नेपाली कांग्रेसका कार्यकर्ताद्वारा नेकपा एमालेका कार्यकर्तामाथि कुटपिट
शितगंगा नगरपालिका–१३ सिमलपानी मुसीवान टोलमा नेपाली कांग्रेसका कार्यकर्ता २७ वर्षीय नारायण खासु मगर र पमबादुर बिसीले वैशाख २५ गते नेकपा एमालेका कार्यकर्ता २९ वर्षीय गणेश बिसीलाई कुटपिट गरेका छन् । नेपाली कांग्रेसका कार्यकर्ता रातीमा मतदातालाई रूपियाँ बाढ्न हिडेको अवस्थामा गणेश र छिमेकी श्याम बिसीले बिरोध गरेपछि कुटपिट गर्दा घाँटीमा चोट…
पत्नी हत्या कसुरमा जन्मकैदको फैसला
सन्धिखर्क नगरपालिका–७ न्यूखोलाकी ३१ वर्षीया सिता बिकको हत्या गरेको ठहर गर्दै जिल्ला अदालतले चैत २२ गते मृतकका पति ३१ वर्षीय बिष्णुबहादुर बिकलाई जन्म कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश बासुदेब न्यौपानेको इजलासले कसुर ठहर गर्दै जन्म कैद र पीडित राहत कोषमा २ सय रूपियाँ भराउने फैसला गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिाकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालारानी गाउँपालिका– ७ का २७ वर्षीय ठाकुरप्रसाद भुषाललाई फागुन २२ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पुस १९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर…
स्वास्थ्य संस्था टाढा हुदाँ सेवाग्राहीलाई समस्या
सन्धिखर्क नगरपालिका– ११ डिभर्ना अमिले गाउँका जनताहरूलाई स्वास्थ्य संस्था टाढा हुदाँ स्वास्थ्य सेवा लिन समस्या परेको छ । वडा सदस्य रुपा बिकका अनुसार अमिले गाउँबाट स्वास्थ्य चौकी पुग्न दुई घण्टाको बाटो हिड्नु पर्छ । औषधि उपचार तथा प्रेसर चेक गर्नसमेत सेवा लिन पनि गाँउमा १ सय ८० घर परिवार भन्दा…
स्वास्थ्य संस्थामा खानेपानीको समस्या, सेवाग्राही र स्वास्थ्यकर्मीहरूलाई असुविधा
भूमिकास्थान नगरपालिका– ८ नुवाकोट स्वास्थ्य चौकीमा नियमित खानेपानीको छुट्टै व्यवस्थापन नहुँदा सेवाग्राही र स्वास्थ्यकर्मीहरूलाई असुविधा भएको छ । स्वास्थ्य संस्थाका इन्चार्ज शुरेस गैरेका अनुसार पानीको श्रोत भूमिकास्थान नपा– १० धनचौरको सेङ्लेङ् लेकबाट आउने र खिल्जी असुरकोटसम्म जाने पाईप लाईनको खानेपानी ट्याङकी यही स्वास्थ्य चौकीको नजिकै भए पनि खानेपानी छुट्टै धाराको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३९ वर्षीय आफन्तलाई असार २२ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार २० गते बलात्कार गरेको भन्दै पीडितपक्षले असार २१ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुजन शाहले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सन्धीखर्क नगरपालिका–७ का २२ वर्षीय रमेश नेपालीलाई असार २० गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १९ बलात्कार गरेको भन्दै पीडितपक्षले असार २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर…
कर्मचारीमा कोभिड सङ्क्रमण देखिएपछि सेवा प्रवाह बन्द
जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरू कोभिड सङ्क्रण देखिएपछि अत्यावस्यक बाहेकका सेवा वैशाख १६ गतेबाट बन्द गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी लगायत २८ जना कर्मचारीहरूमा कोभिड सङ्क्रण पुष्टि भएकाल जिल्ला प्रशासन कार्यालय वैशाख २२ गतेसम्म बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले बताउनु भयो । थापाका अनुसार नागरिकता, राहादानी…
छोरी हत्या घटनाका आरोपित गिरफ्तार
शितगङ्गा नपा–२ की दुई वर्षीया छोरी सृष्टि घिमिरेको हत्या गरेको आरोपमा प्रहरीले २४ वर्षीय सन्तोष घिमिरेलाई माघ १३ गते गिरफ्तार गरेको छ । सुती रहेकी छोरीलाई डोरीले घाँटी कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय ठाडाका इन्स्पेक्टर बाबुराम बस्नेतले बताउनु भयो । बस्नेतका अनुसार पति पत्नबीच विवाद भएका…
प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता कपिलवस्तु जिल्ला वुद्धभुमी नपा–५ का ५१ वर्षीय गिरबहादुर विक र नवलपरासी पूर्व जिल्ला मध्यविन्दु नपा–७ का ४९ वर्षीय धनबहादुर मुखियालाई प्रहरीले माघ ९ गते गिरफ्तार गरेको छ । गाँउमा चन्दा असुल गर्ने तयारी गरीरहेको विशेष सूचनाको आधारमा भुमिकास्थान नपा–१० धनचौरको वडा…