संविधान संशोधन प्रस्तावको विरोधमा मसाल जुलुस
सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरी ५ नं. प्रदेशका पहाडी जिल्ला तराईबाट टुक्र्याउन खोजेको विरोधमा मङ्सिर २९ गते सन्धिखर्कमा मसाल जुलुस प्रदर्शन गरिएको छ । संयुक्त सङ्घर्ष समितिको आह्वानमा साँझ ६ बजे चुक्रावेशीको बेलबाटिका र बसपार्कबाट जुलुस सुरु गरी सदरमुकाम सन्धिखर्कमा पुगेर कोणसभामा परिणत गरिएको थियो । मसाल जुलुसलाई…
आन्दोलनकारीहरूद्वारा सरकारी कार्यालय घेराउ
सरकारले ५ नम्बर प्रदेश टुक्र्याउने गरी संविधान संशोधनको प्रस्ताव दर्ता गरेको विरोध गर्दै संयुक्त सङ्घर्ष समितिको आह्वानमा मङ्सिर २४ गते बिहान ८ बजेदेखि ११ बजेसम्म अर्घाखाँची बन्द र ९ बजेदेखि १२ बजेसम्म सरकारी कार्यालय घेराउ गरिएको छ । संयुक्त सङ्घर्ष समितिको आह्वानमा बिहान ८ बजेदेखि ११ बजेसम्म बजार, उद्योग पसल,…
पत्नीको हात भाँचिने गरि कुटपिट गरेको आरोपमा पति गिरफ्तार
गुल्मी जिल्लाको पराल्मी गाविस घर भई सन्धिखर्क नपा-२ मा अस्थायी बसोवास गर्दै आएकी १८ वर्षीया इन्दिरा विकलाई हात भाँचिने गरि कुटपिट गरेको आरोपमा १९ वर्षीय पति रामु विकलाई प्रहरीले मङ्सिर २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर २१ गते साँझ कुटपिट गर्दा बाँया हात भाँचिएको पीडितले बताएकी…
बालक हत्याको अनुसन्धान दुई वर्षसम्म पनि पूरा भएन
ठाडा गाविस-५ का १३ वर्षीय बालक राजन भुसालको हत्या भएको २ वर्षबितिसक्दा पनि घटनाको अनुसन्धान अझै पूरा नभएको प्रहरीले जनाएको छ । पीडित बालक ०७१ मङ्सिर ६ गते हराएपछि पीडितका परिवारले मङ्सिर ९ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । बालकको शव ०७१ मङ्सिर १४ गते सोही गाविसमा रहेको…
दुई वर्षीया नाबालक छोरीलाई कुटपिट गरेको आरोपमा बावु गिरफ्तार
सन्धिखर्क नपा-१ मा अस्थायी बसोवास गर्ने दई वर्षीया नाबालिका रमा धामीलाई मङ्सिर १० गते कुटपिट गरेको आरोपमा प्रहरीले उनका २७ वर्षीय बावु जगदीशसिंह धामीलाई मङ्सिर ११ गते गिरफ्तार गरेको छ । दार्चुला स्थायी घर भई सन्धिखर्क नपा-१ मा बसोवास गर्ने बावुले पहिलो पत्नी हुदाँहुँदै अर्को विवाह गरेपछि पहिलो पत्नीबाट जन्मेको…
इन्सेकको खबरदारीपछि सामाजिक सुरक्षा भत्ता वितरण सुरू
इन्सेक जिल्ला प्रतिनिधिले खिदिम गाविसका सचिव टेकराज श्रेष्ठ र तत्कालीन स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डेलाई भेटेर खिदिम गाविसमा समाजिक सुरक्षा भत्ता वितरण नगरेको विषयमा खबरदारी गरेपछि गाविसले मङ्सिर ११ गतेबाट सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेको छ । जिल्ला विकास समतिले सामाजिक सुरक्षा भत्ता वितरण गर्न स्वीकृति दिएको ३५…
राज्यले पीडितलाई न्याय दिन नसकेको द्वन्द्वपीडितको आरोप
दश वर्षम्म चलेको सशस्त्र द्वन्द्व अन्त्य गर्न विस्तृत शान्ति सम्झौता सम्पन्न भएको दश वर्ष बित्दा पनि राज्यले पीडित नागरिकलाई न्याय दिन नसकेको द्वन्द्वपीडिले आरोप लगाएका छन् । सेनालाई सुराकी गरेको आरोपमा ०६२ सालमा तत्कालीन व्रि्रोही पक्षबाट हत्या गरिएका मिनप्रसाद बेल्वासेका छोरा तथा न्यायका लागि द्वन्द्व पीडित समाजका जिल्ला सचिव हेमन्त…
गाविसले सामाजिक सुरक्षा भत्ता वितरण नगरेको गुनासो
खिदिम गाविसमा ज्येष्ठ नागरिक भत्तालगायत सामाजिक सुरक्षा भत्ता पाउने नागरिकले दसैँ अगाडि नै पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता अहिलेसम्म नपाएको गुनासो गरेका छन् । खदिम गाविस-३ का बनर गौतमले दसैँ अगाडि नै सामाजिक सुरक्षा भत्ता पाउँला र दसै राम्रोसँग मनाउला भनेर बसेपनि गाविस सचिवले भत्ता नदिएको आरोप लगाए । खिदिम गाविस-७…
अर्घाखाँची कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा समस्या
राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवल र इन्सेक जिल्ला प्रतिनिधिसहितको अधिकारकर्मीहरूको टोलीले कात्तिक २५ गते कारागार अनुगमन गरेको छ । कारागार अनुगमनको क्रममा कारागारभित्र क्षमता भन्दा धेरै कैदीबन्दीहरू राखेका कारण सरसफाई पर्याप्त हुन नसकेको, मानसिक असन्तुलन भएका कैदीबन्दी र सामान्य अवस्थाका कैदीबन्दी एकै ठाउँमा राख्दा समस्या भएको कारागारका निमित्त…
बहुविवाह घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
ठुलापोखरा गाविस-२ की २४ वर्षीया सिर्जना भट्टराईले ३३ वर्षीय पति गणेश प्रसाद भट्टराई र भगवती गाविस-३ की १९ वर्षीया दुर्गा पाण्डेले बहुविवाह गरेको आरोपमा दुवै जनाविरुद्ध कात्तिक १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित महिलाले दिएको उजुरीमा आरोपितद्वयले कात्तिक ५ गते विवाह गरेको आरोपमा कानुन अनुसार कारबाही…