नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्ध वार्षिक पूर्व समीक्षा
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको सरोकारवालाबिच अर्धवार्षिक पूर्व समीक्षा असार ९ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले सन् २०२२ जनवरीदेखि जुन सम्म जिल्लामा सङ्कलन गरेका मानव अधिकार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई शरीर बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला कञ्चन गाउँपालिका –३ र ४ का ६ जनालाई जेठ १८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितहरूल जेठ १७ गते राती बाणगंगा नगरपालिका– १० बाट अपहरण गरी रुपन्देहीको कञ्चन गाउँपालिका– ३ हरैयामा लगेर बन्धक बनाइ समूहिक बलात्कार गरेको…
मलखाद र धानको बिउ नपाएको विषयमा मानव अधिकार समूहद्वारा नगर प्रमुखलाई ध्यानाकर्षण पत्र
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले धानको बिउ र मलखाद नपाएको विषयमा जेठ १७ गते नगरपालिकाका प्रमुख चक्रपाणी अर्याललाई ध्यानाकर्षण पत्र बुझाएको छ । बाणगंगा नगरपालिका भित्रका किसानहरूले धान खेती लगाउने बेलामा रासायनिक मलखाद डिएपी, युरीया र उन्नत जातको धानको बिउ बजारमा नपाएको गुनासो आए पश्चात समूहले नगरभित्रका केही सहकारीको…
महाराजगञ्ज नगरपालिकामा मतदान जारी
महाराजगञ्ज नगरपालिकाको वैशाख ३० गते स्थगित भएको निर्वाचन जेठ ३ गते बिहान ७ बजेदेखि सुरू भएको छ । उक्त नगरपालिकामा २३ मतदान स्थलमा ४३ केन्द्रबाट मतदान प्रक्रिया जारी रहेको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्मा सापकोटाले बताउनु भयो । उक्त नगरपालिकामा नेपाली कांग्रेसबाट उप प्रमुख पदकी उम्मेदवार शुभावती कुर्मीको वैशाख २६…
बिजयनगर गाउँपालिकामा मतगणना स्थगित
बिजयनगर गाउँपालिकामा मतगणना जेठ १ गते देखि स्थगित भएको छ । जेठ १ गते दिउँसो वडा नम्बर २ को मतगणना सुरू गर्दा वडा नम्बर ६ को मतपेटिकामा भएका मत पत्र मिसिएपछि मतगणना स्थगित भएको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्मा सापकोटाले बताउनु भयो । उक्त गाउँपालिका– १ र ७ को मतगणना…
वडा अध्यक्षमा पराजित भएपछि असहयोग गरेको आरोपमा महिला माथि कुटपिट
शिवराज नगरपालिका–१ की ३५ वर्षीया आशा थारुलाई आफूलाई असयोग गरेको भन्दै राप्रपा तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार शिवराज नगरपालिका –१ का ३० वर्षीय राहुल थारुले वैशाख ३१ गते राती कुटपिट गरेका छन् । निर्वाचनमा पराजित भएपछि नेकपा एमालेलाई जिताउन समर्थन गरेको भन्दै कुटपिट गर्दा टाउको, आँखा लगायत शरिरका विभिन्न भागमा…
नेपाली कांग्रेसबाट उप प्रमुख पदका उम्मेदवार कुर्मीको मृत्यु
महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उप प्रमुख पदकी उम्मेदवार महाराजगन्ज नपा–२, गैडहवाकी ५५ वर्षीया शुभावती कुर्मीको वैशाख २६ गते मृत्यु भएको छ । निवर्तमान उप प्रमुख समेत रहेकी कुर्मीको ह्रृदयघातका कारण जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा मृत्यु भएको हो । उम्मेदवारको मृत्युपछि महाराजगञ्ज नगरपालिकामा वैशाख २७ गते निर्वाचनका सबै कार्यक्रम स्थगित…
वडा सदस्यका उम्मेदवारको मृत्यु, उम्मेदवारीमा मृतककी पत्नीको नाम दर्ता
कपिलवस्तु नगरपालिका– १० का वडा सदस्यका उम्मेदवार ३७ वर्षीय राजेन्द्र थारु चौधरीको उपचारको क्रममा वैशाख २४ गते भैरहवा मेडिकल कलेजमा मृत्यु भएको छ । मृत्यु पछि उनकी पत्नी ३६ वर्षीया निर्मला चौधरी थारुलाई वडा सदस्यका पदकालागि वैशाख २५ गते मनोनयन दर्ता गरिएको छ । नेकपा माओवादी केन्द्रको तर्फबाट खुला तर्फ…
वडा अध्यक्षका उम्मेदवारको मृत्यु पछि निर्वाचन कार्यक्रम स्थगित
बुद्धभूमि नगरपालिका–८ का वडा अध्यक्षका उम्मेदवार ४१ वर्षीय ओमप्रकाश तिवारीको वैशाख १६ गते मृत्यु भएपछि बुद्धभूमि नगरपालिकामा स्थानीय तह निर्वाचन स्थगित भएको मुख्य निर्वाचन कार्यालयका अधिकृत तेजेन्द्रप्रसाद शर्मा सापकोटाले जानकारी दिनु भयो । नेकपम एमालेबाट वडा अध्यक्षका उम्मेदवार तिवारीको मृत्यु भएकोले नमेमिनेशनदेखि हालसम्म गर्दै आएको निर्वाचनका कार्यक्रम स्थगित गरिएको छ…
गोली लागेर घाइते भएकी महिला सैनिकको उपचारको क्रममा मृत्यु
गोली लागेर घाइते भएकी बुद्धभूमि नगरपालिका– २ गोरुसिंगेस्थित समशेर दल गणमा कार्यरत महिला सैनिक झापा जिल्ला झापा जिल्ला गौरादह नगरपालिका– १ की २४ वर्षीया कोपिला राजवंशीको उपचारका क्रममा वैशाख ८ गते मृत्यु भएको छ । राजवंशी गणको भित्रि पोष्टमा डिउटीमा कार्यरत रहेको अवस्थामा आफैले बोकेको एम १६ राइफलले आफूमाथि गोली…