बहुविवाह घटनाका आरोपित गिरफ्तार

छिन्नमस्ता गाविस-३ गोबिन्दपुरकी २४ वर्षीया फतमा खातुनका पति २५ वर्षीय अफजल मियाँ र उनकी कान्छी पत्नी २१ वर्षीया हमीदा खातुनलाई प्रहरीले बहुविवाहको आरोपमा पुस २९ गते गिरफ्तार गरेको छ । पीडित महिलाले आरोपितहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी पुस २८ गते दर्ता गरी आरोपितहरूलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर…

२०७३ माघ १, शनिबार ०८:४० गते  
जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन

मानव अधिकारको अवस्थालाई प्रभावकारी र सुदृढीकरण गर्न पुस २८ गते गैरसरकारी संस्था महासङ्घका जिल्ला सचिव भैरवप्रसाद गेलालको अध्यक्षतामा ११ सदस्यीय जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल गर्ने परियोजना अन्तर्गत आयोजित एक…

२०७३ पुष २८, बिहीबार २०:०७ गते  
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

४५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मधुवन मथौल गाविस-५ सिद्धपुरका ३१ वर्षीय अम्बू महतो उरावविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा पुस २२ गते उजुरी दर्ता गरिएको छ । पीडित महिलालाई आरोपितले पुस २१ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित महिलाले प्रहरीमा उजुरी दिएकी हुन् । प्रतिकारको क्रममा हातमा चोट लागेको…

२०७३ पुष २२, शुक्रबार १२:४९ गते  
नबालक छोराको हत्यापछि आमाद्वारा आत्महत्या

बरहथवा-११ हिरापुर की २२ वर्षीया सविता पालले पुस २१ गते पाँच वर्षीय छोरा अमन पाललाई विष खुवाएर हत्या गरी आफूले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । विष सेवन गराइएका तीन वर्षीय छोरा प्रिन्स पालको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सिताराम रिजालले बताए । प्रिन्सलाई…

२०७३ पुष २१, बिहीबार २१:२३ गते  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले लहान नपा-१५ का २४ वर्षीय शङ्कर ढुङ्गाना र ओखलढुङ्गा जिल्ला चस्मेटार-२ की २० वर्षीया स्मिता कार्कीलाई पुस १९ गते गिरफ्तार गरेको छ । लहान नपा-१५ की २० वर्षीया पुनम ढुङ्गानाले आरोपितद्वयले मङ्सिर १५ गते विवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा पुस १९…

२०७३ पुष २०, बुधबार २१:०२ गते  
नाबालिका छोरीको हत्या गरी आमाद्वारा आत्महत्या

पिपरिया–३ की ३० वर्षीया गुन्द्रदेवी पण्डितले गरिबीका कारण १० वर्षीया छोरी चन्दाकुमारी पण्डितको हत्या गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । पुस १८ गते घरको ढोका बन्द गरी गुन्द्रदेवीले १३ वर्षीया छोरी पुजाकुमारी, चन्दा कुमारी, तीन वर्षीया राधा कुमारीलाई विष खुवाएर आफू पनि विष सेवन गरी आत्म…

२०७३ पुष २०, बुधबार १४:३१ गते  
बहुविवाह गरेको कसुरमा जनही एक वर्ष कैदको फैसला

बहुविवाह गरेको कसुरमा विष्णुपुरकट्टी गाविस–१ का २१ वर्षीय कमल तामाङ र १७ वर्षीया बालिकालाई जिल्ला अदालतले जनही एक/एक वर्ष कैद तथा १५ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश अमृतबहादुर बस्नेतको इजलासले पुस १९ गते सो फैसला गरेको सरकारी वकिल मनोज आर्चायले बताए । विष्णुपुरकट्टी गाविस–१ की १९ वर्षीया…

२०७३ पुष २०, बुधबार १४:२९ गते  
यौन दुर्व्यवहार गरेको कसुरमा तीन वर्षकैदको फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा कटैया गाविस-८ का २० वर्षीय दिपेन भनिने पुलकित इशरलाई जिल्ला अदालतले पुस १९ गते तीन वर्षकैद सजायको फैसला सुनाएको छ । न्यायाधीश शङ्करबहादुर राईको इजलासले आरोपितलाई तीन वर्षकैद सजायको फैसला सुनाएको अदालतका स्रेस्तेदार नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । पीडित बालिकालाई आरोपितले ०७२ फागुन…

२०७३ पुष १९, मंगलवार २०:२७ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वीरगञ्ज उमनपा-१९ इनर्वाका ५७ वर्षीय अब्दुल रहिम मियाँलाई प्रहरीले पुस १८ गते गिरफतार गरेको छ । पीडित बालिकालाई पुस १५ गते आरोपितले बलात्कार गरेको आरोपमा पीडित पक्षले पुस १८ गते  प्रहरीमा उजुरी दिएपछि आरोपित मियाँलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्दकुमार साहले जानकारी…

२०७३ पुष १९, मंगलवार १६:०१ गते  
धनुषामा मानव अधिकार निगरानी समूह गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल गर्ने परियोजना अन्तर्गत धनुषामा जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन गरिएको छ । पुस १५ गते आयोजित एक कार्यक्रमबाट पत्रकार सुरेश यादवको संयोजकत्वमा ११ सदस्यीय मानव अधिकार निगरानी समूहको गठन गरिएको हो । समूहको…

२०७३ पुष १५, शुक्रबार २०:०२ गते