पत्नी हत्याको घटनाका आरोपित गिरफ्तार
शितगंगा नगरपालिका–३ ठाडाखस्र की ५१ वर्षीया मनकला भुसालको हत्या गरेको आरोपमा प्रहरीले पति ५४ वर्षीय पिताम्बर भुसाललाई असोज ८ गते गिरफ्तार गरेको छ । घरयासी विवादमा झगडा भए पछि पत्नीलाई आरोपितले असोज ७ गते मसला पिस्ने लोह्राले प्रहार गरेर हत्या गरेको भन्दै मृतक पक्षले असोज ८ गते इलाका प्रहरी कार्यालय…
घरेलु हिंसा पीडितलाई इन्सेकको सहयोग
घरेलु हिंसा पीडित शितगंगा नगरपालिका–१३ सिमलपानीकी ५९ वर्षीया बाटुलीदेबी बिसीलाई इन्सेकले भदौ २२ गते आर्थिक सहयोग गरेको छ । पीडितलाई पति ६० वर्षीय गनबहादुर बिसीले असार १५ गते घर निकाला गरेको भन्दै खान लाउन समस्या परेको भन्दै भदौ २ गते इन्सेक अर्घाखाँचीमा उजुरी दिनु भएको थियो । पीडितलाई आरोपितले जेठ…
न्यायिक प्रक्रियामा सहयोग पुर्याउन इन्सेकको सहयोग
सन्धिखर्क नगरपालिका–४ वाङ्ला देउराली डाँडा बस्ने ४१ वर्षीया रामप्यारी दमाईलाई न्यायिक प्रक्रियामा जानका लागि इन्सेकले साउन १९ गते आर्थिक सहयोग गरेको छ । पीडितलाई नेपाल पत्रकार महासंघका प्रतिनिधि, दलित अधिकारकर्मी, र राजनीतिक दलका प्रतिनिधिहरूको रोहवरमा इन्सेक प्रतिनिधि कूलबहादुर नेपालीले १० हजार रूपियाँ हस्तान्तरण गर्नु भएको हो । पीडित महिलाका पति…
आमाको हत्या गरेको आरोपमा छोरा गिरफ्तार
शितगङ्गा नगरपालिका–४ चाक्ला बजारकी ५२ वर्षीया कमला कार्कीको हत्या गरेको आरोपमा प्रहरीले छोरा २६ वर्षीय हेमन्त कार्कीलाई साउन १ गते गिरफ्तार गरेको छ । आमालाई आरोपितले असार ७ गते घरमा सामान्य विबाद भएपछि लाठी प्रहार गरी घाइते बनाएका थिए । घाइतको बुटवलस्थित मेरीटेस्ट हस्पीटलमा १९ दिन उपचार गरी शिक्षण अस्पताल…
बलात्कार गरेको कसुरमा जन्म कैदको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले सन्धिखर्क नगरपालिका–११ जैमार भिरमुनिका ४५ वर्षीय रमेश नेपालीलाई जन्म कैदसहित ६ लाख रूपियाँ जरिवानाको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश बासुदेब न्यौपानेको असार १३ गतेको इजलासले कसुर ठहर गर्दै जन्म कैद र पीडितले पाउने गरी ५० हजार रूपियाँ पीडितलाई…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
मालारानी गाउँपालिका–२ डाँडाकटेरी की २७ वर्षीया सरस्वती भट्टराई भुसालको हत्या गरेको आरोपमा प्रहरीले पति २७ कमल भुसाललाई असार १० गते गिरफ्तार गरेको छ। सरस्वतीलाई आरोपितले असार १० गते पछेउरीले घाँटी च्यापेर हत्या गरेको भन्दै मृतक पक्षले असार ११ गते इलाका प्रहरी कार्षलय खनमा उजुरी दिएका छन् । घटना पछि आरोपित…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मालारानी गाउँपालिका–७ बामरुकका ३५ वर्षीय कमल महतलाई जेठ १४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले जेठ १४ गते घर नजिकैको गोठमा यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर शंकर थापाले बताउनु…
नेपाली कांग्रेसका कार्यकर्ताद्वारा नेकपा एमालेका कार्यकर्तामाथि कुटपिट
शितगंगा नगरपालिका–१३ सिमलपानी मुसीवान टोलमा नेपाली कांग्रेसका कार्यकर्ता २७ वर्षीय नारायण खासु मगर र पमबादुर बिसीले वैशाख २५ गते नेकपा एमालेका कार्यकर्ता २९ वर्षीय गणेश बिसीलाई कुटपिट गरेका छन् । नेपाली कांग्रेसका कार्यकर्ता रातीमा मतदातालाई रूपियाँ बाढ्न हिडेको अवस्थामा गणेश र छिमेकी श्याम बिसीले बिरोध गरेपछि कुटपिट गर्दा घाँटीमा चोट…
पत्नी हत्या कसुरमा जन्मकैदको फैसला
सन्धिखर्क नगरपालिका–७ न्यूखोलाकी ३१ वर्षीया सिता बिकको हत्या गरेको ठहर गर्दै जिल्ला अदालतले चैत २२ गते मृतकका पति ३१ वर्षीय बिष्णुबहादुर बिकलाई जन्म कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश बासुदेब न्यौपानेको इजलासले कसुर ठहर गर्दै जन्म कैद र पीडित राहत कोषमा २ सय रूपियाँ भराउने फैसला गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिाकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालारानी गाउँपालिका– ७ का २७ वर्षीय ठाकुरप्रसाद भुषाललाई फागुन २२ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस १९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर…