राजपा नेपालका कार्यकर्ताद्वारा प्रहरीमाथि आक्रमण, जनजीवन प्रभावित
दोश्रो चरणको स्थानीय तह निर्वाचन बहिष्कार गर्न भन्दै राष्ट्रिय जनता पार्टी नेपालले आह्वान गरेको बन्दको दोस्रो दिन जेठ ३१ गते रौतहटमा सो पार्टीका कार्यकर्ताले प्रहरीमाथि आक्रमण गरेका छन् । बन्दकर्ताहरूले बिहानैदेखि जिल्ला सदरमुकाम गौरलगायत गरुडा, कटहरीया, पिपरामा टायर बालेर अवरोध पुर्याउनुका साथै केही सवारी साधनमाथि तोडफोड समेत गरे । बन्दकर्ताले…
स्वच्छ निर्वाचनका लागि इमन्दारिता आवश्यकः सरोकारवाला
स्च्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा जेठ ३१ गते सर्लाहीको हरिवनमा आयोजित 'मानव अधिकार र निर्वाचन' विषयक अन्तरक्रिया कार्यक्रममा आसन्न निर्वाचनलाई स्वच्छ तथा मर्यादित बनाउन राजनीतिक दल र उम्मेदवारले संयमता अपनाउनु पर्नेमा वक्ताहरूले जोड दिएका छन् । अन्तरक्रिया कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले निर्वाचन गराउन…
राजपा र सङ्घीय समाजवादी फोरमका कार्यकर्ताबिच झडप
राजपा नेपालका कार्यकर्ता र सङ्घीय समाजवादी फोरमको कार्यकर्ताबिच जेठ ३१ गते जनकपुरस्थित पिराडी चोकमा झडप भएको छ । दुवै पार्टीको कार्यकर्ताबिच केही बेर तनाव उत्पन्न भएपनि कुनै पक्षमा क्षति नभएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । संविधान संशोधन बिना चुनावमा भाग लिन लागेपछि मधेसका जिल्लाहरूमा राजापा र फोरम नेपालका…
निर्वाचन मानव अधिकारको मेरूदण्ड होः वक्ताहरू
स्थानीय तहको निर्वाचनमा जनताले स्वतन्त्रतापूर्वक भाग लिन पाउनु उनीहरूको नैसर्गिक मानव अधिकार रहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा रौतहटको चन्द्रनिगाहपुरमा जेठ ३१ गते आयोजित मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले सो कुरा बताएका हुन् । जिल्लामा रहेका विभिन्न मानव अधिकार सङ्घसंस्थाका…
राजापाले मतदान अधिकृतहरूलाई नियन्त्रणमा लिएपछि तालिम स्थगित
राजपा नेपालका कार्यकर्ताहरूले निर्वाचनसम्बन्धी तालिममा सहभागी हुन राजविराज आएका ५० जना कर्मचारीहरूलाई जेठ ३१ गते एक घण्टा नियन्त्रणमा लिएर छाडेका छन् । जिल्ला निर्वाचन कार्यालयद्वारा राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा आयोजित तालिममा सहभागी हुन आएका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएर बलपूर्वक एक घण्टासम्म धर्नास्थलमा राखे ।…
निर्वाचन नागरिकको आधारभूत अधिकारः वक्ताहरू
स्थानीय तहको निर्वाचन नागरिकको आधारभूत अधिकार भएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा बीरगञ्जमा जेठ ३० गते आयोजित मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले सो कुरा बताएका हुन् । नागरिक समाजका विभिन्न सरोकार समूहका अगुवाहरूको सहभागिता रहेको उक्त कार्यक्रममा निर्वाचनको अपरिहार्यता र…
राजपा कार्यकर्ताद्वारा मतदान अधिकृतहरूमाथि हातपात
कलैयास्थित रामराजा बहुमुखी क्याम्पसमा निर्वाचन शिक्षा अन्तर्गत तालिम लिएर फर्किदैँ गरेका मतदान अधिकृतहरूमाथि राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरूले जेठ २९ गते हातपात गर्दै दुर्व्यवहार गरेका छन् । मतदान अधिकृतहरूलाई हातपात गरेको आरोपमा प्रहरीले घोषित निर्वाचनविरूद्ध आन्दोलित राजपा निकट युवा सङ्गठनका स्थानीय नेता पन्नालाल पटेललाई घटनास्थलबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी…
राजपा कार्यकर्ताद्वारा महोत्तरीका एमाले सांसद साहमाथि ढुङ्गामुढा प्रहार
नेकपा एमालेका महोत्तरी क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद दिपनारायण साह चढेको गाडीमा राजपा नेपालका कार्यकर्ताहरूले जेठ ३० गते बिहान औरही गाउँपालिका-१ मा ढुङ्गामुढा प्रहार गरेका छन् । बिहानैदेखि बर्दिबास-औरही-जलेश्वर सडक खण्ड अन्तर्गत औरही बजारमा टायर बालेर सडक अबरुद्ध गर्दै प्रदर्शन गरिरहेका राजपाका कार्यकर्ताहरूले सांसद साह सवार बा१२च ९६९ नम्बरको…
महोत्तरीमा एक युवतीमाथि सामूहिक बलात्कार
औरही गाउँपालिका-२ फुलबरीया टोलमा जेठ २८ गते राति एक १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिपक पोखरेलले दिएको जानकारी अनुसार औरही बजारबाट फुलबरीया गइरहेकी युवतीलाई बजार भन्दा एक किलोमिटर टाढा बाटो छेऊमा चार जना युवाहरूले सामूहिक बलात्कार गरेका हुन् । बलात्कार गर्ने क्रममा…
राजपाका कार्यकर्ताद्वारा मतदान अधिकृतको तालिममा अवरोध
स्थानीय तहको दोस्रो चरणको चुनावको लागि जिल्ला निर्वाचन कार्यालयले कलैयामा जेठ २९ गते आयोजना गरेको मतदान अधिकृतको तालिममा अवरोध पुर्याउन खोजेपछि राजपा कार्यकर्ता र प्रहरीबिच झडप भएको छ । कलैयास्थित रामराजा क्याम्पसमा सञ्चालित ४ सय जना सहभागी मतदान अधिकृतको तालिम सुरू हुनासाथ २०/२५ जनाको सङ्ख्यामा पुगेका राजपा कार्यकर्ता र प्रहरीबिच…