पत्नीको हत्या गरेको आरोपमा माइतीपक्षद्वारा उजुरी

धनगढीमाई नपा-९ की २० वर्षीया अञ्जना मगरको हत्या गरेको आरोपमा उनका २२ वर्षीय पति कैलश थापाविरूद्ध माइती पक्षले असोज २३ गते इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएको छ । पीडित परिवारका अनुसार फागुनमा अन्तरजातीय विवाह गरेकोले पटकपटक परिवारमा झैझगडा भइरहेको थियो । असोज २२ गते पनि सामान्य विवाद भएको र…

२०७४ आश्विन २४, मंगलवार २०:४३ गते  
बहुविवाह गरेको आरोपमा उजुरी

सुखिपुर नपा-१ कि २० वर्षीया अनितादेवी दासले उनका २५ वर्षीय पति शिवदयाल दासले १८ वर्षीया अमृतादेवी दाससँग बहुविवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा असोज २३ गते उजुरी दिएकी छन् । पीडितका अनुसार आरोपितले असोज ११ गते अमृतासँग बहुविवाह गरी घरमा ल्याई आफूलाई कुटपिट गरेकोले कारबाहीका लागि उजुरी हालेको बताइन्…

२०७४ आश्विन २४, मंगलवार २०:४१ गते  
लोकतान्त्रिक फोरम र काङ्ग्रेस कार्यकर्ताबिच झडप, सात बालबालिकासहित २४ घाइते

नेपाल लोकतान्त्रिक फोरम र नेपाली काङ्ग्रेसका कार्यकर्ताबिच ईशानाथ नपा-७ जोकाहा टोलमा असोज २२ गते राति झडप हुँदा सात जना बालबालिकासहित २४ जना घाइते भएका छन् । ईशानाथ नगरपालिकामा नगर कार्यसमितिको निर्वाचनपछि नेपाल लोकतान्त्रिक फोरमले विजय जुलुश निकालेको अवस्थामा राति करिब ७ बजेको समयमा जोकाहा गाउँमा आइपुगेपछि जुलुशमाथि नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले…

२०७४ आश्विन २३, सोमबार २०:४० गते  
बहुविवाह घटनाका आरोपितविरूद्ध उजुरी

भगवानपुर गाउँपालिका-१ की ३२ वर्षीया दुलारीदेवी मण्डलले ३५ वर्षीय पति धनिकलाल मण्डलले २२ वर्षीया शिलादेवी मण्डलसँग बहुविवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा असोज २२ गते उजुरी दिएकी छन् । पीडित महिलाका अनुसार आरोपितले आफूसँग १० वर्षअघि विवाह गरेको र एक छोरा भए पनि असार ५ गते शिलासँग विवाह गरेको…

२०७४ आश्विन २२, आईतवार २१:४५ गते  
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा सखुवा नन्कारकट्टी गाउँपालिका १ का १८ वर्षीय दिपे यादव र २२ वर्षीय जिवेन्द्र यादवविरूद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा असोज १७ गते उजुरी दिएको छ । पीडित पक्षका अनुसार पीडित बालिकालाई आरोपितद्वयले असोज १४ गते राति सामूहिक बलात्कार गरेकाले कारबाहीका लागि उजुरी…

२०७४ आश्विन १७, मंगलवार २१:३७ गते  
काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप हुँदा एक बालिकाको मृत्यु

नेपाली काङ्ग्रेस  र नेकपा एमालेका कार्यकर्ताबिच असोज १४ गते राति बृन्दावन नगरपालिका-५ मा झडप हुँदा तीन वर्षीया अञ्जलीकुमारी यादवको मृत्यु भएको जनाइएको छ । बृन्दावन नगरपालिका-५ का नेपाली काङ्ग्रेस का कार्यकर्ता हुलास राययादव र एमालेका कार्यकर्ता कृष्ण चौधरीबिच खानेपानीको विषयमा विवाद भई झगडा हुँदा हुलास राययादवकी छोरी अञ्जलीकुमारीको मृत्यु भएको…

२०७४ आश्विन १६, सोमबार १८:४४ गते  
अज्ञात समूहद्वारा टाउकोमा भाला रोपी व्यवसायीको हत्या

चन्द्रपुर नपा-१० बडहरवा टोलका ४२ वर्षीय वीरेन्द्र साहलाई असोज १२ गते राति अज्ञात समूहले टाउकोमा भाला रोपेर हत्या गरेका छन् । मौलापुर नगरपालिका-५ मा चिरान मिल सञ्चालन गर्दै आएका साहलाई मिल छेउमै खुल्ला आकाशमुनी झुल लगाएर सुतेको स्थानमा अज्ञात समूहले टाउकोमा भाला रोपेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको…

२०७४ आश्विन १३, शुक्रबार १५:१७ गते  
मुस्लिम यूवकसँग प्रेम गरेको भन्दै 'जातीय' बहिष्कार

मुस्लिम युवकसँग प्रेम गरेको भन्दै धनगढीमाई नपा-२ की १८ वर्षीया रमिता सदायलाई स्थानीय सदायहरूले एक हप्तादेखि सामाजिक बहिष्कार गरेका छन् । दलित समुदाय भित्रकै करिव ४० घर परिवार रहेको सदाय समुदायले पीडितलाई उनकै घरमा नाकाबन्दी गरेर राखेका छन् भने गाउँमा पानी खानसमेत दिइएको छैन । आफ्नै घर छेउमै रहेको सार्वजनिक…

२०७४ आश्विन ११, बुधबार २१:१२ गते  
कुटपिट गरी भाउजूको हत्या, आरोपित फरार

विदेह नगरपालिका-५ मुरिबाकी ३५ वर्षीया मोहिनी मण्डललाई ३० वर्षीय देवर रामबहादुर मण्डलले कुटपिट गरी हत्या गरेको पीडित पक्षको आरोप छ । मोहिनीलाई आरोपितले असोज १० गते साँझ ७ बजेको समयमा कुटपिट गरेपछि घटनास्थलमै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रविन धितालले बताए । पारिवारिक विवादका कारण हत्या भएको…

२०७४ आश्विन ११, बुधबार २१:०९ गते  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

सुस्त मनिस्थिति भएकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुखिपुर नपा-१ का ४५ वर्षीय मोहिनारायण चौधरीविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा असोज १० गते उजुरी दिएको छ । पीडित पक्षका अनुसार पीडित बालिकालाई आरोपितले असोज ९ गते बलात्कार गरेकोले कारबाहीको माग गर्दै उजुरी दिइएको हो । पीडित बालिकाको स्वास्थ्य…

२०७४ आश्विन ११, बुधबार २१:०८ गते