बालिका बलात्कार कसूरमा जन्मकैद सजाय

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा डाक्नेश्वरी नगरपालिका–३ हटेलका १९ वर्षीय चन्दनकुमार साहलाई फागुन ३० गते जन्मकैद सजायको फैसला भएको छ । जिल्ला न्यायधीश हर्कबहादुर क्षेत्रीको इजलासले साहलाई बलात्कार गरेको कसूर ठहर गर्दै जन्मकैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताउनु भयो । बलिकाका बुबाआमा ज्याला मजदुरीका लागि…

March 14, 2023  
बलात्कार कसूरमा सात वर्ष कैद

२५ वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा डाक्नेश्वरी नगरपालिका–८ का ३० वर्षीय सुन्दर मुखियालाई फागुन ३० गते ७ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको इजलाशले आरोपितलाई ७ वर्ष कैदका साथै पीडितका लागि ५० हजार रुपियाँ क्षतिपूर्ति दिनुपर्ने फैसला भएको अदालतले जनाएको छ । यसैगरी फौजदारी कसूर राहत…

March 14, 2023  
दलित समुदायद्वारा शतचण्डी महायज्ञमा सहभागिताको माग गर्दै प्रर्दशन

वीरगंज महानगरपालिका–१७ अलौंमा ०७९ चैत ८ गतेदेखि हुन गइरहेको शतचण्डी महायज्ञ पूजामा दलित समुदायले आफूहरूलाई पनि सहभागी गराउनको लागि फागुन २९ गते प्रदर्शन गरेका छन् । अलौँमा २० वर्षपछि हुन लागेको शतचण्डी महायज्ञमा आफ्नो समुदायको पनि सहभागिता हुनुपर्ने मागसहित दलित समुदायका अगुवाहरू प्रर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई ज्ञापन…

March 14, 2023  
प्रहरी हिरासतबाट फरार भएका थुनुवा गिरफ्तार

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतको पर्खाल फुटएर ०७९ माघ १६ गते फरार भएका हातहतियार तथा खरखजाना मुद्दाका आरोपित ३६ वर्षीय शंकर सिंह महतोलाई फागुन २९ गते गिरफ्तार गरेको छ । थुनुवा कक्षबाट फरार भएका ६ जना मध्ये हालसम्म पाँच जनालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी वेदप्रसाद गौतमले जानकारी…

March 14, 2023  
मधेस प्रदेशमा प्रदेश स्तरीय बाल अधिकार समूह र मानव अधिकार समूह गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयद्वारा धनुषा र सप्तरी जिल्लाको पालिकाहरूमा सञ्चालित मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मधेस प्रदेशको प्रदेश स्तरीय बाल अधिकार समूह र मानव अधिकार समूह फागुन २९ गते जनकपुरधाममा आयोजित एक कार्यक्रमबीच गठन गरिएको छ । इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानको विशेष उपस्थितिमा गठन…

March 14, 2023  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पर्सा गाउँपालिका–३ नारायणपुरका ३२ वर्षीय रामपुकार यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा फागुन २८ गते पीडित बालिकाका बुबाले उजुरी दिएका छन् । पीडित बालिकालाई आरोपितले फागुन २१ गते बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी दिएको पीडितका बुबाले बताए । घटनापछि आरोपित यादव भारततर्फ…

March 14, 2023  
घरेलु हिंसा गरेको आरोपमा पति गिरफ्तार

राजविराज नगरपालिका–३ की २५ वर्षीया आरती दासमाथि घरेलु हिंसा गरेको आरोपमा उहाँका पति २८ वर्षीय नविनकुमार दासलाई प्रहरीले फागुन २९ गते गिरफ्तार गरेको छ । पीडितलाई ०७९ माघ २३ गते उनका पतिसहित ससुरा ६२ वर्षीय घन्सी भनिने घनश्याम दास, निजकी पत्नी ५८ वर्षीया राजकुमारी देवी दास, निजका छोरीहरू ३८ वर्षीया…

March 13, 2023  
वन अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा वडा अध्यक्ष गिरफ्तार

वन डिभिजन कार्यालय बाराका वन अधिकृत ४९ वर्षीय विनोदकुमार सिंहलाई कोल्हवी नागरपालिका–५ का वडा अध्यक्ष ४५ वर्षीय नन्दकिशोर चौधरीले फागुन २७ गते अनुगमन स्थलमा दुर्व्यवहार गरेको आरोपमा वन कार्यालयको अनुगमन टोलीले कोल्हवी नगरपालिका–५ ककडी टोलबाट फागुन २७ गते गिरफ्तार गरेको छ । आरोपितले दुर्व्यवहार तथा गालीगलौज गरेको र डिभिजन वन…

March 12, 2023  
बालविवाह रोकियो

राजविराज नगरपालिका–१ पडरियामा १९ वर्षीया बालिकाको २०७९ फागुन २५ गते राति हुन लागेको बालविवाह सप्तरी प्रहरीले रोकेको छ । स्थानीयवासीको सूचनाका आधारमा विवाहस्थल पुगेको प्रहरीले फागुन २५ गते राति विवाहस्थलबाटै बालिकाका बुबा उमेशप्रसाद साहलाई नियन्त्रणमा लिएपछि विवाह रोकिएको हो । बलिकाको विवाह सुनसरीको हरीनगर गाउँपालिका–३ का रामेश्वर साहका छोरा मोहनकुमार…

March 12, 2023  
पत्रकार चौधरी माथि बोतल प्रहार तथा कुटपिट

एपिवान टेलिभिजनका महोत्तरी संवाददाता जलेश्वरका ३१ वर्षीय नविन चौधरीलाई फागुन २४ गते साँझ समाचार सङ्कलन गरी घर फर्किने क्रममा अपरिचित समूहले बियरको बोतल प्रहार गरी घाइते बनाएको पीडित पक्षको आरोप छ । होली पर्वको समाचार सङ्कलनका लागि जलेश्वर नगरपालिका–५ चौरीया पुगेका पत्रकार चौधरीलाई घर फर्किने क्रममा अपरिचित समूहले आक्रमण गरेको…

March 10, 2023