इन्सेकसहितको सहभागितामा हिंसा न्यूनीकरणका लागि कार्यादल गठन

जिल्लामा जघन्य खालका अपराध बढन थालेपछि प्रमुख जिल्ला अधिकारीको पहलमा फागुन ६ गते जिल्लाका सरोकारवाला निकायबिचको बैठकले हिंसा न्यूनीकरणका लागि भन्दै इन्सेक र मानव अधिकार निगरानी समूहसहितको सहभागितामा तीन वटा कार्यदल गठन गरिएको छ । सरकारी वकिल संयोजक रहने गरी नेपाल बार एशोसिएशन, इन्सेक जिल्ला प्रतिनिधि, इन्सेकद्वारा गठित मानव अधिकार …

२०७३ फाल्गुन ७, शनिबार १०:२७ गते  
जातीय विभेद गरेको आरोपमा प्रहरीमा उजुरी

राजपुर गाविस-३ चौरीका ५१ वर्षीय सन्तबहादुर सुनार, २५ वर्षीया बुहारी सुष्मा सुनार र १६ वर्षीया छोरी अन्जना सुनारलाई माघ २७ गते छुवाछुत गरेको आरोपमा सोही गाविस-३ का ३३ वर्षीय चुमान सिंह जिसीले कुटपिट तथा गालिगलौज गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा फागुन ५ गते उजुरी दिएको छ ।…

२०७३ फाल्गुन ६, शुक्रबार १०:२२ गते  
६ वर्षीया बालिकाको शव फेला

शिवराज नपा-१० की ६ वर्षीया सीता अधिकारीको शव फागुन ३ गते चन्द्रौटा बजार नजिकैको खोलामा फेला परेको प्रहरीले जनाएको छ । घरमा खेलीरहेकी बालिका ०७३ फागुन २ गते साँझदेखि एकाएक हराएपछि उनका आफन्त र प्रहरीले खोजी गरेको थियो । घटनाको प्रकृति हेर्दा बालिकाको हत्या बलत्कारपछि गरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यलय…

२०७३ फाल्गुन ३, मंगलवार १४:३२ गते  
निगरानी समूहको ध्यानाकर्षणपछि स्वास्थ्य केन्द्रमा औषधि सहज

मानवअधिकार निगरानी समुहको अनुगमन र ध्यानाकर्षापछि  कपिलवस्तु जिल्ला अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा औषधि पाउन थालिएको छ । एक महिनाअघि निगरानी समूहको अनुगमनका क्रममा अस्पताल र स्वास्थ संस्थाहरूमा औषधिको अभाव भएको भेटिएपछि समूहले जनस्वास्थ्य कार्यालयको ध्यानाकर्षण गराएको थियो । ध्यानाकर्षणपछि जिल्ला जनस्वास्थ्य कार्यालयले आवश्यक परिमाणमा औषधि खरिद गरी स्वास्थ्य केन्द्रहरूमा उपलब्ध…

२०७३ माघ २४, सोमबार १६:५३ गते  
पत्नीको हत्या गरी फरार भएको आरोपमा पतिको खोजी 

कपिलवस्तु नपा-१० की २३ वर्षीया पुनता पासीको पुस २२ गते बिहान ५ बजे घरमा रहस्यमय तरिकाबाट मृत्यु भएपछि पतिले हत्या गरेर फरार भएको आशङ्का गरिएको छ । पीडित महिलाको पेट दुखेको भन्दै बिहान औषधि लिन भनेर २४ वर्षीय पति रामसेवक पासी गएपछि नपर्किएकाले पत्नीको हत्या गरेर फरार भएको हुन सक्ने…

२०७३ पुष २३, शनिबार २१:३३ गते  
जिल्ला स्तरीय मानवअधिकार निगरानी समिति गठन

आर्थिक समाजिक सांस्कृतिक अधिकारको सवालमा स्थानीय नागरिकलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्धेश्यका साथ कपिलवस्तु जिल्लामा अधिकारको क्षेत्रमा क्रियाशील सङ्घसंस्थाहरूको तौलिहवामा आयोजित भेलाले पुस ११ गते माया ज्ञवालीको संयोजकत्वमा ११ सदस्यीय मानव अधिकार निगरानी समिति गठन गरिएको छ । महिला, बालबालिका, दलित, आदीवासी, जनजाति पछाडि पारिएका समुदायलाई आर्थिक, सामाजिक…

२०७३ पुष ११, सोमबार २०:०० गते  
मानव अधिकारकर्मीद्वारा घटनाको सुक्ष्म अनुसन्धान गर्न माग

बाणगङ्गा नपा- १४ की ४५ वर्षीया खिमकला बेल्वासेको असोज २८ गते बिहान भएको रहस्यमय मुत्युको घटनाको विषयमा मानव अधिकारकर्मीहरूले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सुक्ष्म अनुसन्धान गर्न माग गरेका छन् । मानव अधिकार एलाइन्सका केन्द्रीय उपाध्यक्ष पोमनारायण पौडेल, केन्द्रीय सदस्य सुर्यकुमारी शाही, जिल्ला अध्यक्ष रोमकान्त घिमिरे तथा इन्सेक जिल्ला प्रतिनिधि नन्दराम…

२०७३ कार्तिक १, सोमबार १४:४५ गते  
बेचविखनका लागि किर्गिस्तानतर्फलाँदै गरेको अवस्थामा चार जनाको उद्दार

मानव तस्करीका लागि किर्गिस्तानतर्फ लग्दै गरेको अवस्थामा कपिलवस्तुको कृष्णनगर नाका हुँदै दिल्ली लैजाँदै गरिएका २० देखि ३० वर्षउमेर समूहका गोर्खाकी एक र रुपन्देहीका तीन जना युवतीको भदौ १९ गते कृष्णनगरबाट उद्दार गरिएको प्रहरीले जनाएको छ । विभिन्न बाहानामा भारत तथा अन्य देशहरूमा वैदैशिक रोजगारीको नाममा दलालहरूले पछिल्लो पटक कृष्णनगर नाका…

२०७३ भाद्र २०, सोमबार १४:५२ गते  
न्याय पाउने कुरामा द्वन्द्वपीडित सशङ्कित

सशस्त्र द्वन्द्वको विद्रोही पक्ष नै सरकार प्रमुख बनेपछि न्याय पाउने कुरामा कपिलवस्तुका द्वन्द्वपीडितले आशङ्का व्यक्त गरेका छन् । न्यायका लागि द्वन्द्वपीडित समाज कपिलवस्तुले तौलिहवामा भदौ १० गते आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा द्वन्द्वपीडितहरूले सशस्त्र द्वन्द्वको विद्रोही पक्षका प्रमुख पुष्पकमल दाहाल आफै सरकार प्रमुख बनेपछि गम्भीर मानव अधिकार उल्लङ्घन गर्ने माथि…

२०७३ भाद्र ११, शनिबार १५:११ गते