बन्द अवज्ञा गरेको आरोपमा गाडी तोडफोड
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको दिन लमहीबाट लुम्बिनीतर्फ गुडेको बा १६ च ४१७७ नं को स्कर्पियो जिप वैशाख ३० गते बिहान करिब ५ बजेको समयमा कपिलवस्तुको शिवराज नपास्थित धानखोलामा अज्ञात समूहले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्र कार्कीले जानकारी दिएका छन । मुखमा कालो…
संविधानको प्रावधान र सरकारको निर्देशनको बेवास्ता गर्दै सरकारी विद्यालयहरूले शुल्क उठाउँदै
संविधानको प्रावधान अनुरूप सरकारले आधारभुत शिक्षा अनिवार्य र माध्यमिक शिक्षालाई निःशुल्क घोषणा गरेपनि जिल्लाका अधिकांश सरकारी विद्यालयहरूले विभिन्न बाहानामा विद्यार्थीबाट मासिक शुल्क उठाउने गरेको पाइएको छ । नेपालको संविधानको शिक्षासम्बन्धी हकमा आधारभुत शिक्षालाई निःशुल्क र माध्यमिक शिक्षा अनिवार्य बनाइएको छ । सरकारले कुनै पनि बाहानामा सरकारी विद्यालयहरूले शुल्क उठाउन नहुने…
प्रशासनको अनुमतिबिना सांस्कृतिक कार्यक्रम गरेको आरोपमा दुई जना गिरफ्तार
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य बाणगङ्गा नपा-१० दानापुरका ४० वर्षीय शम्भु थारु भनिने काजु थारु र जिल्ला सांस्कृतिक समूहका संयोजक विजयनगर गाँउपालिका-४ का ३३ वर्षीय देवकुमार देउकीलाई प्रशासनको अनुमतिबिना रातिको समयमा सांस्कृतिक कार्यक्रम गरेको आरोपमा इलाका प्रहरी कार्यालय पिपराले वैशाख १८ गते राति १० बजे गिरफ्तार गरेको…
इन्सेकको पहलमा १६ जना विद्यार्थीको भर्ना
सरकारले भर्ना अभियान सञ्चालन गरिरहेको बेला गौतमबुद्ध मावि गोरूसिङ्गेले विद्यालयमा भर्ना गर्न आएका १६ जना बालबालिकालाई भर्ना नगरि फर्काइदिएपछि इन्सेक जिल्ला प्रतिनिधि र स्थानीय समाजसेवी व्यक्तिहरूको दबावपछि वैशाख १४ गते १६ जना विद्यार्थीलाई विद्यालयले भर्ना गरेको छ । बुद्धभुमि नपा-२ जगनगरको बक्टेरीयाको आधारभुत विद्यालय कक्षा ६ मा पास गरी कक्षा…
घरेलु हिंसाका कारण एक युवतीले आफ्नै शरीरमा मट्टतिेल खन्याएर आगो लगाइन्
महाराजगञ्ज नपा-८ सुनवर्षाकी २० वर्षीय किरण कुर्मीले परिवारजनको हिंसा सहन नसकी वैशाख १४ गते आफ्नै शरीरमा मट्टितेल खन्याएर आगो लगाउँदा घाइते भएकी छन् । पीडित युवतीलाई उनका पति धनीराम कुर्मी र परिवारजनका सदस्यले पटकपटक हिंसा गर्दै आएकोमा वैशाख १४ गते पनि हिंसा गरेपछि कुर्मीले आफ्नै शरीरमा आगो लगाएको पीडितको भनाइ…
बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार, पीडितको उद्धार
१३ वर्षीया बालिकालाई विवाह गर्ने बहानामा भारततर्फ लैजाँदै गरेको आरोपमा प्रहरीले अर्घाखाँचीको शितगङ्गा नगरपालिका-११ का २५ वर्षीय सन्तोष बिकलाई वैशाख १३ गते गिरफ्तार गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटा र मानव बेचबिखन तथा ओसारपसारविरूद्धको निगरानी तथा गस्ती टोलीले वैशाख १३ गते चन्द्रौटाबाट बालिकाको उद्धार गर्नुका साथै आरोपितलाई गिरफ्तार गरेको…
बुद्धभूमि नगरपालिकाद्वारा जारी शिक्षा नियमावली कार्यान्वयन नगर्न उच्च अदालतको आदेश
बुद्धभुमि नगर कार्यापालिकाले जारी गरेको शिक्षा नियमावली-०७४ कार्यान्वयन नगर्न/नगराउन उच्च अदालत तुलसीपुर बुटवल इजलासले वैशाख १२ गते आदेश दिएको छ । न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको हो । बुद्धभुमि नगर कार्यपालिकाको दोस्रो नगर सभाले ०७४ फागुन २७ गते शिक्षा नियमावली ०७४ जारी गरेको थियो…
शान्ति सम्झैता कार्यान्वयनका लागी गठित शान्ति समितिका १० वर्षको समीक्षा
शान्ति सम्झैतालाई कार्यान्वय तथा स्थानीय स्तरमा हुने द्वन्द्वलाई कमगर्न ०६४ सालमा स्थापना गरिएको शान्ति समितिले १० वर्षमा गरेका कार्यको शान्तिकोष सचिवालय अनुगमन तथा स्वतन्त्र मुल्याङ्कनकर्ताले प्रभावकारिताबारे मुल्याङ्कन सुरू गरेका छन् । शान्तिकोष सचिवालय मार्फत गरिएका पुननिमार्णका कार्य तथा सेना संयोजन र द्वन्द्वमा भएको प्रहरी कार्यालयहरूको पुनर्निर्माण, द्वन्द्व पीडितका लागी वितरण…
कथित बोक्सीको आरोपमा दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
बुद्धभूमि नपा-९ तीन घेरवाकी ४४ वर्षीया महिलालाई कथित बोक्सीको आरोप लगाएर गाली गलौज गरेको भन्दै सोही ठाउँकी ४५ वर्षीया लोहरी थारुलाई प्रहरीले चैत ३० गते गिरफ्तार गरेको छ । पीडितले इलाका प्रहरी कार्यालय गोरुसिहेंमा चैत २९ गते उजुरी दिएकी थिइन् । लोहरी थारुका छोरा छोरीहरूलाई झाडा पखाला लागि बिरामी भएकोमा…
शिक्षा, स्वस्थ्य र खाद्य अधिकारको सवालमा बहस तथा सार्वजनिक सुनुवाइ
कपिलवस्तु जिल्लामा रहेका सरकारी निकायले शिक्षा, स्वास्थ्य र खाध्य अधिकारका सवालमा सेवाग्राहीलाई दिने सेवा प्रभावकारी रहे/नरहेको विषयमा सम्वाद तथा सार्वजनिक सुनवाइ कार्यक्रम चैत २३ गते तौलिहवामा सम्पन्न गरिएको छ । इन्सेक कपिलवस्तु तथा जिल्लास्तरीय मानव अधिकार निगरानि समूह र निगरानी समूह तिलौराकोटले आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा बहस कार्यक्रममा सेवाग्राहीले…