बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पञ्हरीले इस्मा गाउँपालिका-२ का ३९ वर्षीय प्रेमबहादुर कार्कीलाई असार १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षबाट असार १२ गते उजुरी आएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका असई सत्यनारायण यादवले बताए ।…
नेपाल मानव अधिकार वर्षपुस्तक २०१९ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्षपुस्तक २०१९ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम गुल्मीको सदरमुकाम तम्घासमा असार ९ गते सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालले मानव अधिकार वर्षपुस्तक २०१९ का लागि गुल्मीमा सङ्कलन गरिएका घटनाहरूको विवरण प्रस्तुत गरेका थिए । उनले कार्यक्रममा ६…
अज्ञात पक्षबाट बालिकाको हत्या
धुर्कोट गाउँपालिका-७ वाग्लामा एक बालिकाको शव बेवारिसे अवस्थामा फेला परेको छ । अन्दाजी ११ वर्षीया बालिकाको शव सडेको अवस्थामा जेठ १६ गते स्थानीयले ढोडको पहिरोमा फेला पारेको पुर्कोट, इलाका प्रहरी कार्यालयका सई अशोक श्रीवास्तबले जानकारी दिए । हत्या कसले र किन गरेको भन्ने खुल्न सकेको छैन । प्रहरीका अनुसार टाउकोमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मुसिकोट नपा-६ का ३५ वर्षीय जीवन रायमाझीलाई जेठ १४ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले वैशाख २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १४ गते प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका असई सत्यनारायण यादवले बताए । पीडित पक्षको उजुरी प्राप्त…
सामूहिक बलात्कारको कसुरमा पाँच जनालाई कैद फैसला
३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत गुल्मीले पाँच जनालाई दोषी ठहर गर्दै कैद सजाय तोकेको छ । गुल्मीको मुसिकोट नपा-१ का १८ वर्षीय बुद्ध नेपाली र एक १६ वर्षीय बालकलाई जनही दश वर्षकैद र २५ हजार रुपियाँ जरिवाना तोकेको हो । न्यायाधीश रामप्रसाद न्यौपानेको जेठ १० गतेको इजलासले…
गुल्मीका ४३ वडामा सचिविहीन, जनप्रतिनिधि र नागरिकलाई सास्ती
स्थानीय तह कार्यान्वयन भएको १५ महिना भइसक्यो । ती स्थानीय तहमा जनप्रतिनिधि आएको पनि एक वर्षभयो । तर, गुल्मीका स्थानीय तहका ९३ वडा मध्ये ४३ वडा सचिवविहीन भएपछि नागरिक र जनप्रतिनिधि दुवै समस्यामा परेका छ्न । दुई नगरपालिकासहित १० गाउँपालिका रहेको गुल्मीमा ४२ वटा वडा सचिवविहीन अवस्थामा रहेका छन् ।…
समयमै ज्याला नपाएको श्रमिकको गुनासो
सरकारले श्रमिकको ज्याला बढाउने योजना बनाइरहेका बेला गुल्मीका श्रमिकहरूले समयमै ज्याला नपाउने गरेको गुनासो गरेका छन् । १२९ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा निर्माण मजदुर हकहित संरक्षण समिति गुल्मीले वैशाख १८ गते आयोजना गरेको कार्यक्रममा श्रमिकले समयमै ज्याला नपाएको सरोकारवालाले गुनासो गरेका हुन् । आफूहरूलाई ठेकेदारहरूले तोकिएको समयभन्दा बढी काममा…
आकाश हेरेर ओछ्यान लगाउँछन् गुल्मीका स्थानीय
डेढ वर्षदेखि नछाएको घर । जोडले हावा लागे पनि कसरी जोगाउने उनलाई मुस्किल पर्छ । पानी परेका दिन चुलोचौका र मझेरी जलमग्न । यो वर्षजसोतसो घर छाउने योजनामा थिए । संयोग गएको स्थानीय तहको चुनावमा नेताहरूले खरको छाना विस्थापनलाई प्रमुख नारा बनाए । चुनाव प्रचारका लागि कुमाल बस्तीमा पुगेका सबै…
गुल्मी कारागारमा तेब्बर कैदीबन्दी, व्यवस्थापनमा समस्या
जिल्ला कारागार गुल्मीमा क्षमताभन्दा लगभग तेब्बर कैदीबन्दीले भरिएपछि कारागारको व्यावस्थापनमा समस्या देखिएको छ । २५ जनाको क्षमता भएको कारागारमा अहिले ६६ जना कैदीबन्दी रहेका छन् । अत्यन्तै जीर्ण र साँघुरो कारागार भएकाले खान, बस्न, सुत्न र अरू घरेलु उद्योग सञ्चालन गर्न साह्रै समस्या परेको भाइनाइके अम्मर श्रीसले बताए । कारागारका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
१८ र २१ वर्षीय दुई युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई चैत २२ गते गिरफ्तार गरेको छ । पीडितद्वयलाई आरोपितले चैत २० गते बिहान बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले चैत २१ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका असई सत्यनारायण यादवले बताए । पीडित युवतीहरूको स्वास्थ्य…