भतिजको हत्या गरेको अरोपमा काकी गिरफ्तार
पातो गाविस-५ का तीन वर्षीय रामअवतार खंग मण्डलको हत्या गरेको आरोपमा उनकी २५ वर्षीया काकी उर्मिलादेवी खंग मण्डललाई प्रहरीले माघ २४ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घरायसी विवादमा माघ २३ गते बालकलाई घरभित्रै घाँटी थिचेर हत्या गरेको आरोपमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको छ ।…
स्वास्थ्य संस्थाहरूमा औषधि नपाउने र डाक्टर पनि नभेट्ने जनगुनासो
सरकारले स्वास्थ्य संस्थाहरूमा नियमित स्वास्थ्यकर्मी बस्ने र निःशुल्क औषधि पाइने प्रचार गरिरहेको भएपनि धनुषाको ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरूमा औषधि नपाउने गरेको जनगुनासो छ । औषधि हुँदा दिनहुँ बिरामीको भीड लाग्ने क्षीरेश्वरनाथ नपा-५ महेन्द्रनगरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा औषधि नपाइने गरेको र्सवसाधारणको गुनासो छ । ग्रामीण भेगका अधिकांश स्वास्थ्य संस्था हिान ११…
मोर्चाका कार्यकर्ताले अयोगको प्रतिवेदन जलाए
संघीय लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तह पुनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवदेन माघ २३ गते राजविराजमा जलाएको छ । राजविराज नपा-१ स्थित शिव मन्दिर प्राङ्गणबाट निस्केको मोर्चा निकट दलका स्थानीय नेताहरू सम्मिलित जुलुसले राजविराज नपा-३ स्थित शहीद चोकमा पुगेर प्रतिवेदन जलाए । मोर्चाका सप्तरी संयोजक अमरनाथ मण्डलको नेतृत्वमा निस्केको जुलुसले नगर…
अदालतको आदेशपछि कथित बोक्सी घटनाको उजुरी दर्ता
कञ्चनरुप नपा-४ का ६८ वर्षीया भौली साहलाई कथित बोक्सीको आरोपमा गालीगलौज गर्दै कुटपिट गरेको आरोपमा सोही ठाउँका ४८ वर्षीय रामप्रसाद साह, उनकी ३८ वर्षीया पत्नी सुनीता साह, १८ वर्षीया छोरी सुस्मिता साह र १६ वर्षीय छोरा रोहन साहविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरुपले माघ २२ गते उजुरी दर्ता गरेको छ ।…
दाइजोमा भैंसी नपाउँदा विवाहित पत्नीलाई घर लैजान अस्वीकार
मागेजति दाइजो दिन नसकेपछि विवाह भएकी छोरीलाई ज्वाइँले घर नलग्दा महोत्तरी बर्दिवास-८ फूलबारी बस्तीका ५५ वर्षीया रामप्रकाश कापरको परिवारलाई ठूलो चोट पुगेको छ । ०७३ माघ ९ गते विवाह भएकी छोरी अमृतालाई सम्धी दुखी कापर र ज्वाइँ रौदी कापरले लैनो भैँसी नदिएको भन्दै घर लान नमानेपछि छाँगाबाट खसेजस्तो भएका रामप्रकाश…
कथित बोक्सी आरोपमा कुटपिट गरी गर्भपतन गराएको घटनाका आरोपित गिरफ्तार
शम्भुनाथ नपा-२ खोक्सर प्रवाहा कनकपट्टीकी २८ वर्षीया पुनमदेवी साहलाई कथित बोक्सी भन्दै कुटपिट गरी गर्भपतन गराएको आरोपमा सोही ठाउँकी ४८ वर्षीय रफिदन खातुनलाई प्रहरीले माघ १९ गते गिरफ्तार गरेको छ । पीडितको उजुरीका आधारमा आरोपित खातुनसहित निजकी छोरी २८ वर्षीया महिरुन खातुन, छोरा २१ वर्षीय लुकमान मियाँ, ३० वर्षीय मो.…
बालिका अपहरण घटनाका आरोपित गिरफ्तार
नौ कक्षामा अध्ययनरत १५ वर्षीया एक बालिकालाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रसबनी गाविस-७ का ५१ वर्षीय भोला भनिने बिन्देश्वर यादवलाई प्रहरीले ०७३ माघ १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकी आमाले दिएको उजुरीका आधारमा अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गर्दै आरोपितलाई गिरफ्तार गरिएको इन्स्पेक्टर नारायणप्रसाद भट्टराईले जानकारी…
एक महिना अघि झडपमा घाइते भएका कैदीको उपचारको क्रममा मृत्यु
बीरगञ्ज कारागारभित्र ०७३ पुस १० गते दिउँसो कैदीहरूबिच भएको झडपमा चक्कु प्रहारबाट गम्भीर घाइते भएका २६ वर्षीय कैदी राजनकुमार बानियाको माघ १७ गते उपचारको क्रममा काठमाडौँको वीर अस्पतालमा मृत्यु भएको छ । उनको उपचार सुरक्षा निगरानीमा काठमाडौँमा भइरहेको थियो । बीरगञ्ज उमनपा-१३ घडीअर्वा घर भएका बानिया, शरीर बन्धक तथा अपहरण…
उपभोक्ता अधिकारको लागि उजुरी डेक्स व्यवस्था गर्नु पर्ने माग
उपभोक्ता अधिकारको लागि उजुरी डेक्सको व्यवस्था गर्नु पर्ने माग एक कार्यक्रमका सहभागीहरूले गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय जनकपुरले माघ १८ गते जनकपुरमा आयोजना गरेको उपभोक्ता अधिकारको सवाल विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो माग गरेका हुन् । आयोगका सदस्य सुदिप पाठकले व्यवसायीलाई सेवाभावले काम गर्न र उपभोक्तालाई…
सम्वादबाट समाधान खोज्न नागरिक समाजको जोड
सम्वादको माध्यमबाट मधेशको समस्या समाधान गर्न नागरिक समाजका अगुवाहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा माघ १८ गते राजविराजमा आयोजित 'मधेशका मागहरूको विश्लेषणः प्रान्त, सिमा र स्वायत्तताको सवाल' विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले वार्ता र सम्वादबाटै समस्या समाधान गर्नुपर्नेमा जोड दिएका हुन् । इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले…