बहुविवाह घटनाका आरोपित गिरफ्तार

मालिका गाउँपालिका- १ नेटाकी २७ वर्षीया सरस्वती पुनले आफू घरमा हुँदाहुँदै बहुविवाह गरेको आरोपमा २७ वर्षीय पति प्रेमबहादुर पुनविरुद्ध उजुरी गरेको आधारमा प्रहरीले वैशाख ८ गते गिरफ्तार गरेको छ । पीडित महिलाले आरोपित पति र २५ वर्षीया विष्णु पुनबिच ०७३ फागुन २५ गते विवाह भएको आरोपमा गत चैत ३० गते…

April 22, 2017  
आमाको हत्या गरेको कसुरमा सर्वस्वसहित जन्मकैदको फैसला

चन्द्रकोट गाउँपालिका-१ की ७१ वर्षीया मोती काउछाको हत्या गरेको कसुरमा मृतकका छोरा विरबहादुर काउछालाई जिल्ला अदालत गुल्मीले वैशाख ७ गते र्सवस्वसहित जन्मकैदको फैसला सुनाएको छ । आफ्नै घरमा सुतिरहेकी आमालाई आरोपितले कोदालो प्रहार गरी हत्या गरेका थिए । घटना पश्चात् प्रहरीले ०७३ असोज ६ गते गिरफ्तार गरी अदालतमा पेश गरेको…

April 22, 2017  
गाउँपालिकाका साइनबोर्ड फाल्दै पार्टीको झण्डा गाड्दै !

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गुल्मीले चैत २७ गते विभिन्न गाउँपालिकाका साइनबोर्ड फाल्दै पार्टीको झण्डा टाँगेको छ । सो पार्टीका कार्यकर्ताले केही कार्यालयमा ताला लगाएर झण्डा समेत गाडेको पार्टीका जिल्ला सचिवालय सदस्य खिम खड्काले बताए । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको नेपाल…

April 10, 2017  
गरिबीका कारण मजदुरीमा इस्माका बालबालिका (फोटोफिचर)

गरिबीका कारण विद्यालय छाडेरै मजदुरीमा लाग्नुपर्ने बाध्यता रहेको इस्मा गाउँपालिका-३ की ४० वर्षीय बिस्नी कुमालले गुनासो गरेकी छन् । उनले गरिबीका कारण आठ जना बालबच्चासहित ज्याला मजदुरीमा लाग्न बाध्य भएको गुनासो गरेकी हुन् । उनका अनुसार ४५ वर्षीय पति काले कुमाल र १७ वर्षीय छोरा चन्द्रबहादुरको दैनिकी नै ज्याला मजदुरीमा…

April 4, 2017  
कुटपिट घटनाका आरोपित गिरफतार

इस्मा गाउँपालिका- ३ की ३३ वर्षीया शोभा कुमाललाई खुर्पा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ४५ वर्षीय पति जगविर कुमाललाई चैत २० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मादक पदार्थ सेवन गरेर चैत १९ गते बेलुकी खुर्पाले टाउकोमा प्रहार गरी कुटपिटसमेत गरेको भन्दै पीडितका आफन्तले सोही दिन जिल्ला…

April 3, 2017  
अक्षर चिन्न 'आमा'हरू निरन्तर कक्षा धाउँदै !

धुर्कोट गाउँपालिका-६ की ६० वर्षीया बाटुला परियारलाई पहिले वा अहिले बिहान खाए बेलुका के खाने भन्ने चिन्ता छ । 'गाउँमा पहिले बाआमालाई पनि पढाउन भन्दा खुवाउन समस्या थियो ।'-उनले भनिन्-'मैले पनि बल्लतल्ल छोराछोरी पढाएकी छु ।' सानोमा गरिबीकै कारण पढ्ने इच्छा पुरा नभएपनि बुढेसकालमा 'स्कूल' जाने गरेको उनले बताइन् ।…

April 2, 2017  
सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो

समयमै सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै ज्येष्ठ नागरिकले गुनासो गरेका छन् । फागुन मसान्त सम्ममा पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता अझैसम्म पनि नपाएको उनीहरूले गुनासो गरेका हुन् । प्रत्येक चौमासिकमा वितरण गर्दै आएको भत्ता पछिल्लो दोस्रो चौमासिकमा वितरण भएको छैन । 'सधैँ यो समयमा त सचिवले बोलाउँथे ।'-दोहलीका ७५ वर्षीय इन्द्रबहादुर…

March 30, 2017  
सबै दिवसहरू ढुङ्गाखानी मै बित्छन !

आज मार्च ८ तारिख अर्थात अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । दिवसका अवसरमा आज विश्वभर महिलाहरू ठाउँठाउँमा जम्मा हुने र खुसीयाली साटासाट गर्ने गर्दछन् । आज १ सय ७ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस हो । विश्वमा मनाइने हरेक खुसीयालीमा नेपाल पनि जोडतोडका साथ सहभागी हुने गर्दछ । यसैको कारण नेपाल…

March 8, 2017  
खुकुरी प्रहार गरी पत्नी हत्या, आरोपित गिरफ्तार

इस्मारजस्थल गाविस-१ की ४५ वर्षीया कमला अर्याललाई खुकुरी प्रहार गरी ५९ वर्षीय पति यमबहादुर अर्यालले फागुन १७ गते हत्या गरेको प्रहरीले जनाएको छ । बिहान साढे सात बजे आरोपितले पत्नीलाई एक्कासी खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी महेन्द्र नेपालले बताए । कमलाको टाउको तथा घाँटीमा चोट लागेको छ…

February 28, 2017  
आशै आशमा बित्नै लाग्यो भूकम्प पीडितका दुई वर्ष!

घर पूरै भत्किएको छ । भूकम्पले आधा भत्किएको गोठमा भैँसी र उनीहरूसँगै बस्छन् । आधा बाँकी रहेको गोठ पनि ढल्ने अवस्थामा छ । खड्गकोट-४ की माया परियारको नौ जनाको परिवार २० महिना देखि त्यही झुप्रोमा अटाएको छ । 'भूकम्प गएको २० महिना भयो । १५ हजार रुपियाँ र एउटा त्रिपाल…

February 27, 2017