बालक हत्याको अनुसन्धान दुई वर्षसम्म पनि पूरा भएन
ठाडा गाविस-५ का १३ वर्षीय बालक राजन भुसालको हत्या भएको २ वर्षबितिसक्दा पनि घटनाको अनुसन्धान अझै पूरा नभएको प्रहरीले जनाएको छ । पीडित बालक ०७१ मङ्सिर ६ गते हराएपछि पीडितका परिवारले मङ्सिर ९ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । बालकको शव ०७१ मङ्सिर १४ गते सोही गाविसमा रहेको…
दुई वर्षीया नाबालक छोरीलाई कुटपिट गरेको आरोपमा बावु गिरफ्तार
सन्धिखर्क नपा-१ मा अस्थायी बसोवास गर्ने दई वर्षीया नाबालिका रमा धामीलाई मङ्सिर १० गते कुटपिट गरेको आरोपमा प्रहरीले उनका २७ वर्षीय बावु जगदीशसिंह धामीलाई मङ्सिर ११ गते गिरफ्तार गरेको छ । दार्चुला स्थायी घर भई सन्धिखर्क नपा-१ मा बसोवास गर्ने बावुले पहिलो पत्नी हुदाँहुँदै अर्को विवाह गरेपछि पहिलो पत्नीबाट जन्मेको…
इन्सेकको खबरदारीपछि सामाजिक सुरक्षा भत्ता वितरण सुरू
इन्सेक जिल्ला प्रतिनिधिले खिदिम गाविसका सचिव टेकराज श्रेष्ठ र तत्कालीन स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डेलाई भेटेर खिदिम गाविसमा समाजिक सुरक्षा भत्ता वितरण नगरेको विषयमा खबरदारी गरेपछि गाविसले मङ्सिर ११ गतेबाट सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेको छ । जिल्ला विकास समतिले सामाजिक सुरक्षा भत्ता वितरण गर्न स्वीकृति दिएको ३५…
राज्यले पीडितलाई न्याय दिन नसकेको द्वन्द्वपीडितको आरोप
दश वर्षम्म चलेको सशस्त्र द्वन्द्व अन्त्य गर्न विस्तृत शान्ति सम्झौता सम्पन्न भएको दश वर्ष बित्दा पनि राज्यले पीडित नागरिकलाई न्याय दिन नसकेको द्वन्द्वपीडिले आरोप लगाएका छन् । सेनालाई सुराकी गरेको आरोपमा ०६२ सालमा तत्कालीन व्रि्रोही पक्षबाट हत्या गरिएका मिनप्रसाद बेल्वासेका छोरा तथा न्यायका लागि द्वन्द्व पीडित समाजका जिल्ला सचिव हेमन्त…
गाविसले सामाजिक सुरक्षा भत्ता वितरण नगरेको गुनासो
खिदिम गाविसमा ज्येष्ठ नागरिक भत्तालगायत सामाजिक सुरक्षा भत्ता पाउने नागरिकले दसैँ अगाडि नै पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता अहिलेसम्म नपाएको गुनासो गरेका छन् । खदिम गाविस-३ का बनर गौतमले दसैँ अगाडि नै सामाजिक सुरक्षा भत्ता पाउँला र दसै राम्रोसँग मनाउला भनेर बसेपनि गाविस सचिवले भत्ता नदिएको आरोप लगाए । खिदिम गाविस-७…
अर्घाखाँची कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा समस्या
राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवल र इन्सेक जिल्ला प्रतिनिधिसहितको अधिकारकर्मीहरूको टोलीले कात्तिक २५ गते कारागार अनुगमन गरेको छ । कारागार अनुगमनको क्रममा कारागारभित्र क्षमता भन्दा धेरै कैदीबन्दीहरू राखेका कारण सरसफाई पर्याप्त हुन नसकेको, मानसिक असन्तुलन भएका कैदीबन्दी र सामान्य अवस्थाका कैदीबन्दी एकै ठाउँमा राख्दा समस्या भएको कारागारका निमित्त…
बहुविवाह घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
ठुलापोखरा गाविस-२ की २४ वर्षीया सिर्जना भट्टराईले ३३ वर्षीय पति गणेश प्रसाद भट्टराई र भगवती गाविस-३ की १९ वर्षीया दुर्गा पाण्डेले बहुविवाह गरेको आरोपमा दुवै जनाविरुद्ध कात्तिक १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित महिलाले दिएको उजुरीमा आरोपितद्वयले कात्तिक ५ गते विवाह गरेको आरोपमा कानुन अनुसार कारबाही…
बलात्कार घटनाका आरोपित गिरफ्तार
आठ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा खिदिम गाविस-४ का १७ वर्षीय मधु कुमाललाई प्रहरीले असोज ५ गते उनकै घरबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ४ गते बलात्कार गरेको आरोपमा बालिकाका अभिभावकले प्रहरीमा असोज ५ गते उजुरी दिएका थिए । उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला…
कुटपिट गरी घाइते बनाएको आरोपमा पति गिरफ्तार
सन्धिखर्क नपा–१५ डिर्भनाकी १९ दिनकी सुत्केरी २३ वर्षीया अञ्जना श्रेष्ठलाई छोरी जन्माएको आरोपमा कुटपिट गरेको आरोपमा २५ वर्षीय पति नारायण श्रेष्ठलाई प्रहरीले असोज २ गते गिरफ्तार गरेको छ । भदौ २९ गते जिल्ला अस्पतालबाट छोरीको उपचारपछि घर फर्कँदै गर्दा बेहोस हुनेगरी कुटपिट गरी जङ्गलमा छोडेर घर गएको आरोपमा पीडितका आफन्तले…
मानव बेचबिखन गरेको कसुरमा १२ वर्षकैदको फैसला
३० वर्षीया महिलासहित उनका दुई छोराहरूलाई बेचविखन गर्न भारत लगेको ठहर गर्दै जिल्ला अदालतले प्युठान जिल्ला बाँदीकोट गाविसका ३२ वर्षीय केशव ज्ञवालीलाई भदौ २४ गते जिल्ला अदालतले १२ वर्षकैद र ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश केशवप्रसाद बास्तोलाको इजालसलले प्रमाणको आधारमा आरोपित ज्ञावलीलाई १२ वर्षकैद र ५०…