छुवाछुतको आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार

छुवाछुतको आरोपमा मिर्चैया नपा ९ की २३ वर्षीया शोभा बिकलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँकी ४२ वर्षीया लिलामाया तामाङलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले वैशाख २८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई वैशाख २४ गते बिहान सार्वजनिक कलमा पानी भर्न जाँदा आरोपितले 'परै बस पानी छोइन्छ' भनेको र सो…

२०७४ बैशाख २९, शुक्रबार २२:३६ गते  
यातायात कार्यालयमा कुकर बम विष्फोट

लहान नगरपालिका-८ स्थित सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालय लहानमा वैशाख २८ गते शक्तिशाली कुकर बम विष्फोट भएको छ । मध्यान्ह १२ बजे कार्यालय सञ्चालनमा रहेको समयमा अज्ञात समूहले माथिल्लो तल्लामा कार्यालय प्रमुखको कोठासँगै रहेको शौचालयमा कुकर बम विष्फोट गराएको हो । विष्फोट किन र कसले गराएको हो खुल्न नसकेको प्रहरीले…

२०७४ बैशाख २८, बिहीबार २१:३० गते  
वम बनाउने सामग्रीसहित कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

स्थानीय तहको निर्वाचनलाई असफल बनाउन वम बनाउन तयार गरेको सामग्रीसहित प्रहरीले बर्दिबासबाट नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकतालाई वैशाख २४ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा धनुषा जिल्ला धनुषाधाम नपा-५ का सो पार्टीका जनकपुर ब्यूरो सदस्य ५५ वर्षीय महोम्मद आदन राइन्, सोही ठाउँका कार्यालय सदस्य ३६…

२०७४ बैशाख २५, सोमबार १०:४१ गते  
रमजानमा गर्न लागेको दोश्रो चरणको निर्वाचनको विरोधमा प्रदर्शन

मुस्लिम समाज, सप्तरीले एक महिनासम्म चल्ने पवित्र रमजान पर्वको बीचमा हुन लागेको स्थानीय तहको दोश्रो चरणको निर्वाचन कार्यक्रमको विरोध जनाउँदै वैशाख २३ गते राजविराजमा प्रदर्शन गरेको छ । २० वर्षपछि हुन लागेको चुनावमा मुस्लिम समुदाय उत्साहित भएपनि रमजान पर्वका कारण मतदान गर्न पाउने मौलिक हकबाट वञ्चित बनिने भन्दै यहाँका मुस्लिम…

२०७४ बैशाख २४, आईतवार १५:११ गते  
एक महिलाको हत्या गरिएको अवस्थामा शव फेला, बलात्कारपछि हत्या भएको प्रहरीको आशङ्का

भङ्गहा गाउँपालिका-९ हरिहरपुर हरिणमरी की ३५ वर्षीया शिलादेवी दासको हत्या गरिएको अवस्थामा वैशाख २० गते शव फेला परेको छ । शिलादेवीको दुवै हात सारीले बाँधेको र कपाल तथा लुगासमेत क्षतविक्षत अवस्थामा फेला परेकोले उनको बलात्कार पछि हत्या भएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी…

२०७४ बैशाख २२, शुक्रबार २२:१२ गते  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लहान नपा-१३ का ५५ वर्षीय उतिमलाल सदायविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा वैशाख १७ गते उजुरी दर्ता गराएको छ । पीडित बालिकालाई आरोपितले वैशाख १६ गते बलात्कार गरेको पीडित पक्षले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद…

२०७४ बैशाख १८, सोमबार २१:३२ गते  
मधेस आन्दोलनका क्रममा घाइते भएका साफीको मृत्यु

प्रान्तीय सीमाङ्कनको विरोधमा मधेसी मोर्चा, सप्तरीको आह्वानमा भएको आन्दोलनमा ०७२ मङ्सिर ५ गते प्रहरीको गोली लागेर घाइते भएका हनुमाननगर कङ्कालिनी नपा-४ मधवापुरका ५४ वर्षीय रघु साफीको वैशाख १५ गते राति मृत्यु भएको छ । दङ्गाग्रस्त क्षेत्र तोकिएको हनुमाननगर कङ्कालिनी नपा-१ भारदहस्थित पूर्व-पश्चिम राजमार्गमा आवागमन अवरोध गर्न गएका बेला ०७२ मङ्सिर…

२०७४ बैशाख १६, शनिबार २१:१३ गते  
बालकको हत्या गरेको कसुरमा जन्म कैदको फैसला

जलेश्वर नपा-१२ भिट्ठामोड मलिवाराका ११ वर्षीय क्युट भनिने निश्चल पाण्डेयको हत्यामा दोषी ठहर गर्दै जिल्ला अदालत महोत्तरीले जलेश्वर नपा-१ का २८ वर्षीय पप्पु यादव र जलेश्वर नपा-६ का २१ वर्षीय गोविन्द कुमार मिश्रलाई जन्म कैदको फैसला सुनाएको छ । जिल्ला अदालतले वैशाख १५ गते सुनाएको फैसलामा जलेश्वर नपा-८ का २५…

२०७४ बैशाख १६, शनिबार २१:०९ गते  
बहुविवाह घटनाका आरोपितलाई एक वर्षकैदको फैसला

बहुविवाह गरेको कसुरमा गोलबजार नपा-२ का ३२ वर्षीय ध्यानी पासवानलाई जिल्ला अदालतले एक वर्षकैद तथा २ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश चन्द्रमणी ज्ञवालीको वैशाख १४ गतेको इजलासले सो फैसला गरेको सरकारी वकिल जुद्ध आले मगरले बताए । मगरका अनुसार आरोपित २७ वर्षीया गौरी सदायलाई अदालतले सफाई दिने…

२०७४ बैशाख १६, शनिबार २१:०२ गते  
सप्तरी घटनाका मृतककी पत्नी घरेलु हिंसामा

सुरक्षाकर्मीको गोलीले मृत्यु भएका राजविराज नपा-९ (साविक मलेठ गाविस-२) का सन्जन मेहताकी पत्नी २१ वर्षीया सविताकुमारी मेहताले घरेलु हिंसामा परेको उजुरी दिएपछि वैशाख १४ गते जिल्ला प्रहरी कार्यालयमा दुवै पक्षबिच छलफल भएको छ । क्षतिपूर्तिस्वरूप सरकारले दिने १० लाख रुपियाँ मृतककी पत्नीले लिने कि मृतकका बुवाआमाले लिने भन्ने विवादले घरेलु…

२०७४ बैशाख १६, शनिबार २०:५९ गते