इस्माका पीडित भन्छन् – चाडवाडमा पनि घर नपाइने भयो !

इस्मा गाउँपालिका–४, कोटकोटरीका बलबहादुर दर्जीलाई वर्षात अगाडि नै घरमा बस्न पाउने आशा थियो । तर, पाँच महिना बिते पनि छिमेकीको आश्रममै बस्न परेको दर्जीले गुनासो गर्नुभयो । ‘वैशाखमा आगो लागेकाले असारसम्म त पक्कै घर बन्ला भन्ने आशा गरेँ । तर, असारसम्म घडेरी समेत बनेन । चाडपर्वमा पनि अर्कैको घरको बास…

२०८१ भाद्र २६, बुधबार १०:२७ गते  
कैदीबन्दी भन्छन् - वर्षौँको चाहाना पुरा भयो !

गुल्मी कारागारमा पुस्तकालय स्थापना भएपछि कैदीबन्दी खुसी भएका छन् । इन्सेकसहितका सङ्घ संस्थाका अनुगमनमा कैदीबन्दीले प्रत्येक पटक पुस्तकालय र टिभीको माग गर्दै आएका थिए । कैदीबन्दीको वर्षौँदेखिको माग पुरा गर्न इन्सेकले विभिन्न निकायमा पहल गरिरहेको थियो । २१ औँ निजामती सेवा दिवसको अवसरमा विभिन्न संस्थाहरूको सहयोगमा पुस्तकालय स्थापना गरिएको प्रमुख…

२०८१ भाद्र २५, मंगलवार १६:५६ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८ का ४६ वर्षीय दधिराम लम्साललाई प्रहरीले ०८१ भदौ १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १७ गते सार्वजनिक बाटोमा बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा…

२०८१ भाद्र २०, बिहीबार १३:२९ गते  
४३ घर विस्थापितः पीडित भन्छन् - सरकार र नेता गरिबको हुँदो रहेनछन् ! (फोटो फिचर)

गुल्मी जिल्लको मालिका गाउँपालिका–२, दर्लिङ्ग दुनाम, पाटाखर्क, बिसौना, उल्लेर, धार र काभ्राबाङ्गका नागरिकले अहिले पानी परे घर छोड्छन् । ०७२ सालको भूकम्पपछि चर्किएका जमिन वर्षेनी भासिने र खस्ने भएपछि सयौँ घरपरिवार जोखिममा बसिरहेका छन् भने तीन दर्जनभन्दा बढी घरपरिवार अहिले विस्थापित भएर विभिन्न ठाउँमा बसिरहेका छन् । कोसिलाबाँझमा करिब ३०…

२०८१ श्रावण २५, शुक्रबार ०९:०६ गते  
बिसौनाको पहिरोमा परेर दलित परिवारका चार जनाको मृत्यु, दुई जना घाइते (फोटो फिचर)

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–१, बिसौनामा ०८१ साउन २२ गते बिहान ९ बजे अविरल वर्षातका कारण पहिरो खस्दा दलित परिवारका चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पहिरोमा पुरिएर मुसिकोट नगरपालिका–१, बिसौनाका ४६ वर्षीय गोरे विक, ६७ वर्षीय हुकुमबहादुर विक, ६६ वर्षीया मसुरी विक र साढे…

२०८१ श्रावण २३, बुधबार ११:४९ गते  
जिल्ला अदालतका मुद्दा फर्स्योटमा अब्बल भए पनि कार्यान्वयनमा न्यून

गुल्मी जिल्ला अदालतका मुद्दा फर्स्योटमा अब्बल भए पनि कार्यान्वयनमा न्यून देखिएको छ । अदालतले सार्वजनिक गरेको विवरण अनुसार जिल्ला अदालतले लक्ष्यभन्दा २६ थान बढी मुद्दा फर्स्योट गरेको छ । आर्थिक वर्ष ०७८/७९ बाट जिम्मेवारी सरेर आएका १ सय ८९ मुद्दा थिए । अदालतले वार्षिक रूपमा फैसला गर्नुपर्ने ४ सय ५४…

२०८१ श्रावण १८, शुक्रबार २०:५५ गते  
जिल्लाका ५५ प्रतिशत नागरिक अझै स्वास्थ्य बिमाको पहुँच बाहिर

गुल्मी जिल्लामा ५५ प्रतिशत नागरिक अझै स्वास्थ्य बिमाको पहुँच बाहिर रहेको पाइएको छ । ०७८ सालको जनजगणना अनुसार जिल्लाको जनसङ्ख्या २ लाख ४६ हजार ८ सय ३६ रहेको हो । स्वास्थ्य बिमा बोर्डका अनुसार अहिलेसम्म १ लाख ११ हजार ५ सय ९९ अर्थात ४५ प्रतिशत नागरिकले स्वास्थ्य बिमा गरेका छन्…

२०८१ श्रावण १८, शुक्रबार ०९:०६ गते  
इन्सेकको ध्यानाकर्षणपछि विद्यालयका क्यान्टिन अनुगमन

इन्सेकले हरेक मानव अधिकार वर्ष पुस्तकको अर्ध तथा वार्षिक पूर्व समीक्षा कार्यक्रममा विद्यालयहरूको क्यान्टिन अनुगमनको विषयलाई उठाउने गरेको छ । त्यसैको प्रभावका कारण जिल्ला प्रशासन कार्यालयले विद्यालयका क्यान्टिनहरूको अनुगमन सुरु गरेको छ । मानव अधिकार वर्ष पुस्तक सन् २०२५ का लागि सङ्कलन गरिएको घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा ०८१ असार…

२०८१ श्रावण १०, बिहीबार १६:५३ गते  
बाढीले नहर बगाएपछि दुई सातादेखि २५ सय घरधुरीका नागरिक अन्धकारमा बस्न बाध्य

गुल्मीको मुसिकोट नगरपालिका र बागलुङको गलकोट नगरपालिकामा ०८१ असार २१ गते परेको अविरल वर्षासँगैको बाढीले नहर बगाएपछि करिव २५ सय घरपरिवारका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । परोपकार लघु जलविद्युत परियोजनाको नहर बडिगाड खोलाले बगाउँदा करिव एक करोडको क्षति भएको छ । बाढीले नहर बगाएको करिव दुई हप्ता हुँदा…

२०८१ श्रावण ४, शुक्रबार ०९:०५ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चन्द्रकोट गाउँपालिका–८ का ४७ वर्षीय आफन्तलाई प्रहरीले ०८१ साउन १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ३१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार…

२०८१ श्रावण ३, बिहीबार ११:५४ गते