गाउँ निकाला गर्ने घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

अन्तरजातीय प्रेम सम्बन्ध राखेको आरोपमा अर्वेनी-५ का ८१ वर्षीय लालबहादुर सुनार र ४२ वर्षीया सावित्रा न्यौपानेलाई गाउँ निकाला गरेको आरोपमा सोही स्थानका करिव ४३ वर्षीय चिन्तामणी न्यौपाने र अर्वेनी गाविस कार्यालय सहायक झविलाल न्यौपानेविरुद्ध पुस ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको छ । पीडितका छोरा अनुराम सुनारले प्रेम…

December 22, 2016  
अन्तरजातीय प्रेम सम्बन्ध राखेको आरोपमा ८१ वर्षीय दलितको जोडी गाउँ निकाला 

अर्वेनी गाविस-५ का ८१ वर्षीय लालबहादुर सुनारले सोही स्थानकी ४२ वर्षीया सावित्रा न्यौपानेसँग प्रेम सम्बन्ध राखेको आरोपमा स्थानीयले दुवै जनालाई गाउँ निकाला गरेका छन् । पुस १ गते लालबहादुरको घरमा बसेको अवस्थामा सावित्रालाई भेटाएपछि स्थानीयले उनीहरूलाई बाँधेर निर्घात कुटपिट गरी गाउँ निकाला गरेको पीडित पक्षको आरोप छ । अर्वेनी गाविस…

December 21, 2016  
नाबालक दुई छोराको हत्या गरेको कसुरमा सौतेनी आमालाई जन्मकैद

हाडहाडेकी -९ का ७ वर्षीय विवेक पुन र ५ वर्षीय विक्रमको हत्या गरेको कसुरमा सौतेनी आमा शान्ता पुनलाई जिल्ला अदालत गुल्मीले पुस ५ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले आरोपित शान्तालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको जिल्ला न्यायाधिवक्ता कैलाश केसीले जानकारी दिए । फैसलासँगै उनी जेल…

December 20, 2016  
प्रहरी र बन्दकर्ताबिच झडप हुँदा सांसद, इन्सेककर्मीसहित २५ जना घाइते

जिल्ला प्रशासन कार्यालयमा बन्दकर्ताले लगाएको ताला खुलाउने क्रममा प्रहरी र बन्दकर्ताबिच झडप हुँदा गुल्मी सदरमुकाम तम्घास पुस १ गते दिनभर तनावग्रस्त बन्यो । प्रहरीले जिल्ला प्रशासन कार्यालयमा लगाइएको ताला खुलाउन र धर्नामा बसेका प्रदर्शनकारीलाई लखेट्न खोज्दा झडप भएको हो । झडपमा नेकपा मालेकी सांसद कमला विक, इन्सेक गुल्मी जिल्ला प्रतिनिधि…

December 16, 2016  
गुल्मेली महिलाद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्रसहित कैँची तथा नक्सा उपहार

संविधान संशोधन प्रस्तावको विरोधमा आन्दोलनमा उत्रिएका सांसद कमला विश्वकर्मासहितका गुल्मेली महिलाहरूले प्रधानमन्त्रीलाई ज्ञापन पत्रसहित कैँची, फूलको माला, सियो, धागो र नेपालको नक्सा उपहार पठाएका छन् । सरकारले आफ्ना माग सुनुवाइ नगरेपछि गुल्मीका महिलाहरूले विरोध स्वरुप प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानामार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र सहित कैँची, फूलको माला, सियो, धागो र…

December 14, 2016  
कालो पट्टी बाँधेर दौड जुलुश, लगातारको बन्दले जनजीवन कष्टकर

सरकारले आफ्ना माग सुनुवाइ नगरेको भन्दै आन्दोलनको चौधौँ दिन प्रदर्शनकारीले कालो पट्टी बाँधेर दौड जुलुश प्रदर्शन गरेका छन् । सरकारले संविधान संशोधन गरी पाँच नम्बर प्रदेश टुक्र्याउन लागेको विरोधमा लगातार बन्दको चौधौँ दिन पनि गुल्मी जिल्ला बन्द गरिएको छ । संशोधनको विरुद्धमा आन्दोलन चर्किएको धेरै दिन बित्दा समेत सरकारले कुनै…

December 13, 2016  
लगातारको बन्दले जनजीवन कष्टकर

मङ्सिर १४ गते देखि गरिएको लगातारको बन्दका कारण गुल्मीबासीको जनजीवन कष्टकर बनेको छ । बन्दका कारण सरकारी कार्यालयका सेवाहरू प्रभावित हुनुका साथै गरिखाने वर्गका मानिसलाई निकै सास्ती भएको छ । व्यापार घाटा भएपनि राष्ट्रियता जोखिममा परेकाले महिनौ व्यावसाय बन्द गर्नु परेपनि पछि नहट्ने उद्योग वाणिज्य सङ्घका महासचिव तारा भुसालले बताए…

December 12, 2016  
बन्दकर्ताद्वारा जीप र मोटरसाइकल तोडफोड

सरकारले संसदमा दर्ता गरको संशोधन प्रस्तावको विरोधमा आन्दोलनमा उत्रिएका १२ औँ दिन मङ्सिर २६ गते बन्दकर्ताले जीप र मोटरसाइकल तोडफोड गरेका छन् । एकाबिहानै बन्द गराउँदै हिँडेका बन्दकर्ताहरूले सदरमुकाम नजिकैको अर्खले भन्ने स्थानमा एउटा जीप र एउटा मोटरसाइकल तोडफोड गरेका छन् । सदरमुकाम तम्घासबाट गाउँतर्फ जाँदै गरेको लु ६ प…

December 11, 2016  
संशोधन प्रस्तावको विरोधमा लाठी जुलुस, एघारौँ दिन पनि ठप्प

सरकारले संसदमा संशोधन प्रस्ताव दर्ता गरेको विरोधमा आन्दोलनमा उत्रिएका गुल्मेलीहरूले मङ्सिर २५ गते लाठी जुलुस निकालेका छन् । एघार दिनसम्म आन्दोलन गर्दा पनि सरकार गुल्मेलीको माग सम्बोधन गर्ने पक्षमा उदासिन देखिएको भन्दै खबरदारी गर्न लाठी जुलुस निकालिएको आन्दोलन परिचालन कमिटीका संयोजक भुवनप्रसाद श्रेष्ठले बताए । मङ्सिर २६ गते मानव साङ्लो…

December 10, 2016  
मुढा तथा ढाका बुनाई तालिम पाएपछि कैदी/बन्दी खुसी

मुढा तथा ढाका बुनाई तालिम पाएपछि जिल्ला कारागारका कैदी/बन्दी खुसी भएका छन् । घरेलु तथा साना उद्योग विकास समितिको आर्थिक सहयोगमा कारगारमा डेढ महिने तालिम सञ्चालन गरिएको थियो । २४ जना कैदी/बन्दीले तालिममा सहभागी भएर सीप हासिल गरेका छन् । वरिष्ठ उद्योग अधिकृत कृष्णप्रसाद पोख्रेलका अनुसार बाँसका मन्दिर, मुढा, र्‍याक,…

December 8, 2016