उच्च शिक्षा सुधारको लागि संसदीय समितिको टोलीद्वारा अनुगमन
उच्च शिक्षा सुधारका लागि संसदीय समितिको टोलीद्वारा कात्तिक २७ गते जनकपुरस्थित राम स्वरुप रामसागर बहुमूखी क्याम्पसको अनुगमन गरेको छ । महिला बालबालिका ज्येष्ठ नागरिक तथा समाज कल्याण संसदीय समिति अन्तर्गत उच्च शिक्षा क्षेत्रमा व्याप्त समस्याबारे अध्ययन गर्न गठित उपसमितिले कात्तिक २७ गते अनुगमन गरेको हो । उपसमितिले क्याम्पसको कक्षा कोठा,…
साढे पाँच महिनाको गैरकानुनी कैदबाट मुक्त
कञ्चनरुप नपा-६ का ६१ वर्षीय रामफल मलाहा साढे पाँच महिनाको गैरकानुनी कैदबाट ०७३ कात्तिक २४ गते रिहा भएका छन् । उच्च अदालत जनकपुरको राजविराज इजलासका वरिष्ठ न्यायाधीश कुमार चुडाल र न्यायाधीश लोहितचन्द्र शाहको आदेशमा मलाहा रिहा भएको अधिवक्ता सुजित पोखरेलले जानकारी दिए । बेरुजु कैद असुल गर्न सप्तरी जिल्ला अदालतबाट…
प्रहरीद्वारा यातना दिएको आरोप, आरोपितलाई कारबाहीको माग
बथनाहा गाविस-४ का ४५ वर्षीय गङ्गा महतोलाई कात्तिक २३ गते दिउँसो प्रहरीले नियन्त्रणमा बथनाहा प्रहरी चौकीमा मरणासन्न हुने गरी यातना दिएको पीडितका भाइ त्रिवेणी महतोले आरोप लगाएका छन् । पीडित महतोलाई उपचारका लागि कात्तिक २४ गते बिहान भारतको सितामढी लगिएको उनका भाइले आफन्तले जनाएका छन् । आर्थिक लेनदेनको विषयमा मुद्दा…
बालक अपहरण घटनाका फरार आरोपित गिरफ्तार
१६ वर्षीय सञ्जीप साहलाई अपहरण गरेको आरोपमा नौ वर्षकैद सजाय फैसला सुनाइएका फरार आरोपित बरही विरपुर गाविस-५ का २८ वर्षीय बिक्रम भनिने धर्मदेव यादवलाई प्रहरीले कात्तिक २१ गते गिरफ्तार गरी कात्तिक २२ गते राजविराज कारागारमा थुनामा पठाएको छ । ६ वर्षअघि छठ पर्वका दिन ०६७ कात्तिक २६ गते गाउँको मिश्रा…
स्थानीय तह पुनःसंरचनासम्बन्धी बैठक बिथोलियो
स्थानीय तह पुनःसंरचनाबारे जिल्ला विकास समिति सप्तरीको सभाकक्षमा कात्तिक २० गते आयोजित कार्यक्रम मधेशवादी दलका नेता तथा कार्यकर्ताले बिथोलेका छन् । जिल्ला विकास समिति सप्तरीको सभाकक्षमा सुरु भएको कार्यक्रममा परिचय आदानप्रदान सकिएलगत्तै मधेशवादी दलका नेता तथा कार्यकर्ताले माइन्युट रजिष्टर च्यातेर बिथोलेको नेकपा (एमाले)का जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेले बताए । स्थानीय…
बहुविवाह घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
कञ्चनप नपा-७ की २८ वर्षीया कुमारी भुजेलले आफू घरमा हुँदाहुँदै अर्को विवाह गरेको आरोपमा ३३ वर्षीय पति सुशिल भुजेल र २७ वर्षीया देवी भुजेलविरुद्ध जिल्ला प्रहरी कार्यालयमा कात्तिक १८ गते उजुरी दिएकी छन् । इलाका प्रहरी कार्यालय कञ्चनरुपले उजुरी लिन नमानेपछि जिल्ला प्रहरी कार्यालयमा कात्तिक १८ गते दिएको उजुरी दर्ता…
कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
भगवतपुर गाविस-१ की ३४ वर्षीया प्रमिलादेवी रामलाई सोही ठाउँका ४० वर्षीय सुखराम राम र सुखरामकी पत्नी ३६ वर्षीया रामवती रामले कथित बोक्सी आरोप लगाई गालीगलौज गर्नुका साथै कुटपिट गरेको आरोपमा पीडित पक्षले दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले कात्तिक १८ गते दर्ता गरेको छ । आरोपितकी छोरीलाई टुनामुना गरी बिरामी पारेको…
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा रम्पुरा मल्हनिया गाविस-३ का ५५ वर्षीय बिन्दु मुखियालाई सप्तरी प्रहरीले गिरफ्तार गरी कात्तिक १८ गते मुद्दा दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालयमा कात्तिक १८ गते उजुरी दिएका छन् । तिहारको…
कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको आरोपमा मुद्दा दर्ता
महदेवा गाविस-७ की ४० वर्षीया बुधनीदेवी सुतिहारलाई उनका जेठाजु ५८ वर्षीय सिताराम सुतिहार, जेठानी दिदी ४० वर्षीया शान्तिदेवी सुतिहार र भतिजा १८ वर्षीय रामदेव सुतिहारले कथित बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले कात्तिक १८ गते उजुरी दर्ता गरेको छ । आरोपितकी छोरी रामवती सुतिहारलाई बिरामी बनाएको दोषारोपण लगाउँदै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा फर्से गाविस-७ का ६३ वर्षीय मिस्टर मियाँ भनिने मो. जमाललाई प्रहरीले कात्तिक १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १७ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालयमा कात्तिक १७ गते मौखिक उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको…