जबसम्म नागरिकले अनुभुति गर्दैनन् तबसम्म आरक्षण चाहिन्छः अध्यक्ष प्याकुरेल
जब सम्म जनताले समाजमा समानताको अनुभति गर्दैनन् तबसम्म आरक्षण चाहिने इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले बताएका छन् । सिरहामा मङ्सिर १४ गते आयोजित स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले गरेको कार्यक्रममा इन्सेकका अध्यक्ष प्याकुरेलले सो कुरा बताएका हुन् । 'जबसम्म महिला, दलित, मधेसी, मुस्लिमलाई हेप्ने चलन छ, यो चलन हामिलाई अनुभूत हुनेगरी…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
शम्भुनाथ नपा-३ की ४० वर्षीया कुसुमदेवी पाण्डेको हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति महेश पाण्डेलाई मङ्सिर १३ गते गिरफ्तार गरेको छ । घरायसी विषयमा वादविवाद हुँदा आरोपितले मङ्सिर १ गते ओखलको फलामे मुस्लोले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी कुसुमदेवीको उपचारको क्रममा मङ्सिर १० गते मृत्यु भएको थियो ।…
निर्वाचन आचारसंहिता निर्माणमा आयोग फराकिलो हुनुपर्छः अध्यक्ष प्याकुरेल
निर्वाचान आचारसहिंता धेरै नै उल्लङ्घन हुने गरेकाले निर्वाचन आयोग फराकिलो हुनु पर्ने इन्सेकका अध्यक्षसमेत रहेका स्वच्छ निर्वाचनका लागि नागरिक अभियानका सह-संयोजक सुबोधराज प्याकुरेलले बताए । जताततै निर्वाचन आचारसंहिता उल्लङ्घन भएको र निर्वाचन आयोग निरिह भई कसैलाई कुनै कारबाही गर्न नसकेकोले गुनासोहरू विभिन्न मिडिया र नागरिक समाजबाट आउने गरेकोले अध्यक्ष प्याकुरेलले…
मन्दिर, विद्यालयहरूमा पोस्टर टाँसिने क्रम बढ्यो
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिसँगै सप्तरीका राजनीतिक दलहरूले आचारसंहिता उल्लङ्घन गरी प्रचार प्रसारलाई तीव्र बनाएका छन् । राजनीतिक दलहरूले साँझ सात बजेपछि पनि बैठक, भेला गरी प्रचार प्रसार गरिरहेका छन् । उम्मेदवारहरू र राजनीतिक दलहरूले अनुमति नलिई नियम भन्दा बढी चारपाङ्ग्रे सवारी साधन र मोटरसाइकलहरूको प्रयोग गरिरहेको…
बहुविवाह घटनाका आरोपितहरू गिरफ्तार
डाक्नेश्वरी नपा-७ राम टोलका ४३ वर्षीय बिन्देश्वरीकुमार राम र सोही ठाउँकी १९ वर्षीया सङ्गीताकुमारी रामलाई बहुविवाह गरेको आरोपमा प्रहरीले मङ्सिर १३ गते गिरफ्तार गरेको छ । जेठी पत्नी ३५ वर्षीया श्यामसतीदेवी रामले उनका पति बिन्देश्वरीले सङ्गीतासँग ०७४ कात्तिक १ गते बहुविवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा कात्तिक ११ गते उजुरी…
आरडिएक्ससहितको बम राखेको आरोपमा दुई जना गिरफ्तार
राजविराज-कुनौली सडकखण्ड स्थित बिष्णुपुर गापा-१ मा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यालय नजिक आरडिएक्ससहितको कुकर बम राखेको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई मङ्सिर १२ गते गिरफ्तार गरेको छ । गिरफ्तार दुई जना सप्तरीको विष्णुपुर गापा र छिन्नमस्ता गापाको भएपनि उनीहरूको नाम प्रहरीले खुलाएको छैन । उनीहरूलाई जिल्ला…
महोत्तरीका सबै मतदान केन्द्र अति सम्वेदशील
जिल्ला सुरक्षा समितिको मङ्सिर ११ गते बसेको बैठकले जिल्लाका चार ओटै निर्वाचन क्षेत्रका २ सय ५८ मतदान स्थलका ४ सय २६ ओटै मतदान केन्द्र अति सम्वेदनशील रहेको निर्णय गरेको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले महोत्तरीका सबै मतदानस्थल सम्वेदनशील रहेको र सबै मतदाता तथा उम्मेदवारको सुरक्षा पहिलो प्राथमिकता…
अज्ञात समूहद्वारा प्रहरीमाथि गोली प्रहार
कल्यणपुर नपा-५ निर्दनाघाटमा ड्युटीमा रहेका दुई प्रहरीमाथि अज्ञात समूहले मङ्सिर १० गते गोली प्रहार गरेको छ । स्थानीय प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मायाराम यादव र म्यादी प्रहरी आदर्श कुँवरलाई दिउँसो २ बजेतिर गोली लागेको हो । प्रहरी जवान यादवको पेटमा र म्यादी प्रहरी कुँवरको कुममा गोली लागेको इलाका प्रहरी…
बुहारीको हत्या गरेको आरोपमा ससुराविरूद्ध उजुरी
जनकपुर उमनपा-२ किशोरीनगरकी २२ वर्षीया रञ्जना शर्माको हत्या गरेको आरोपमा ५६ वर्षीय ससुरा देवनारायण ठाकुर विरूद्ध पीडित पक्षले मङ्सिर १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । मङ्सिर ९ गते बिहान घरमा रञ्जना मृत अवस्थामा फेला परेपछि प्रहरीले मृतकका ससुरा ठाकुरलाई अनुसन्धानको लागि सोही दिन गिरफ्तार गरिसकेको जिल्ला प्रहरी…
चुनाव प्रचारप्रसारको गाडीमा रहेको कुकर बम सेनाद्वारा निष्कृय
धनगढीमाई नपा-७ स्थित फुलकहामा फोरमको प्रचार गाडीमा मङ्सिर ८ गते कुकर बम राखिएको भेटिएको छ । उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपालको तर्फबाट सिरहा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका पूर्वमन्त्री शत्रुधन सिंहको प्रचार गाडीमा कुकर बम फेला परेको हो । उम्मेदवार सिंहको प्रचार गाडी बा…