बहुविवाह घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

कञ्चनप नपा-७ की २८ वर्षीया कुमारी भुजेलले आफू घरमा हुँदाहुँदै अर्को विवाह गरेको आरोपमा ३३ वर्षीय पति सुशिल भुजेल र २७ वर्षीया देवी भुजेलविरुद्ध जिल्ला प्रहरी कार्यालयमा कात्तिक १८ गते उजुरी दिएकी छन् । इलाका प्रहरी कार्यालय कञ्चनरुपले उजुरी लिन नमानेपछि जिल्ला प्रहरी कार्यालयमा कात्तिक १८ गते दिएको उजुरी दर्ता…

२०७३ कार्तिक २०, शनिबार ०५:२३ गते  
कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

भगवतपुर गाविस-१ की ३४ वर्षीया प्रमिलादेवी रामलाई सोही ठाउँका ४० वर्षीय सुखराम राम र सुखरामकी पत्नी ३६ वर्षीया रामवती रामले कथित बोक्सी आरोप लगाई गालीगलौज गर्नुका साथै कुटपिट गरेको आरोपमा पीडित पक्षले दिएको उजुरी जिल्ला प्रहरी कार्यालयले कात्तिक १८ गते दर्ता गरेको छ । आरोपितकी छोरीलाई टुनामुना गरी बिरामी पारेको…

२०७३ कार्तिक १९, शुक्रबार ०९:४४ गते  
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा रम्पुरा मल्हनिया गाविस-३ का ५५ वर्षीय बिन्दु मुखियालाई सप्तरी प्रहरीले गिरफ्तार गरी कात्तिक १८ गते मुद्दा दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालयमा कात्तिक १८ गते उजुरी दिएका छन् । तिहारको…

२०७३ कार्तिक १८, बिहीबार १४:३७ गते  
कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको आरोपमा मुद्दा दर्ता

महदेवा गाविस-७ की ४० वर्षीया बुधनीदेवी सुतिहारलाई उनका जेठाजु ५८ वर्षीय सिताराम सुतिहार, जेठानी दिदी ४० वर्षीया शान्तिदेवी सुतिहार र भतिजा १८ वर्षीय रामदेव सुतिहारले कथित बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले कात्तिक १८ गते उजुरी दर्ता गरेको छ । आरोपितकी छोरी रामवती सुतिहारलाई बिरामी बनाएको दोषारोपण लगाउँदै…

२०७३ कार्तिक १८, बिहीबार १४:१३ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा फर्से गाविस-७ का ६३ वर्षीय मिस्टर मियाँ भनिने मो. जमाललाई प्रहरीले कात्तिक १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १७ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालयमा कात्तिक १७ गते मौखिक उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको…

२०७३ कार्तिक १८, बिहीबार १०:०३ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गौशाला नपा-२ का २२ वर्षीय कुमार राणालाई कात्तिक १६ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १६ गते नै बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले इलाका प्रहरी कार्यालय गौशालामा मौखिक उजुरी दिएपछि प्रहरीले आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय गौशालाका…

२०७३ कार्तिक १६, मंगलवार १५:५६ गते  
विद्यार्थीलाई यातना दिएको घटनाको अनुगमन

लहान नपा-२ स्थित गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीमा कात्तिक १० गते विद्यार्थीहरूलाई यातना दिएको घटनाको अधिकारकर्मीहरूद्वारा कात्तिक ११ गते अनुगमन गरिएको छ । बालबालिकालाई चर्को घाममा कुखुरा बनाएर यातना दिँदै गरेको फोटोसहितको सामाचार कात्तिक १० गते सञ्चारमाध्याममा सार्वजनिक भएपछि मानव अधिकारकर्मीहरूले स्थलगत अनुगमन गरेका हुन् । मानव अधिकारको क्षेत्रमा काम गर्ने…

२०७३ कार्तिक ११, बिहीबार १४:४९ गते  
बलात्कार घटनाको आरोपमा उजुरी दर्ता

एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा नवराजपुर गाविस-१ का १८ वर्षीय पङ्कजकुमार यादवविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा कात्तिक ९ गते उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २९ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले सोही दिन उजुरी दिएको भएपनि प्रहरीले दर्ता नगरेको पीडित पक्षले…

२०७३ कार्तिक ११, बिहीबार ०५:४८ गते  
बलात्कार गरेको ठहरमा नौ वर्षकैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै कञ्चनरूप नपा-२ का ३५ वर्षीय उपेन्द्रदास तत्मालाई जिल्ला अदालतले कात्तिक ५ गते नौ वर्षकैद र ५० हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश इश्वरीप्रसाद गौतमको इजलासले पीडित बालिकालाई ललाईफकाई नियन्त्रणमा लिएर यौनशोषण गरेको आरोपमा कैद र जरिबानाको फैसला गरेको जिल्ला अदालतले जनाएको…

२०७३ कार्तिक ७, आईतवार ००:४७ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा धनगढी गाविस-८ महनौरीका २२ वर्षीय  दर्शनकुमार मण्डल र १८ वर्षीय सञ्जिबकुमार मण्डललाई प्रहरीले कात्तिक ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्वय सहित रामउदगार मण्डलले असोज ३० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका…

२०७३ कार्तिक ६, शनिबार ०१:२३ गते