बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० मङ्सिर ७ गते कौडेना गाउँपालिका–७ सक्रौलका ३६ वर्षीय सुरेश कुमार यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ । आरोपितले पीडितलाई मङ्सिर २ गते पीडितकै घरमा बलात्कार प्रयास गरेको पीडितको आरोप रहेको छ । घटना पश्चात उजुरी दिएको थाहा…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बलरा नगरपालिका–३ का २६ वर्षीय रामपुकार सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८० मङ्सिर ६ गते पीडित पक्षले उजुरी दिनु भयो । पीडितलाई आरोपितले मङ्सिर १ गते बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएको पीडितका बुबाले बताउनु भयो । घटनापछि आरोपित फरार रहेकोले खोजी…
मानव बेचबिखन प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
मानव बेचबिखन प्रयास घटनाका आरोपित मलंगवा नगरपालिका–६ खुटौनाका ३४ वर्षीय नुहसन अन्सारीविरुद्ध ०८० मङ्सिर ७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा पीडित पक्षले उजरी दिनु भएको छ । आरोपितले एक जना ११ वर्षीय बालकलाई रोजगारीको प्रलोभन देखाई मङ्सिर ५ गते भारत तर्फ लग्दै गरेको आवस्थामा इलाका प्रहरी कार्यालय भाड़सरको टोलीले बेचविखन प्रयास…
शिक्षा, स्वास्थ्य, महिला हिंसा तथा भेदभाव विरुद्ध जनचेतनामुलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिका–१ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालयमा नव गठित बाल अधिकार समूहका बालबालिकाहरुले ०८० मङ्सिर ०८ गते साेही गाउँपालिकाकाे लवकुश चाेकमा शिक्षा, स्वास्थ्य, महिला हिंसा तथा भेदभाव विरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेका छन् । बाल अधिकार सचेतना समूहले शिक्षा र बाल अधिकार क्षेत्रमा देखिएका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा शम्भुनाथ नगरपालिका-५ मोहनपुरका ४९ वर्षीय दिपेन्द्रकुमार चौधरी ०८० मङ्सिर ८ गते गिरफ्तार भएका छन् । जिल्ला प्रहरी कार्यालयमा मङ्सिर ७ गते उजुरी दर्ता गर्दै आरोपितलाई गिरफ्तार गरिएको डिएसपी ढुण्डीराज नेउपानेले बताउनु भयो । घरमै सञ्चालन गरेको पीडितको पसलमा मङ्सिर ३ गते आरोपितले बलात्कार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गौशाला नगरपालिका–११ बटुवा टोलका ३३ वर्षीय जुगल किशोर साहलाई ०८० मङ्सिर ८ गते इलाका प्रहरी कार्यालय गाैशालाले गिरफ्तार गरेको छ । आरोपित गौशाला नगरपालिका–५ स्थित गौशाला एकेडेमी विद्यालयका संचालक तथा शिक्षक साह विरुद्ध पीडित पक्षले मङ्सिर ८ गते इलाका प्रहरी कार्यालय गौशालामा उजुरी दिएको…
शिक्षकले पारिश्रमिक नपाएपछि पठनपाठन बन्द, विद्यार्थीहरु मर्कामा
छिपहरमाई गाउँपालिका स्थित दुई ओटा माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरूले विगत ६ र आठ महिनादेखि पारिश्रमिक नपाएपछि ०८० मङ्सिर ५ गतेदेखि पठनपाठन बन्द गरेका छन् । छिपहरमाई गाउँपालिका–५ स्थित श्री मंगल मध्यमिक विद्यालय भिस्वा र सोही गाउँपालिकाका वडा नं. २ सम्भौतामा रहेको श्री नवगावा माध्यमिक विद्यालय चरगहाँको…
पठनपाठन सुचारुको माग गर्दै विद्यार्थीहरूद्वारा तालाबन्दी
छिपहरमाई गाउँपालिका–१ स्थित श्री महादेव माध्यमिक विद्यालयमा पठनपाठन सुचारुको माग गर्दै ०८० मङ्सिर ७ गते विद्यार्थीहरूले विद्यालयमा तालाबन्दी गरेका छन् । शिक्षक अभावका कारण ०८० कात्तिक १२ गतेदेखि विद्यालयमा माध्यमिक तहको पठनपाठन अवरुद्ध भएको छ । माध्यमिक तहका शिक्षक नहुँदा लामो समयदेखि कक्षा ६ देखि १० सम्मका पठनपाठन नभएपछि बाध्य…
कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजनामा शम्भुनाथ नगरपालिकास्थित जनता माध्यमिक विद्यालयको बाल अधिकार सचेतना समूहले ०८० मङ्सिर ६ गते कार्ययोजना बैठक सम्पन्न गरेको छ । नवगठित समूहले कार्ययोजना अनुसार मङ्सिर १०–११ गते सडक नाटक प्रदर्शन गर्ने निर्णय गरेको छ । बाल विवाह, दाइजो प्रथा, महिला हिंसा न्यूनिकरणका निम्ति…
बालिका बलात्कार घटनाका आरोपितलाई कैद
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तकोशी नगरपालिका–६ सहलेश टोलका १८ वर्ष १८ दिनका सुनिलकुमार पासवानलाई ०८० मङ्सिर ६ गते ३ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले आंशिक अभियोग दावी पुग्ने फैसला गर्दै ३ वर्ष कैद सजाय गरेको अदालतले जानकारी दिएको छ । फैसला अनुसार…