मानसिक अपाङ्गता भएका व्यक्तिलाई इन्सेकको सहयोग

बुद्धभूमि नपा–३ दुवियाका एकै परीवारका तीन जना मानसिक अपाङ्गता भएका व्यक्तिलाई असोज ११ गते इन्सेकले औषधि उपचारका लागि सहयोग गरेको छ । उनीहरूको औषधि उपचारका लागि मानव अधिकार निगरानी समूहले विभिन्न व्यक्तिहरूबाट सङ्कलन गरेको १६ हजार ५ सय रुपियाँ पीडितको घरमा पुगेर इन्सेक प्रदेश ५ का संयोजक भोला महतले सहयोग…

२०७५ आश्विन १३, शनिबार ०५:५७ गते  
कपिलवस्तु घटना भएको ११ वर्ष पुरा, पीडितले अझै न्याय पाएनन्

कपिलवस्तु घटना भएको ११ वर्ष पुरा भएको छ । तर, कपिलवस्तु घटनामा ज्यान गुमाएका, घर सम्पति आगो लगाई क्षति गरिएको, लुटपाट गएिको, बलात्कृत भएका एवम् विस्थापित जीवन बिताइरहेका घटनाका पीडितहरूले अझै क्षतिपुर्ति तथा न्याय पाएका छैनन् । ०६४ भदौ ३० गतेका दिन अज्ञात समूहको गोली प्रहारबाट स्थानीय समाजसेवी अब्दुल मोइद…

२०७५ भाद्र ३१, आईतवार ०५:४७ गते  
बेचबिखन प्रयास घटनाकी पीडितको उद्धार

कपिलवस्तुबाट भदौ २१ गतेदेखि हराएकी १६ वर्षीया बालिका भदौ २८ गते बिहान महेन्द्रनगरको सिमाक्षेत्रबाट बेचबिखनका लागि भारततर्फ लगिँदै गरेको अवस्थामा माइती नेपाल नेपालगञ्जको टोलीले सकुशल उद्धार गरेपछि उनी बेचिनबाट जोगिएको बताइएको छ । पीडित बालिकालाई माइती नेपाल नेपालगञ्जमा सुरक्षित अवस्थामा राखिएको छ । बिहान नेपालगञ्ज हुदै महेन्द्रनगरको सिमाक्षेत्रबाट भारततर्फ लैजान…

२०७५ भाद्र ३०, शनिबार २२:४८ गते  
जनप्रतिनिधि र निगरानी समूहका सदस्यलाई क्षमता अभिवृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ५ कार्यालय नेपालगञ्जको आयोजनामा कपिलवस्तुको तौलिहवामा मानव अधिकार निगरानी समूहका सदस्य तथा जनप्रतिनिधिहरूलाई क्षमता अभिवृद्धिसम्बन्धी दुई दिने तालिम भदौ २३ गते सम्पन्न गरिएको छ । बुद्धभूमि नगरपालिका–४ बुड्ढी र कपिलवस्तु नपा–६ तिलौराकोटमा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम (इएलपी परियोजना)…

२०७५ भाद्र २३, शनिबार २१:०२ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३८ वर्षीया गर्भवती महिलालाई सामूहिक बलात्कार गरी फरार रहेको आरोपमा प्रहरीले विजयनगर गाँउपालिका-७ का २८ वर्षीय बकान्चु केवटलाई भदौ १७ गते गिरफ्तार गरेको छ । मानसिक स्वास्थ्य पीडित महिलालाई भदौ १२ गते तीन जनाले बलात्कार गरेको भन्दै पीडितका पतिले भदौ १३ गते इलाका प्रहरी कार्यालय कृष्णनगरमा उजुरी दिएका थिए ।…

२०७५ भाद्र १८, सोमबार १४:५२ गते  
देवर र ससुराद्वारा कुटपिटका कारण गम्भीर घाइते महिलाको भारतमा उपचार हुँदै

मायादेवि गाउँपालिका–४ तुल्सीदिहवाकी ३३ वर्षीया मन्दि यादवलाई पति विदेश भएको अवस्थामा  ३० वर्षीय देवर जयराम यादव र ५० वर्षीय ससुरा रामशरण यादवले घरायसी विवादका कारण भदौ १३ गते कुटपिट गरी गम्भीर घाइते बनाएको पीडितको आरोप छ । कुटपिटका कारण पीडित महिलाको पेट र ढाडमा गम्भीर चोट लागेकोले उपचारको लागि भारततर्फ…

२०७५ भाद्र १६, शनिबार ०५:५९ गते  
भारतमा अलपत्र परेकी बालिकाको उद्धार

भारतमा अलपत्र परेकी ११ वर्षीया बालिकालाई प्रहरीले शान्ति तथा पुनर्स्थापना केन्द र भारतीय प्रहरीको सहयोगमा उद्धार गरी भदौ १२ गते नेपाल ल्याइएको छ । कृष्णनगर नपा-२ घर भएकी बालिका भदौ ११ गते साँझदेखि हराएको भन्दै बालिका आफन्तले भदौ ११ गते नै बालिका हराएको सूचना इलाका प्रहरी कार्यालय कृष्णनगरमा दिएका थिए…

२०७५ भाद्र १३, बुधबार १२:२७ गते  
अज्ञात पक्षबाट एक युवतीको हत्या 

विजयनगर गाउँपालिका–५ कटुवा की २० वर्षीया छन्नु कोरीको शव भदौ ८ गते हत्या गरी फलिएको अवस्थामा नेपाल भारत सिमा क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले मृत अवस्थामा भारतीय सिमा क्षेत्रमा शव देखेपछि इलाका प्रहरी कार्यालय गणेशपुरमा खबर गरेका थिए  । प्रहरीले खबर पाए लगत्तै घटनास्थलमा पुगी मृतकको सनाखत…

२०७५ भाद्र ९, शनिबार २०:३३ गते  
घरेलु हिंसाका कारण नाबालक छोरासहित आगो लगाई आत्महत्या 

घरेलु हिंसा सहन नसकी यशोधरा गाउँपालिका–२ की ३० वर्षीया शकुन्तला यादवले शरीरमा मटितेल खन्याई पाँच वर्षीय छोराको हत्या गरी आफूले आत्महत्या गरेको घटना सार्वजनिक भएको जनाइएको छ । पति ३५ वर्षीय रामकिशुन यादवबाट भएको हिंसा सहन नसकेपछि बाध्य भई शकुन्तलाले नाबालक छोरा छोरीलाई शरीरमा बाँधेर आगो लगाई आत्महत्या गरेको जिल्ला…

२०७५ श्रावण २५, शुक्रबार २०:५५ गते  
पीडितद्वारा सङ्क्रमणकालीन न्यायसम्बन्धी नयाँ आयोग गठनको माग

सरकारले ०७१ सालमा गठन गरेको सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेको आयोगले चार वर्ष बिताउनै लाग्दा समेत पीडितलाई न्याय दिन नसकेको भन्दै त्यसको विघटन गरी सङ्क्रणकालीन न्यायसम्बन्धी आयोग गठन गर्न द्वन्द्व पीडितहरूले माग गरेका छन् । द्वन्द्व पीडितहरूको साझा सङ्गठन द्वन्द्वपीडित साझा चौतारीले प्रदेश ५…

२०७५ श्रावण २०, आईतवार २०:४६ गते