बलात्कार प्रयास गरेको ठहरमा दुई वर्ष ६ महिना कैदको फैसला

४९ वर्षीया एकल महिलालाई बलात्कार प्रयास गरेको आरोपमा थुनामा रहेका मौवाहा गाविस-९ का १८ वर्षीय विनोदकुमार चौधरीलाई जिल्ला अदालतले असोज ६ गते दुई वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश शङ्करबहादुर राईको इजलासले पूपर्क्षका लागि ०७३ वैशाख २१ गतेदेखि राजविराज कारागारमा थुनामा रहेका आरोपितलाई कैद सजायको फैसला…

September 23, 2016  
मानव अधिकार आयोगको टोली प्रभावित गाउँमा

सिङ्गो गाउँ झाडापखालाबाट प्रभावित भएपछि राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकको टोलीले कोइलाडी गाविसको निरीक्षण गरेको छ । आयोगका मानव अधिकार अधिकृत रेवा रेग्मी, मानव अधिकार सहायक विभा ढुङ्गाना, नवल सिंह, इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलसहितको टोलीले प्रभावित गाउँमा पुगी झाडापखालाको अवस्थाबारे जानकारी लिएको हो । टोलीले कोइलाडी गाविस-१…

September 22, 2016  
कथित बोक्सीको आरोपमा कुटपिट गरी अभक्ष खुवाएको घटनाका आरोपित गिरफ्तार

मधुवनी-९ की ५५ वर्षीया सयरा खातुनलाई असोज ५ गते कथित बोक्सीको आरोपमा कुटपिट गरी अभक्ष खुवाएको आरोपमा प्रहरीले सोही दिन स्थानीय सुलमान अन्सारी, आलम अन्सारी, मजिद अन्सारीलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । इलका प्रहरी कार्यालय गडहियाको टोलीले खातुनलाई अमानवीय व्यवहार गरेको आरोपमा पीडित पक्षले दिएको मौखिक उजुरीका आधारमा उनीहरूलाई…

September 22, 2016  
सरकारले माग सम्बोधन गर्ने जनाएपछि आमरण अनसन फिर्ता

सरकारले माग सम्बोधन गर्ने जनाएपछि जनकपुर-भिठ्ठामोड सडक संयुक्त सङ्घर्ष समितिले भदौ २८ गतेदेखि महोत्तरीको पिपरा बजारमा जारी राखेको आमरण अनसन असोज ५ गतेबाट फिर्ता लिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जारी गरेको विज्ञप्ति महोत्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले वाचन गरेपछि पिपरा निवासी ९१ वर्षीय अनुरूद्र मिश्रले अनसनकारीहरूलाई…

September 21, 2016  
कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार

हनुमाननगर योगिनियामाई नपा-९ इनर्वाकी ५० वर्षीया मन्जुदेवी देवलाई कथित बोक्सीको आरोपमा अमानवीयय व्यवहार गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४३ वर्षीय परमानन्द मण्डल र उनका भाइ ३५ वर्षीय प्रमोद मण्डललाई असोज ४ गते गिरफ्तार गरेको छ । सप्तरी जिल्ला अदालतबाट खटिएको विशेष अभियान टोलीले कैद सजाय पाई फरार रहेका आरोपितहरूलाई गिरफ्तार…

September 20, 2016  
मोर्चाका कार्यकर्ताद्वारा अस्पताल, यात्रुबाहक बस र होटलमा तोडफोड

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले असोज ३ गते साँझ ब्ल्याक आउटको समयमा बत्ति बालेको आरोपमा एउटा अस्पताल, पाँच ओटा रात्री बस र एउटा होटलमा ढुङ्गा प्रहार गरी तोडफोड गरेका छन् । मोर्चाका कार्यकर्ताहरूले लहान नपा-१ स्थित सहिद चोकमा रोकिराखेको ना. ५ ख ४९४९ नम्बरको विराटनगरबाट काठमाडौँ हिँडेको रात्री बसमा ढुङ्गा…

September 20, 2016  
मानव अधिकार रक्षक सञ्जालको आग्रहमा अनसनकारीलाई सलाइन 

जनकपुर-भिठ्ठामोड सडक निर्माणको माग गर्दै अनसनमा बसेका चार जनाको स्वास्थ्य अवस्था बिग्रँदै आएपछि मानव अधिकार रक्षक सञ्जालको आग्रहमा उनीहरूले सलाइनपानी लिएका छन् । तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत भदौ २८ गतेदेखि जनकपुर-भिठ्ठामोड राजमार्गको पिपरा गाविसको सडक खण्डमा आमरण अनसन बसेका उनीहरूलाई सञ्जालले असोज ३ गते लिखित तथा मौखिक आग्रह गरेपछि…

September 20, 2016  
महोत्तरी जिल्ला अस्पतालमा औषधि अभाव

महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा अत्यावश्यक औषधिको अभाव भएको छ ।  सिटामोल, मेट्रोन, एमोक्सिसिलिन, सिप्रोफलोक्सासिनलगायतका ज्वरो तथा झाडापखाला नियन्त्रणका लागि अति आवश्यक पर्ने औषधि तथा एन्टीबायोटिकजस्ता औषधिको अभाव भएको अस्पतालका प्रमुख डा. राजिव झाले बताए । अस्पतालको तथ्याङ्क अनुसार दैनिक १ सय ५० देखि १ सय ७० जना बिरामी सेवा लिन…

September 16, 2016  
छोरीको हत्या गरेको आरोपमा अस्पतालमा आमामाथि निगरानी

धनगढीमाइ नपा–१२ विष्णुपुरकट्टीकी एक वर्षीया छोरीलाई ३० वर्षीया आमा हिरा खडकाले भदौ ३० गते घर नजिकैको इनारमा फालेर हत्या गरेको इलाका प्रहरी कार्यालय लहानले आरोप लगाएको छ । प्रहरीका अनुसार हिराले आफ्नो घर छेउकै सार्वजनिक इनारमा छोरीलाई फाली आफूपनि त्यही इनारमा हाम फाल्दा छोरीको ज्यान गएको र आमा भने बाँचेकी…

September 15, 2016  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा कञ्चनरुप नपा–७ रुपनगरका २४ वर्षीय हेमराज यादवलाई प्रहरीले भदौ २९ गते गिरफ्तार गरेको छ । पीडित महिलाका बुवाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा आरोपितविरुद्ध भदौ २९ गते उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गौरव महतले जानकारी दिए । पीडित महिलालाई…

September 15, 2016