झिरहन्छन् द्वन्द्वका घाउहरू !
म द्वन्द्वपीडित । मेरा छोरा राज्य पक्षबाट मारिए । सदरमुकामको एक कार्यक्रममा परिचय दिँदै गरेका मदाने गाउँपालिका-६ पुर्कोटदहका ६८ वर्षीय तुलबहादुर कुँवरका आँखा रसाए । त्यसपछि उनको मात्र होइन, धेरैको मन अमिलो भयो । १० वर्षे जनयुद्धका क्रममा राज्य पक्षको आक्रमणबाट उनका दुईजना छोरा मारिएका थिए । ६ जना छोराका…
दलित बस्तीमा मतदाता शिक्षा
स्थानीय युवा उत्तम पन्थीले विभिन्न प्रलोभन देखाएर पार्टी प्रवेश गराउने दलको चङ्गुलमा दलित समुदाय सधैँ फस्दै आएको बताए । 'चुनावका बेला यो समुदायका मतदाता थुप्रै पार्टीमा प्रवेश गर्छन ।'-पन्थीले भने-'चेतनाको कमी र विपन्नताको फाइदा दलहरूले लिइरहेका छन् ।' स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय इन्सेक क्षेत्रीय कार्यालय पोखराको टोलीसँग कुरा…