बलात्कार गरेको ठहर गर्दै बावुलाई १८ वर्षकैदको फैसला

आठ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै ५५ वर्षीया बाबुलाई जिल्ला अदालत धनुषाले मङ्सिर ८ गते १८ वर्षजेल सजायको फैसला सुनाएको छ । न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले उक्त फैसला सुनाएको अदालतका श्रेस्तेदार नन्दकिशोर यादवले जानकारी दिएका छन् । पीडित बालिकालाई बलात्कार गरेको आरोपमा ०७२ भदौ ८ गते गिरफ्तार परेका आरोपित…

२०७३ मंसिर ९, बिहीबार १५:३९ गते  
अस्पताल सुधारको माग गर्दै थप चार जना आमरण अनसनमा

राजविराज नपा-३ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सुधारको माग गर्दै आमरण अनसन बसेका नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका राष्ट्रिय अध्यक्ष विकास तिवारीलाई साथ दिँदै थप चारजना मङ्सिर ९ गते बिहानदेखि आमरण अनसनमा बसेका छन् । आमरण अनसनमा मधेसी मोर्चाका जिल्ला संयोजक एवम् सरिता गिरी नेतृत्वको नेसपाका जिल्ला अध्यक्ष सुबी यादव,…

२०७३ मंसिर ९, बिहीबार १५:३८ गते  
बहुविवाह गरेको कसुरमा एक वर्ष ६ महिना कैदको फैसला

बहुविवाह गरेको कसुरमा कल्याणपुर जब्दी गाविस-१ का २८ वर्षीय रामकुमार यादवलाई जिल्ला अदालत सिरहाले मङ्सिर ७ गते एक वर्ष ६ महिना कैद र १५ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश पुर्णेश्वरप्रसाद उपाध्यायको इजलासले सो फैसला गरेको सहायक सरकारी वकिल दिपेन्द्र दनुवारले जानकारी दिए । त्यसैगरी अर्की आरोपित २५…

२०७३ मंसिर ८, बुधबार १४:३० गते  
अस्पताल सुधारको माग गर्दै सद्भावना गजेन्द्रवादीका अध्यक्ष आमरण अनसनमा

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सुधारको माग गर्दै नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका राष्ट्रिय अध्यक्ष विकास तिवारी मङ्सिर ८ गते अपरान्हदेखि आमरण अनसनमा बसेका छन् । अस्पताल बालमैत्री हुनुपर्ने, बिरामीहरूलाई पोषिलो र स्वच्छ पिउने पानीको व्यवस्था हुनुपर्ने, चिकित्सकहरू उपलब्ध हुनुपर्ने, निर्मार्णाधिन प्रसुति गृह अविलम्ब पुरा हुनुपर्ने, शौचालय र धाराहरू चालु…

२०७३ मंसिर ८, बुधबार १४:०१ गते  
स्थानीय दैनिक पत्रिकाका सम्पादक गिरफ्तार

गोलबजार नपाबाट प्रकासन हुने अनुकल्प दैनिक पत्रिकाका सम्पादक नपा-२ का ५० वर्षीय अर्जुन थपलियालाई मङ्सिर ७ गते राति करिब ९ः३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय, सिरहाले गिरफ्तार गरेको छ । राति पत्रिकाको काम सकेर घर फर्कने क्रममा प्रहरीले थपलियालाई गोलबजारबाट गिरफ्तार गरी इलाका प्रहरी कार्यालय, धनगढीमा राखेको थियो । पत्रकार/सम्पादक…

२०७३ मंसिर ८, बुधबार १०:२० गते  
खुल्ला आकाश मुनी पढ्न बाध्य छन् पुरानो विद्यालयका बालबालिका

बथनाहा गाविस-६ स्थित श्री हनुमान विश्वनाथ जनता सरकारी प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरू खुल्ला आकाश मुनि पढ्न बाध्य छन् । वि.सं. २०१० सालमा स्थापित प्राथमिक विद्यालयको भवन निर्माण तथा पुनर्निर्माण हुन नसक्दा वर्षा र जाडोको शीतलहरमा पठनपाठन समेत ठप्प हुने गरेको छ । २ सय २२ विद्यार्थी रहेको सो प्राथमिक विद्यालयमा…

२०७३ मंसिर ८, बुधबार ०४:४६ गते  
इन्सेक धनुषा प्रतिनिधिको संयोजकत्वमा मानव अधिकार रक्षक सञ्जाल गठन

धनुषा जिल्लामा कार्यरत मानव अधिकारकर्मीहरूको भेलाबाट अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषा जिल्ला प्रतिनिधि विनोदकुमार महराको संयोजकत्वमा २१ सदस्यीय मानव अधिकार सञ्जाल गठन गरिएको छ । मङ्सिर ७ गते जनकपुरमा भएको मानव अधिकार रक्षकहरूको भेलबाट इन्सेक प्रतिनिधि महरा संयोजक र थर्ड एलाइन्सका मानव अधिकार अधिकृत किरण कर्णलाई सचिवमा चयन गरिएको…

२०७३ मंसिर ७, मंगलवार १४:४४ गते  
पत्रकारमाथि दुर्व्यवहार भएको आरोप, घटनाको भत्सर्ना

लहान नगरपालिका ४ का ३८ वर्षीय नागरिक दैनिकका सिरहा संवाददाता मिथिलेश यादवमाथि मङ्सिर ६ गते साँझ दुर्व्यवहार भएको छ । लहान-३ स्थित लिलामदन पोलिक्लिनिक तथा प्रसुतिगृह प्रालिका सञ्चालक मनोजकुमार साह र डा. दिलिप कुमार तथा अस्पतालका कर्मचारी ३५ वर्षीय धनन्जय यादवले दुर्व्यवहार गरेको पीडित यादवले बताए । इटाटार गाविसका एक…

२०७३ मंसिर ७, मंगलवार १४:२९ गते  
बाल अधिकारको माग गर्दै अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाइयो

सम्वर्द्धन बाल अधिकारको, कार्यान्वयन संविधानको भन्ने नाराका साथ मङ्सिर ५ गते सप्तरीमा अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाइएको छ । जिल्ला बाल क्लब सञ्जालको आयोजनामा राजविराजमा प्रभातफेरी गरी जिल्ला विकास समितिको सभाकक्षमा पुरस्कार वितरणलगायतका कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा बालिका दौड प्रतियोगिता, निबन्ध प्रतियोगिता, नाटक प्रतियोगिताका विजेता, उपविजेताहरूलाई पुरस्कार वितरण गरिएको…

२०७३ मंसिर ५, आईतवार १५:०७ गते  
देवरद्वारा भउजूको हत्या गरेको आरोप

वर्दिवास नगरपालिका-८ प्रेमनगरकी ३२ वर्षीया उषादेवी महतोलाई देवर विजय महतोले हत्या गरेको माइती पक्षले आरोप लगाएको छ । कात्तिक १७ गते घरैबाट हराएकी उषाको कात्तिक १९ गते बिहान धनुषा जिल्ला लक्ष्मीनिवास-७ स्थित दालाखाडी खोला नजिक तिलको खेतमा शव भेटिएको थियो । मृतकको पति विनोद महतो वैदेशिक रोजगारीको लागि विगत दुई…

२०७३ मंसिर ३, शुक्रबार १३:५६ गते