२ सय ३२ मतदान केन्द्र अति सम्वेदनशील

अगामी मङ्सिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि तोकिएका ४ सय ३६ मतदान केन्द्र मध्ये २ सय ३२ मतदान केन्द्र अति सम्वेदनशील रहेका छन् । सिरहा जिल्लामा रहेका २ सय २१ मतदान स्थलमध्ये १ सय ९ ओटा अति सम्वेदनशील र ८४ ओटा सम्वेदनशील रहेको जिल्ला प्रहरी…

२०७४ कार्तिक १९, आईतवार २०:५९ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

४० वर्षीया एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले भारत घर भई हनुमाननगर कङ्कालिनी नपा-३ पोर्ताहा बस्ने २८ वर्षीय सुरज साहलाई कात्तिक १७ गते गिरफ्तार गरेको छ । गत जेठ ५ गते बिहान साहसहित हनुमाननगर कङ्कालिनी नपा-१ भारदहका ३५ वर्षीय बमबम मुखिया, तिरहुत गापा-३ गोइठीका महेन्द्र महात्मान यादव र ३०…

२०७४ कार्तिक १८, शनिबार २०:४५ गते  
बहुविवाह मुद्दा दर्तासँगै आरोपित गिरफ्तार

बोदे बर्साइन नपा-२ की ३७ वर्षीया सुनिताकुमारी यादवका पति ४२ वर्षीय मनोजकुमार यादवलाई बहुविवाह गरेको आरोपमा प्रहरीले कात्तिक १७ गते गिरफ्तार गरेको छ । सङ्खुवासभाकी ३२ वर्षीया तारा श्रेष्ठसँग आरोपितले दोस्रो विवाह गरेको भन्दै पीडितबाट दिइएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले कात्तिक १५ गते बहुविवाह मुद्दा दर्ता गरेको छ ।…

२०७४ कार्तिक १८, शनिबार २०:४१ गते  
जिम्मेवार निकायलाई जबाफदेही बनाउन नागरिक खबरदारीमा सरोकारवालाको जोड

विकास, सुशासन र समृद्धिका लागि जिम्मेवार निकायलाई जबाफदेही बनाउन नागरिक खबरदारी रहेकोमा सरोकारवालाले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बीरगञ्जमा कात्तिक १५ गते आयोजना गरेको मिडिया साझेदारी बैठकमा सरोकारवालाले यस्तो कुरा बताएका हुन् । मानव अधिकारका विभिन्न पक्षहरू हिजोका दिनमा जति केन्द्रीत भएका थिए आज त्यसका…

२०७४ कार्तिक १६, बिहीबार २१:२७ गते  
इलाका प्रहरी कार्यालयको हिरासतमा यातना दिएको भन्दै आयोगमा उजुरी

इलाका प्रहरी कार्यालय औरहीमा प्रहरी हिरासतमा रहेका औरही गाउँपालिका-४ बस्ने २१ वर्षीय जयकिशोर यादवलाई प्रहरीले यातना दिएको भन्दै कात्तिक १६ गते राष्ट्रिय मानव अधिकार आयोग जनकपुरमा उजुरी दिइएको छ । प्रहरीले हिरासतमा कुटपिट गरी यातना दिएको पीडित पक्षको आरोप छ । पीडित यादवको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ ।…

२०७४ कार्तिक १६, बिहीबार २०:३५ गते  
पत्नी हत्याका आरोपमा सर्वस्वसहित जन्मकैदको फैसला

पत्नी हत्याको आरोपमा लहान नपा-१५ का ६० वर्षीय काले तामाङलाई जिल्ला अदालतले कात्तिक १४ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश हर्रि्रसाद शर्मा उपाध्याय पङ्गेनीको एकल इजलासले सो फैसला गरेको सरकारी वकिल जुद्धबहादुर आलेले बताए । आरोपितले ०७३ चैत ३ गते राति ५३ वर्षीया पत्नी दुखनी तामाङको…

२०७४ कार्तिक १५, बुधबार १९:३२ गते  
बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध उजुरी

१८ र १९ वर्षीया दुई जना युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा लहान नपा-११ का २८ वर्षीय देव पुर्वे र २५ वर्षीय सन्तोष भण्डारी मालीविरूद्ध इलाका प्रहरी कार्यालय लहानमा पीडित पक्षले कात्तिक ११ गते उजुरी दिएको छ । पीडित पक्षका अनुसार पीडितद्वयलाई आरोपितद्वयले कात्तिक ९ गते बलात्कार प्रयास गरेका थिए ।…

२०७४ कार्तिक ११, शनिबार १९:५४ गते  
यौन दुर्व्यवहार घटनाको आरोपित गिरफ्तार

बोल्न नसक्ने अपाङ्गता भएकी १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुरुङ्गा नपा-३ का २३ वर्षीय मिथुन सदालाई कात्तिक ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा आरोपितलाई गिरफ्तार गरिएको सप्तरी प्रहरीले जनाएको छ । पीडितकी आमाले यौन दुर्व्यवहार गरिरहेको देखेपछि…

२०७४ कार्तिक ८, बुधबार २१:११ गते  
लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जालको अध्यक्षमा इन्सेक प्रतिनिधि

लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल कार्यकारिणी समितिको अध्यक्षमा इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेल सर्वसम्मतिले पुनः निर्वाचित भएका छन् । लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल समन्वय समितिको कात्तिक ८ गते सम्पन्न बैठकले उनलाई अध्यक्षमा थप दुई वर्षका लागि निरन्तरता दिने निर्णय गरेको हो । समितिको उपाध्यक्षमा महिला सुरक्षा दबाव समूहकी सचिव ललिता…

२०७४ कार्तिक ८, बुधबार २०:५७ गते  
यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले धनगढीमाई नपा-३ का २३ वर्षीय किसोरी कामैतविरूद्ध इलाका प्रहरी कार्यालय लहानमा कात्तिक ७ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले कात्तिक ३ गते यौन दुर्व्यवहार गरेको आरोपमा उजुरी गरिएको पीडित पक्षले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार…

२०७४ कार्तिक ८, बुधबार ०७:११ गते