यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शिवराज नपा–२ हल्लानगरका २५ वर्षीय दिपु परियारलाई साउन २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १ गते यौन दुव्र्यवहार गरेको भन्दै पीडितले दिएको सूचनाको आधारमा साउन २ गते शान्ति पुनस्र्थापना गृह कृष्णनगर र इलाका प्रहरी कार्यालय, कृष्णनगरको टोलीले आरोपितलाई…
मानव अधिकारकर्मीको ध्यानार्कषणपछि प्रमुख जिल्ला अधिकारीद्वारा स्थलगत अनुगमन
बुद्धभूमि नपा–३ दुवियामा धनबहादुर पुन र दुई छोराछोरी मनोसामाजिक अपाङ्गता भएको बारे अधिकारकर्मीले ध्यानाकर्षण गराएपछि प्रमुख जिल्ला अधिकारी मदनबहादुर भुजेलले स्थलगत अध्ययन गरी पीडितहरूको अवस्थाका बारेमा जानकारी लिएका छन् । प्रजिअ भुजेलले साउन २ गते पुन र उनका २२ वर्षीया छोरी रमा र १५ वर्षीय छोरा विजयलाई भेटेका हुन् ।…
भारतको लखनऊबाट उद्धार गरिएकी बालिका परिवारमा पुनर्मिलन
एक महिनाअघि भारतको लखनऊ पुर्याइएकी १२ वर्षीया बालिकाको उद्धार गरी साउन २ गते परिवारमा पुनर्मिलन गराइएको छ । शान्ति पुनर्स्थापना गृह, कृष्णनगर र शिवराज नगरपालिकाको संयुक्त टोलीले बालिकालाई लखनऊबाट नेपाल फिर्ता गराई परिवारलाई जिम्मा लगाएको हो । बालिकालाई लखनऊस्थित एक स्थानीयको घरमा घरायसी काममा लगाइएको र त्यहाँ उनलाई कुटपिट र…
आर्थिक अभावका कारण मनोसामाजिक अपाङ्गता भएकाको उपचारमा समस्या
कमजोर आर्थिक अवस्थाका कारण बुद्धभुमि नपा–३ बक्टापुर दुवियाका ४७ वर्षीय घनबहादुर पुनको चार जनाको परिवारमा आफू सहित दुई जना छोराछोरी मनोसामाजिक अपाङ्गताका कारण अस्वस्थ भएपछि न उपचार हुन सकेको छ न राम्रोसँग खान बस्न पाएका छन् । गाउँको छेउमा एक्लो घर भएका पुन पहिलेदेखि मानसिक रूपमा अस्वस्थ हुनुको साथै उनका…
पत्नीको शरीरमा मटितेल खन्याएर आगो लगाइ हत्या, आरोपित गिरफ्तार
वाणगङ्गा नपा–४ झुगाकी ३१ वर्षीया जोगकुमारी मगरलाई असार २२ गते रातिको समयमा शरीरमा मटितेल खन्याएर आगो लगाई हत्या गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति नरबहादुर मगरलाई असार २३ गते गिरफ्तार गरेको छ । आगोले डढेर घाइते भएकी जोगकुमारीलाई प्रहरी चौकी जहदीबाट आएको असई ठाकुरप्रसाद अधिकारीको टोलीले राति नै सामुदायिक अस्पतालमा…
जनप्रतिनिधि र मानव अधिकार रक्षकलाई मानव अधिकार शिक्षा
मानव अधिकार निगरानी समूहको आयोजना तथा कपिलवस्तु नगरपालिकाको आर्थिक सहयोगमा असार १७ गते एक दिवसिय मानव अधिकार शिक्षासम्बन्धी अभिमूखीकरण कार्यक्रम तौलिहवामा सम्पन्न गरिएको छ । कार्यक्रममा प्रदेश ५ का प्रदेश सांसद धर्मबहादुर लाल श्रीवास्तवले जनप्रतिनिधिहरूले नागरिकको मानव अधिकार संरक्षण सम्बर्द्धनका लागि पछाडि पारिएका समुदायलाई माथि अउठाउनु पर्ने बताए । हरेक…
बेचबिखन प्रयास घटनाका पीडितको उद्धार
१६ वर्षीया एक र १७ वर्षीया एक जना बालिकालाई सीमा नाका कृष्णनगरको बाटो भारतको दिल्लीतर्फ लैजाँदै गरेको आरोपमा प्रहरीले शान्ति पुनर्स्थापना गृहको सहकार्यमा असार १२ गते उद्धार गरेको छ । उनीहरूलाई बेचबिखनका लागि भारत बोलाइएको प्रहरीको अनुमान छ । बालिकाहरूलाई दिल्लीका दिपक नाम गरेका व्यक्तिले फेसबुकमा कुराकानी गरी आफू पनि…
नेपाल मानव अधिकार वर्षपुस्तक २०१९ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रम असार ८ गते तौलिहवामा सम्पन्न गरिएको छ । समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन भुजेलले पुस्तक प्रकाशन पूर्व गरिने समीक्षाले पुस्तक त्रुटिपुर्ण नहुने र छुटेका विषयवस्तुहरू समावेश गर्न सहयोग पुग्ने बताउँदै इन्सेकले प्रकाशन गर्ने पुस्तकले मानव अधिकार उल्लङ्घन…
जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल कार्यक्रम अन्तर्गत इन्सेक कपिलवस्तुको आयोजनामा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक असार ५ गते तौलिहवामा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले इन्सेकले शिक्षा, स्वाथ्य र खाद्य अधिकारका सवालमा स्थानीय जनतालाई जागरूक बनाई निगरानी गर्ने कार्यले सेवा प्रदायकहरूलाई…
सेवाप्रदायक र सेवाग्राहीबिचको अन्तरक्रिया सम्पन्न
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल कार्यक्रम अन्तर्गत सेवाप्रदायक र सेवाग्राहीबिचको अन्तरक्रिया असार १ गते तौलिहवामा सम्पन्न गरिएको छ । पुर्व कानुनमन्त्री तथा प्रतिनिधि सभा सदस्य बृजेशकुमार गुग्ताले सम्मृद्ध नेपाल सुखी नेपाली भन्ने सरकारको मुल नारालाई सार्थक बनाउन सेवा प्रदायकहरूले जिम्मेवार…