नौ वर्षीय बालक मृत अवस्थामा फेला 

बीरगञ्ज उमनपा-१६ राधेमाईका नौ वर्षीय छोरा राजन पटेलको शव बीरगञ्ज चिनी कारखानाको आवास क्षेत्रमा असोज २० गते फेला परेको छ । पीडित बालकको टाउको, नाक र आँखामा गम्भीर चोट लागेको, शरीरमा नीलडाम र मुखबाट फिज निस्केको हुनाले उनलाई कसैले मारेर फालेको हुनसक्ने पर्सा प्रहरीले जनाएको छ । पीडितको शव फेला…

२०७३ आश्विन २१, शुक्रबार ०६:२१ गते  
बुहारीलाई धारिलो हतियार प्रहार गरेको आरोपमा ससुराविरुद्ध उजुरी

मुड्ली गाविस-६ की २५ वर्षीया अन्जुदेवीलाई घरेलु हतियार हँसियाले प्रहार गरी घाइते बनाएको आरोपमा ५५ वर्षीय ससुरा प्रभु राउत कुर्मीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा असोज १७ गते उजुरी परेको छ । पीडित महिलालाई असोज १६ गते आरोपितले हँसिया प्रहार गरी घाइते बनाएको आरोपमा पीडित महिलाका पति अम्विका पटेलले असोज १७…

२०७३ आश्विन १८, मंगलवार ०५:४९ गते  
इन्सेक र आयोगका प्रतिनिधिद्वारा यातना पीडितको अवस्थाबारे जानकारी

इन्सेक जिल्ला प्रतिनिधि र राष्ट्रिय मानव अधिकार आयोग धनुषाका प्रतिनिधिद्वारा जनकपुर अञ्चल अस्पतालमा उपचाररत यातना पीडितको अवस्थाको बारेमा असोज १६ गते जानकारी लिएको छ । सर्लाही प्रहरीको यातनाबाट गम्भीर घाइते भएका सर्लाही जिल्ला हरिपुर गाविस-९ का ३० वर्षीय सरोजकुमार चौधरीको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । इन्सेक जिल्ला प्रतिनिधि…

२०७३ आश्विन १७, सोमबार १५:२७ गते  
कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

शम्भुनाथ नपा-६ कठौना टोलकी ३२ वर्षीया पवितादेवी चौधरीलाई सोही ठाउँका ४५ वर्षीय नेपाली भनिने घनश्याम चौधरीलगायतले कथित बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा पीडितले असोज १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । आरोपितकी छोरी १२ वर्षीय मिनुकुमारी चौधरीलाई बिरामी बनाएको भन्दै झारफुक गर्न घरमा बोलाएको धामीले इशारा गर्नासाथ…

२०७३ आश्विन १३, बिहीबार १६:०४ गते  
बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला

बहुविवाह गरेको कसुरमा अयोध्यानगर गाविस-१ का ३५ वर्षीय रामकुमार महतो र २२ वर्षीया सुशीला खत्रीलाई जिल्ला अदालतले असोज १२ गते जनही एक वर्षकैद तथा ५ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले सो फैसला गरेको सहायक सरकारी वकिल दिपेन्द्र दनुवारले जानकारी दिए । अयोध्यानगर गाविस-१ की…

२०७३ आश्विन १३, बिहीबार ०६:१९ गते  
बहुविवाहका आरोपितहरू गिरफ्तार

कोबर्साइन गाविस–३ की २३ वर्षीया दाइवती मलाहा मुखियाले बहुविवाह गरेको आरोपमा दिएको उजुरीका आधारमा उनका पति २४ वर्षीय शम्भु मुखिया र कान्छी पत्नी २२ वर्षीया रिन्कु मुखियालाई प्रहरीले असोज ११ गते गिरफ्तार गरेको छ । आरोपित शम्भुले भारत विहारको सुपौल मैन्ही गाउँकी रिन्कुसँग ०७३ भदौ २९ गते दोस्रो विवाह गरी…

२०७३ आश्विन १२, बुधबार १०:१४ गते  
बाढी प्रभावितहरूको अवस्था बुझ्न आयोगको टोली सप्तरीमा

बाढीपहिरोबाट प्रभावितहरूको मानव अधिकार अवस्था बारे जानकारी लिन राष्ट्रिय मानव अधिकार आयोगको टोलीले सप्तरीको तिलाठी, कोइलाडी र गोबरगाढा गाविसको निरीक्षण अनुगमन गरेको छ । आयोगका सदस्यहरू मोहना अन्सारी, गोविन्द शर्मा पौडेल, मानव अधिकार अधिकृतहरू बासुदेव बजगाईं र श्यामबाबु काफ्ले सहितको टोलीले असोज ११ गते प्रभावित गाउँहरूमा पुगी शिक्षा, स्वास्थ्य, शौचालय,…

२०७३ आश्विन १२, बुधबार ०९:४७ गते  
बहुविवाह घटनाका आरोपितहरू गिरफ्तार

पटेर्वा गाविस–८ की ३० वर्षीया सबितरदेवी रामको उजुरीका आधारमा उनका ३३ वर्षीय पति किसुनदेव राम र कान्छी पत्नी २१ वर्षीया चन्दा रामलाई बहुविवाह गरेको आरोपमा प्रहरीले असोज ११ गते गिरफ्तार गरेको छ । पीडित महिलाले आरोपितहरूले ०७३ साउन ११ गते दोस्रो विवाह गरी घर भित्र्याएको आरोपमा जिल्ला प्रहरी कार्यालयमा ०७३…

२०७३ आश्विन ११, मंगलवार ११:०९ गते  
बुहारीलाई बेपत्ता बनाएको आरोपमा प्रहरीविरुद्ध उजुरी

इनरुवा फुलबडिया गाविस–९ की २० वर्षीया सिमरन मण्डललाई प्रहरीले नै बेपत्ता बनाएको भनी उनका ससुरा जियाउल हकले राष्ट्रिय मानव अधिकार आयोग जनकपुरमा निवेदन दिनुका साथै उच्च अदालतको राजविराज इजलासमा असोज ७ गते बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिएका छन् । हकले इलाका प्रहरी कार्यालय कल्याणपुरका इन्स्पेक्टर सुर्यनारायण यादव, सई जयप्रकाश साह,…

२०७३ आश्विन ९, आईतवार ०८:५१ गते  
बेचविखनका लागि भारत लैजाँदै गरिएको आशङ्कमा तीन युवतीको उद्दार

बेचविखनका लागि भारत लैजाँदै गरिएको आशङ्कामा १९ वर्षीया, १८ वर्षीया र २१ वर्षीया तीन जना महिलालाई असोज ६ गते धनुषाको ढल्केबरबाट इलाका प्रहरी कार्यालय ढल्केवरले उद्दार गरेको छ । असोज ६ गते काठमाडौँबाट बसमा विराटनगर जाँदै गर्दा बसका सहचालकले ती युवतीहरूलाई बेचविखनका लागि ललाइफकाई लग्न लागेको शङ्का लागेपछि प्रहरीलाई खबर…

२०७३ आश्विन ७, शुक्रबार १५:२८ गते