गाविसले सामाजिक सुरक्षा भत्ता वितरण नगरेको गुनासो
खिदिम गाविसमा ज्येष्ठ नागरिक भत्तालगायत सामाजिक सुरक्षा भत्ता पाउने नागरिकले दसैँ अगाडि नै पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता अहिलेसम्म नपाएको गुनासो गरेका छन् । खदिम गाविस-३ का बनर गौतमले दसैँ अगाडि नै सामाजिक सुरक्षा भत्ता पाउँला र दसै राम्रोसँग मनाउला भनेर बसेपनि गाविस सचिवले भत्ता नदिएको आरोप लगाए । खिदिम गाविस-७…
अर्घाखाँची कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा समस्या
राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवल र इन्सेक जिल्ला प्रतिनिधिसहितको अधिकारकर्मीहरूको टोलीले कात्तिक २५ गते कारागार अनुगमन गरेको छ । कारागार अनुगमनको क्रममा कारागारभित्र क्षमता भन्दा धेरै कैदीबन्दीहरू राखेका कारण सरसफाई पर्याप्त हुन नसकेको, मानसिक असन्तुलन भएका कैदीबन्दी र सामान्य अवस्थाका कैदीबन्दी एकै ठाउँमा राख्दा समस्या भएको कारागारका निमित्त…
बहुविवाह घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
ठुलापोखरा गाविस-२ की २४ वर्षीया सिर्जना भट्टराईले ३३ वर्षीय पति गणेश प्रसाद भट्टराई र भगवती गाविस-३ की १९ वर्षीया दुर्गा पाण्डेले बहुविवाह गरेको आरोपमा दुवै जनाविरुद्ध कात्तिक १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित महिलाले दिएको उजुरीमा आरोपितद्वयले कात्तिक ५ गते विवाह गरेको आरोपमा कानुन अनुसार कारबाही…
बलात्कार घटनाका आरोपित गिरफ्तार
आठ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा खिदिम गाविस-४ का १७ वर्षीय मधु कुमाललाई प्रहरीले असोज ५ गते उनकै घरबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ४ गते बलात्कार गरेको आरोपमा बालिकाका अभिभावकले प्रहरीमा असोज ५ गते उजुरी दिएका थिए । उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला…
कुटपिट गरी घाइते बनाएको आरोपमा पति गिरफ्तार
सन्धिखर्क नपा–१५ डिर्भनाकी १९ दिनकी सुत्केरी २३ वर्षीया अञ्जना श्रेष्ठलाई छोरी जन्माएको आरोपमा कुटपिट गरेको आरोपमा २५ वर्षीय पति नारायण श्रेष्ठलाई प्रहरीले असोज २ गते गिरफ्तार गरेको छ । भदौ २९ गते जिल्ला अस्पतालबाट छोरीको उपचारपछि घर फर्कँदै गर्दा बेहोस हुनेगरी कुटपिट गरी जङ्गलमा छोडेर घर गएको आरोपमा पीडितका आफन्तले…
मानव बेचबिखन गरेको कसुरमा १२ वर्षकैदको फैसला
३० वर्षीया महिलासहित उनका दुई छोराहरूलाई बेचविखन गर्न भारत लगेको ठहर गर्दै जिल्ला अदालतले प्युठान जिल्ला बाँदीकोट गाविसका ३२ वर्षीय केशव ज्ञवालीलाई भदौ २४ गते जिल्ला अदालतले १२ वर्षकैद र ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश केशवप्रसाद बास्तोलाको इजालसलले प्रमाणको आधारमा आरोपित ज्ञावलीलाई १२ वर्षकैद र ५०…
घरेलु हिंसा गरेको ठहर गर्दै पतिलाई २४ दिन कैद फैसाल
केरुङ्गा गाविस-२ कि २९ वर्षीया सिर्जना भुसालाई घरेलु हिंसा गरेको ठहर गर्दै जिल्ला अदालतले सिर्जनाका ३३ वर्षीय पति पुनाराम भुसाललाई साउन ३१ गते २४ दिन कैद र १० हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले प्रमाण र वयानको आधारमा अरोपितले पत्नीलाई घरेलु हिंसा गरेको ठहर गर्दै…
१२ वर्षीय बालक तीन वर्षदेखि दाम्लोमा
सुस्त मनस्थिति भएका वाँगी गाविस-६ का १२ वर्षीय बावुराम नेपालीलाई उनका परिवारले दाम्लोमा बाँधेर नियन्त्रणमा राखेका छन । ती बालकलाई उपचार गर्नुको साटो अभिभावकले धेरै हिँडडुल गर्ने र परिवालाई दुख दिने गरेकोले डोरीले बाँधेर राखिएको बताएका छन् । बालकलाई डोरीले गोडामा बाँधेर राखिएकोले उनी राम्रोसँग हिँडडुल गर्न सक्दैनन् । उनलाई…