बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रिब्दीकोट गाउँपालिका–६ का ३१ वर्षीय भक्तबहादुर झेडीलाई असार १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध असार १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडितलाई आरोपितले ललाई फकाई वाङसुरुङ सामुदायिक बनमा लगेर…
बलात्कार गरेको कसुरमा जन्म कैदको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले सन्धिखर्क नगरपालिका–११ जैमार भिरमुनिका ४५ वर्षीय रमेश नेपालीलाई जन्म कैदसहित ६ लाख रूपियाँ जरिवानाको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश बासुदेब न्यौपानेको असार १३ गतेको इजलासले कसुर ठहर गर्दै जन्म कैद र पीडितले पाउने गरी ५० हजार रूपियाँ पीडितलाई…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
मालारानी गाउँपालिका–२ डाँडाकटेरी की २७ वर्षीया सरस्वती भट्टराई भुसालको हत्या गरेको आरोपमा प्रहरीले पति २७ कमल भुसाललाई असार १० गते गिरफ्तार गरेको छ। सरस्वतीलाई आरोपितले असार १० गते पछेउरीले घाँटी च्यापेर हत्या गरेको भन्दै मृतक पक्षले असार ११ गते इलाका प्रहरी कार्षलय खनमा उजुरी दिएका छन् । घटना पछि आरोपित…
थुनुवाहरूमाथि हुने यातना र मृत्युका घटनामा राज्य जवाफदेही हुनु पर्नेमा जोड
थुनुवाहरूमाथि हुने यातना र मृत्युका घटनामा राज्य जवाफदेही हुनु पर्नेमा जोड दिइएको छ । राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, एडभोकेसी फोरम लगायत संघ संस्थाहरूको आयोजनामा असार १२ गते यातना पीडितहरूको सहयोर्गाथ अन्तराष्ट्रिय दिवस २६ जुनका सन्दर्भमा आयोजित थुनुवाहरूमाथि हुने यातना र मृत्युका घटनामा राज्यको जवाफदेहिता कार्यक्रममा उच्च अदालत तुलसीपुर इजलास…
मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा
नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा संकलन गरिएका मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरुको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा असार १० गते घोराहीमा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले इन्सेकले मानव अधिकारको प्रवद्र्धनमा भूमिका खेलेको भन्दै आवस्यक सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनु…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्ध वार्षिक पूर्व समीक्षा
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको सरोकारवालाबिच अर्धवार्षिक पूर्व समीक्षा असार ९ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले सन् २०२२ जनवरीदेखि जुन सम्म जिल्लामा सङ्कलन गरेका मानव अधिकार…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
इन्सेक रुपन्देहीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूव अर्ध वार्षिक समीक्षा असार ८ गते सम्पन्न भएको छ । कार्यक्रममा सन् २०२२ को जनवरीदेखि जुन २० सम्मको अवधिमा जिल्लामा संकलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको समीक्षा गरिएको हो । कार्यक्रममा संविधान सभा सदस्य तथा अधिकारकर्मी विनोद…
कोभिड बिमाको रकम दिन बिपक्षी बिमा कम्पनीको नाममा उच्च अदालतको आदेश
कोभिड बिमाको रकम भुक्तानी माग गर्दै दायर रिटमा उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले कोभिड बिमा वापतको रकम दिन बिपक्षी बिमा कम्पनीहरुको नाममा परमादेशको आदेश जारी गरेको छ । कोभिड बिमा सम्बन्धी रिटको अन्तिम सुनुवाइ गर्दै नेपालगञ्ज उच्च अदालतका न्यायाधीश केशवराज जोशी र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले असार ८ गते बिपक्षी…
भैरहवा बाल सुधार गृहमा झडप, डिएसपीलगायत दुई जना प्रहरी घाइते
भैरहवास्थित प्रदेश स्तरीय बाल सुधार गृहमा असार ७ गते झडप हुँदा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी नवरत्न पौडेल र प्रहरी जवान टोपबहादुर रखाल मगर घाइते भएका छन् । बाल गृहमा बस्ने १८ वर्ष उमेरमाथिका किशोरहरूलाई स्थानान्तरण गर्ने तयारीको बिरोधमा रहेका किशोरहरूले ताला लगाएर प्रहरीलाई भित्र छिर्न नदिई आक्रमण गरेका हुन्…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका–३ मुर्गीयाका ५२ वर्षीय मइते थापालाई असार ५ गते सैनामैनाबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख २६ गतेदेखि पटक पटक बलात्कार गरेको र गर्भ बसेपछि औषधि खुवाएर गर्भपतनसमेत गरेको भन्दै पीडित पक्षले असार ५ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका…