बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बिशुखर्क गाविस-९ का ७३ वर्षीय चुन्नप्रसाद रानालाई फागुन १२ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले फागुन १२ गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा सोही दिन उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको…

February 25, 2017  
बाल विवाह घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले खडगकोट गाविस-४ का २१ वर्षीय पवन ढकाललाई फागुन ७ गते गिरफ्तार गरेको छ । प्रहरीले उनीसहित विवाह गराउन सहयोग गर्ने पर्वत देविस्थान गाविस-७ की ४५ वर्षीया सीता भुसाल, पर्वत शङ्करपोखरी गाविस-९ का ५२ वर्षीया सुशीला भुसाल, देविस्थान गाविस-२ का ४३ वर्षीय नारायण कडेललाईसमेत…

February 20, 2017  
तीनै तहको निर्वाचन घोषणाको माग गर्दै धर्ना

नेपालको संविधानको कार्यान्वयनका लागि तीनै तहको निर्वाचन घोषणाको माग गर्दै जिल्लामा क्रियाशील मानव अधिकारकर्मी र मानव अधिकार प्रवर्धन समितिले फागुन ८ गते एक घण्टा धर्ना दिएका छन् । गुल्मी उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ, नागरिक समाज तथा प्रवर्धन समितिमा आवद्ध विभिन्न व्यक्तिहरूको सहभागितामा तम्घासको लाँकुरीमञ्चमा धर्ना दिइएको हो ।…

February 20, 2017  
डढेको गाउँ फेरियो, अग्नी पीडितहरूको मन फेरिएन !

सिङ्गो बस्ती नै जलेर ध्वस्त भएको एक वर्ष हुनै लाग्यो । गत वैशाख १८ गते बडागाउँ १ र २ का दजाकोट र माझगाउँका ५४ घर र थुप्रै गोठ र पशु चौपाय जलेर नष्ट भए । सो घटनामा एक जनाको ज्यानसमेत गयो । करोडौँको भौतिक सम्पति छिनभरमै खरानी भयो । एउटा…

February 18, 2017  
लक्षित समूहको बजेट उपलब्धिहीन !

'अहिले खाए भरे के खाने ? विपन्न परिवारमा त्यसकै चिन्ता छ ।'-तोलादी प्रावि वडागाउँका शिक्षक अर्जुन परियारले भने- 'दलितको घरमा लुते पाठी बाँधिदिएर उनीहरूको चेतना र आर्थिक समृद्धि कसरी हुन्छ ?' 'गाउँमा अनुगमन र नियमन गर्ने कसले ?'-परियारले सामाजिक परीक्षण आम भेलामा गाविसका सरोकारवालालाई प्रश्न गर्दै भने 'योजनाको सही छनौट…

February 16, 2017  
अन्तरजातीय प्रेमसम्बन्धका कारण गाउँ निकालामा परेको जोडी पुनःस्थापित

अन्तरजातीय प्रेम सम्बन्ध राखेको आरोपमा स्थानीयले गाउँ निकाला गरेका अर्वेनी गाविस-५ का ८१ वर्षीय लालबहादुर सुनार र सोही ठाउँकी ४२ वर्षीया सावित्रा न्यौपानेलाई माघ १५ गते एक भव्य समारोहकाबिच पुनःस्थापित गरिएको छ । पुस १ गते लालबहादुरको घरमा बसेको अवस्थामा सावित्रालाई भेटाएपछि स्थानीयले उनीहरूलाई बाँधेर निर्घात कुटपिट गरी गाउँ निकाला…

January 30, 2017  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

दरबारदेबिस्थान-४ का २६ वर्षीय मनोहर महोत्रालाई बहुविवाह गरेको आरोपमा प्रहरीले माघ १३ गते गिरफ्तार गरेको छ । २५ वर्षीया शान्ता महोत्राले पतिविरुद्ध जिल्ला प्रहरी कार्यालयमा माघ १० गते उजुरी दर्ता गरेपछि प्रहरीले पीडितको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका अर्सइ सत्यनारायण यादवले बताए । पीडित शान्ताले आफू घरमा…

January 27, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई ०७३ पुस २७ गते बलात्कार गरेको आरोपमा प्रहरीले रेसुङ्गा नपा-१२ का ३१ वर्षीय कृष्णप्रसाद अर्याललाई पुस २८ गते गिरफ्तार गरेको छ । पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा सोही दिन उजुरी दिएकी थिइन् । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका असई सत्यनारायण यादवले…

January 13, 2017  
संशोधन प्रस्ताव टेबुल गरेको विरोधमा आह्वान गरिएको बन्दले जनजीवन प्रभावित

सरकारले संसदमा संविधान संशोधन प्रस्ताव टेबुल गरेको विरोधमा पुस २७ गते गरिएको गुल्मी बन्दका कारण यहाँको जनजीवन प्रभावित भएको छ । आन्दोलनकारीले बिहानैबाट बजार तथा कलकारखाना ठप्प पारेका थिए । बन्दका कारण लामो तथा छोटो दुरीका सवारीका साधन समेत सञ्चालन गरिएनन् । सेवाग्राहीको उपस्थिति नभएपछि सरकारी कार्यालयहरू सुनसान बनेका थिए…

January 11, 2017  
कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

कपिलवस्तु चन्द्रौटा घर भई रेसुङ्गा नपा-१४ उर्लेनीमा बस्दै आएकी २६ वर्षीया कमला चौधरीले आपूलाई कथित बोक्सीको आरोप लगाएर कुटपिट गरेको भन्दै सोही ठाउँकी २८ वर्षीया बाटुली कुँवरविरुद्ध जिल्ला प्रहरी कार्यालय गुल्मीमा पुस २२ गते उजुरी दिएकी छन् । पीडित महिलालाई आरोपितले 'बोक्सी'को आरोप लगाउँदै घरमा बसिरहेको अवस्थामा पुस २२ गते…

January 6, 2017