निशुल्क आँखा शिविरमा एक हजार बढीले सेवा लिए
इन्सेक कपिलवस्तुको समन्वय तथा मानव अधिकारकालागि युवा मञ्च, बाणगंगा नगरपालिका –३ को आर्थिक सहयोगमा फागुन १९ र २० गते आयोजित आखा शिविरमा एक हजार भन्दा बढीले सेवा लिएका छन् । उक्त शिविर नेपाल नेत्र ज्योति संघ आखा स्वास्थ्य कार्यक्रम राप्ती तथा नारायणी आखा अस्पताल बहादुरगञ्जको प्राविधिक सहयोगमा सम्पन्न गरिएको हो…
वातावरणको अधिकार सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न
इन्सेक कपिलवस्तु र मानव अधिकार समूह कपिलवस्तुको आयोजना तथा कपिलवस्तु नगरपालिकाको समन्वयमा वातावरणको अधिकार सम्बन्धी कार्यशाला गोष्ठी फागुन १५ गते सम्पन्न भएको छ । कार्यक्रमका कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेलले वातावरणको सङ्रक्षण गर्न सबै सरोकारवालाहरूको साथ सहयोगको आवश्यकता रहेको बताउनु भयो । नगरपालिकालाई सौन्दर्य र समृद्ध नगर बनाउन नगर प्रतिवद्ध…
घरेलु हिंसा पीडित महिलाद्वारा इन्सेकको सहयोगमा मुद्दा दर्ता
घरेलु हिंसा पीडित बाणगङ्गा नगरपालिका –४ की २८ वर्षीया विनु चौधरीले इन्सेकको सहयोगमा फागुन ११ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराउनु भएको छ । पीडितले पति २९ वर्षीय विवेक मल्ल, ससुरा ५२ वर्षीय मनु मल्ल, सासु ४८ वर्षीया अन्जु मल्ल र देवर २६ वर्षीय असिम मल्ल विरूद्ध जिल्ला अदालत कपिलवस्तुमा…
इन्सेक र मानव अधिकार समूह कपिलवस्तुद्वारा तिलौराकोट स्वास्थ्य चौकीको अनुगमन
इन्सेक र मानव अधिकार समूहलगायत सङ्घ संस्थामा आवद्ध मानव अधिकारकर्मीहरूले कपिलवस्तु नगरपालिका –६ स्थित तिलौराकोट स्वास्थ्य चौकीको माघ २८ गते अनुगमन गरेको छ । मानव अधिकार समुह कपिलवस्तु नगरपालिकाका अध्यक्ष पुष्पा रेग्मीको संयोजकत्वमा इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्य सम्मिलत टोलीले तिलौराकोट स्वास्थ्य चौकीको समस्याहरू पहिचान गर्नका लागि स्थलगत अनुगमन गरेको…
चन्दा माग गरेको आरोपमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका चार जना गिरफ्तार
उद्योगी, व्यवसायी र सर्वसाधारणसँग चन्दा माग गरेको आरोपमा प्रहरीले नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्तसहित चार जनालाई माघ १३ गते गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक ३१ वर्षीय विकरान्त भनिने जग्गु तेली, कपिलवस्तु जिल्ला इन्चार्ज २० वर्षीय विपिन विक, १८ वर्षीय बिरु भनिने बृजेश गिरी…
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर सुनिता गुप्ताले मानव अधिकार र कानुनी विषयका बारेमा बुझ्दै जाने क्रम रहेको हुँदा यस तालिमबाट धेरै बिषयबस्तुहरू सिक्ने अवसर पाउने …
बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ । तालिममा यशोधरा मावि र रत्नराज्य लक्ष्मी मावि तौलिहवाका बाल अधिकार समूहका ३२ जना सदस्यहरू र संरक्षक शिक्षकको सहभागिता रहेको…
नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
इन्सेक कपिलवस्तुको अयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ७ गते तौलिहवामा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले जिल्लामा सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्म अभिलेख गरेका घटनाहरू प्रस्तुत गर्नु भएको थियो । जसमा परिवारजन र व्यक्ति हत्याका ६ , बलात्कार,…
बलात्कार घटनाका आरापित गिरफ्तार
२७ वर्षीया महिलालाई झारफुकको बहानामा बलात्कार गरेको आरोपमा प्रहरीले बाणगंगा नगरपालिका– १० का २७ वर्षीय पप्पु हरिजनलाई मङ्सिर २७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले मङ्सिर २० गते झारफुकको बहानामा बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर २५ गते इलाका प्रहरी कार्यालय पिपरामा उजुरी दिएका थिए । बिरामी भएकी महिलालाई…
३१ औं अन्तर्राष्ट्रिय लैंङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको समापन
“सभ्य समाजको पहिचान, लैङ्गिक विरूद्धको अभियान” नाराका साथ ३१औं अन्तर्राष्ट्रिय १६ दिने लैंङ्गिक हिंसा विरूद्धको अभियान २०२२ को मङ्सिर २४ गते समापन भएको छ । जिल्ला समन्वय समिती आयोजना तथा इन्सेक लगायतका सङ्घ संस्थाहरूको समन्वयमा आयोजित कार्यक्रममा लैंङ्गिक हिंसाको अवस्थाका बारेमा गैर सरकारी महासंघका जिल्ला अध्यक्ष प्रविणकुमार श्रीवास्तवले प्रस्तुत गर्नु…