चार बुँदे सहमतिपछि १८ औँ दिन अनसन तोडियो

अस्पताल सुधारको माग गर्दै १८ दिनदेखि आमरण अनसनमा बसेका नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का केन्द्रीय अध्यक्ष विकास तिवारीले मङ्सिर २५ गते अनसन तोडेका छन् । स्वास्थ्य मन्त्री गगन थापाको उपस्थितिमा सरकारी पक्ष र अनसनरत तिवारीका प्रतिनिधीबिच चार बुँदे सहमतिपछि तिवारीले कोचाभखारी लोखरमकी १४ महिने कुपोषित बालिका निलमकुमारी मण्डलको हातबाट जुस…

२०७३ मंसिर २५, शनिबार १५:५६ गते  
पूर्व समीक्षा कार्यक्रम समपन्न

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सिरहामा सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा कार्यक्रम मङ्सिर २४ गते लहानमा सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक प्रतिनिधिले जिल्लामा भएको मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत गरेका थिए । यस वर्ष १ सय ९ ओटा घटना अभिलेख गरिएको छ । कार्यक्रममा इलाका प्रशासन कार्यालय लहानका…

२०७३ मंसिर २५, शनिबार १२:३९ गते  
तिवारीको स्वास्थ्य अवस्था जोखिमपूर्ण

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल सुधारको माग गर्दै विगत १७ दिनदेखि अनसनरत नेपाल सदभावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारीको स्वास्थ्यमा नकारात्मक र जोखिमपूर्ण परिवर्तन देखा पर्न थालेको चिकित्सकहरूले वताएका छन् । लामो अनसनका कारण गलेका तिवारीको छाती दुख्ने, जिउ र मांसपेशी बटारिने, रक्तचाप घटनेलगायतका समस्या दिनदिनै बढिरहेको जनाउँदै…

२०७३ मंसिर २४, शुक्रबार १५:४१ गते  
तराई मुक्ति मोर्चाद्वारा कुकर बम विष्फोट

सिरहामा मङ्सिर २३ गते बिहान कुकर बम विष्फोट भएको छ । मिर्चैया नपा-५ स्थित शिला पेट्रोल पम्प अगाडि बिहान कुकर बम विष्फोट भएको प्रहरीले जनाएको छ । विष्फोटबाट मानवीय तथा भौतिक क्षति नपुगेको इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्स्पेक्टर दिपक भारतीले बताए । घटनास्थल नजिक जनतान्त्रिक तराई मुक्ति मोर्चा समूहको पर्चा…

२०७३ मंसिर २४, शुक्रबार ००:४४ गते  
कुटपिट गरी घाइते बनाएको आरोपमा ससुरा र देवरविरुद्ध उजुरी

सिम्राहा सिग्यौन गाविस-२ की २९ वर्षीया शोभिला यादवलाई उनका ६० वर्षीय ससुरा रामप्रित यादव र पीडित महिलाका २५ वर्षीय देवर श्रवणकुमार यादवले बाँसको कप्टेराले कुटपिट गरी घाइते बनाएको आरोपमा पीडित पक्षले मङ्सिर २३ गते प्रहरीमा उजुरी दिएको छ । पीडितका भाइ राजविराज नपा-९ का नरेशकुमार यादवले पीडितका तर्फबाट आरोपितहरूविरूद्ध जिल्ला…

२०७३ मंसिर २३, बिहीबार १४:२५ गते  
पन्ध्र दिनदेखि अनसनरत तिवारीको अवस्था कमजोर

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सेवा सुधार गरिनुपर्ने माग गर्दै १५ दिनदेखि अनसनरत नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास तिवारीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । अस्पतालको अवस्था सुधारका लागि भन्दै तिवारी गत मङ्सिर ८ गतेदेखि अस्पताल परिसरमै आमरण अनशनमा छन् । तिवारीले अस्पतालको बेथिति छानबिन गर्न स्वास्थ्यमन्त्रीको…

२०७३ मंसिर २२, बुधबार १५:१५ गते  
बालविवाह घटनाका एक जोडी बालबालिकाको उद्धार

फुलकाहा-९ जमुनियाका पञ्चहरूले जबरजस्ती बालविवाह गराउन एक महिनादेखि बन्धक बनाएर राखेका १६ वर्षीय बालक र १४ वर्षीया बालिकाको मङ्सिर १७ गते साँझ उद्धार गरिएको छ । बाल संरक्षण तथा सम्बर्द्धन समिति महोत्तरी, सामुदायिक परिवार कल्याण समाज महोत्तरी, इलाका प्रहरी कार्यालय गौशाला र सञ्चारकर्मी सम्मिलित एक टोलीले ती दुई बालबालिकाको उद्धार…

२०७३ मंसिर १८, शनिबार ०८:३८ गते  
सहमति पछि चारजनाको अनसन स्थगित एकजनाको जारी

मधेसी मोर्चा सप्तरी र राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालबिच मङ्सिर १४ गते २७ बुँदे लिखित सहमति पछि चार जनाले अनसन स्थगित गरेका छन् । अस्पतालले पुरा गर्न सक्ने अधिकांश मागहरू तत्कालै तथा केही मागहरू निश्चित अवधिभित्र पुरा गर्ने र बाँकी मागहरूका लागि स्वास्थ्य मन्त्रालयमा पहल गर्ने सहमतिपछि अनसन स्थगित…

२०७३ मंसिर १५, बुधबार ०७:०८ गते  
स्थानीय तहसम्बन्धी कार्यक्रम बिथोल्दै व्यानर जलाइयो

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरूले सप्तरीको राजविराजमा मङ्सिर १४ गते आयोजित स्थानीय तहसम्बन्धी कार्यक्रम बिथोल्दै व्यानर जलाएका छन् । जिल्ला विकास समिति महासङ्घ, नगरपालिका महासङ्घ र गाविस महासङ्घद्वारा संयुक्त रूपमा जिल्ला विकास समिति सप्तरीको सभाकक्षमा आयोजित 'स्थानीय तहसम्बन्धी संवैधानिक व्यवस्था र आगामी संरचना' कार्यक्रमलाई मोर्चाका नेताहरूले बिथोलेका हुन्…

२०७३ मंसिर १५, बुधबार ०५:५९ गते  
महिला आयोगद्वारा सप्तरीमा अन्तरसम्वाद

समाजमा व्याप्त रहेको लैङ्गिक हिंसा न्यूनीकरण गर्ने उद्धेश्यका साथ राष्ट्रिय महिला आयोगले मङ्सिर १३ गते राजविराजमा सरोकारवालाहरूसँग अन्तरसम्वाद कार्यक्रम सम्पन्न गरेको छ । 'घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासको लागि लैङ्गिक हिंसारहित समाज' भन्ने मूल नाराका साथ चलिरहेको १६ दिने अभियानमा हिंसा रोकथामका लागि सबैको सहयोगको अपेक्षा गर्दै…

२०७३ मंसिर १३, सोमबार १५:१७ गते