सबै मतदान केन्द्र अति सम्वेदनशील र सम्वेदनशील
सप्तरी जिल्लामा रहेका २ सय ९५ मतदानस्थलका सबै ४ सय ७८ मतदान केन्द्र नै सम्वेदनशील रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । २ सय ७ मतदानस्थलको तीन सय ३१ मतदान केन्द्र अति सम्वेदनशील र ८८ मतदानस्थलको १ सय ४७ मतदान केन्द्र सम्वेदनशील रहेको सप्तरी जिल्लामा कुनै पनि मतदान केन्द्र सामान्य…
आचारसंहिता विपरीत विद्यालयमा चुनावी कार्यक्रम
आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि सप्तरीका राजनीतिक दलहरूले आचारसंहिता उल्लङ्घन गरी प्रचारप्रसार सुरू गरेका छन् । राजनीतिक दलहरूले ठूला आकारका झण्डा, व्यानर सवारी साधनमा राखेर गुडाउनुका साथै सार्वजनिक स्थलहरूमा झुण्ड्याएका छन् । बाम गठबन्धनका उम्मेदवारहरूले राजविराज नपा-१६ पर्सा स्थित राधादेवी कैलुसिंह निमाविमा कात्तिक २० गते अगुवा कार्यकर्ता…
प्रमुख नेताहरूबाटै आचारसंहिता उल्लङ्घन सुरू
आगामी मङ्सिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि मनोनयन दर्तासँगै सप्तरीका राजनीतिक दलहरूले आचारसंहिता उल्लङ्घन गरी प्रचारप्रसार गर्न थालेका छन् । सप्तरीको क्षेत्र नम्बर २ का लागि प्रतिनिधि सभा सदस्य उम्मेदवार सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र सोही क्षेत्रको प्रदेश सभा २ का उम्मेदवार…
२ सय ३२ मतदान केन्द्र अति सम्वेदनशील
अगामी मङ्सिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि तोकिएका ४ सय ३६ मतदान केन्द्र मध्ये २ सय ३२ मतदान केन्द्र अति सम्वेदनशील रहेका छन् । सिरहा जिल्लामा रहेका २ सय २१ मतदान स्थलमध्ये १ सय ९ ओटा अति सम्वेदनशील र ८४ ओटा सम्वेदनशील रहेको जिल्ला प्रहरी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
४० वर्षीया एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले भारत घर भई हनुमाननगर कङ्कालिनी नपा-३ पोर्ताहा बस्ने २८ वर्षीय सुरज साहलाई कात्तिक १७ गते गिरफ्तार गरेको छ । गत जेठ ५ गते बिहान साहसहित हनुमाननगर कङ्कालिनी नपा-१ भारदहका ३५ वर्षीय बमबम मुखिया, तिरहुत गापा-३ गोइठीका महेन्द्र महात्मान यादव र ३०…
बहुविवाह मुद्दा दर्तासँगै आरोपित गिरफ्तार
बोदे बर्साइन नपा-२ की ३७ वर्षीया सुनिताकुमारी यादवका पति ४२ वर्षीय मनोजकुमार यादवलाई बहुविवाह गरेको आरोपमा प्रहरीले कात्तिक १७ गते गिरफ्तार गरेको छ । सङ्खुवासभाकी ३२ वर्षीया तारा श्रेष्ठसँग आरोपितले दोस्रो विवाह गरेको भन्दै पीडितबाट दिइएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले कात्तिक १५ गते बहुविवाह मुद्दा दर्ता गरेको छ ।…
जिम्मेवार निकायलाई जबाफदेही बनाउन नागरिक खबरदारीमा सरोकारवालाको जोड
विकास, सुशासन र समृद्धिका लागि जिम्मेवार निकायलाई जबाफदेही बनाउन नागरिक खबरदारी रहेकोमा सरोकारवालाले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बीरगञ्जमा कात्तिक १५ गते आयोजना गरेको मिडिया साझेदारी बैठकमा सरोकारवालाले यस्तो कुरा बताएका हुन् । मानव अधिकारका विभिन्न पक्षहरू हिजोका दिनमा जति केन्द्रीत भएका थिए आज त्यसका…
इलाका प्रहरी कार्यालयको हिरासतमा यातना दिएको भन्दै आयोगमा उजुरी
इलाका प्रहरी कार्यालय औरहीमा प्रहरी हिरासतमा रहेका औरही गाउँपालिका-४ बस्ने २१ वर्षीय जयकिशोर यादवलाई प्रहरीले यातना दिएको भन्दै कात्तिक १६ गते राष्ट्रिय मानव अधिकार आयोग जनकपुरमा उजुरी दिइएको छ । प्रहरीले हिरासतमा कुटपिट गरी यातना दिएको पीडित पक्षको आरोप छ । पीडित यादवको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ ।…
पत्नी हत्याका आरोपमा सर्वस्वसहित जन्मकैदको फैसला
पत्नी हत्याको आरोपमा लहान नपा-१५ का ६० वर्षीय काले तामाङलाई जिल्ला अदालतले कात्तिक १४ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश हर्रि्रसाद शर्मा उपाध्याय पङ्गेनीको एकल इजलासले सो फैसला गरेको सरकारी वकिल जुद्धबहादुर आलेले बताए । आरोपितले ०७३ चैत ३ गते राति ५३ वर्षीया पत्नी दुखनी तामाङको…
बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध उजुरी
१८ र १९ वर्षीया दुई जना युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा लहान नपा-११ का २८ वर्षीय देव पुर्वे र २५ वर्षीय सन्तोष भण्डारी मालीविरूद्ध इलाका प्रहरी कार्यालय लहानमा पीडित पक्षले कात्तिक ११ गते उजुरी दिएको छ । पीडित पक्षका अनुसार पीडितद्वयलाई आरोपितद्वयले कात्तिक ९ गते बलात्कार प्रयास गरेका थिए ।…