नबालक छोराको हत्यापछि आमाद्वारा आत्महत्या

बरहथवा-११ हिरापुर की २२ वर्षीया सविता पालले पुस २१ गते पाँच वर्षीय छोरा अमन पाललाई विष खुवाएर हत्या गरी आफूले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । विष सेवन गराइएका तीन वर्षीय छोरा प्रिन्स पालको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सिताराम रिजालले बताए । प्रिन्सलाई…

January 5, 2017  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले लहान नपा-१५ का २४ वर्षीय शङ्कर ढुङ्गाना र ओखलढुङ्गा जिल्ला चस्मेटार-२ की २० वर्षीया स्मिता कार्कीलाई पुस १९ गते गिरफ्तार गरेको छ । लहान नपा-१५ की २० वर्षीया पुनम ढुङ्गानाले आरोपितद्वयले मङ्सिर १५ गते विवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा पुस १९…

January 4, 2017  
नाबालिका छोरीको हत्या गरी आमाद्वारा आत्महत्या

पिपरिया–३ की ३० वर्षीया गुन्द्रदेवी पण्डितले गरिबीका कारण १० वर्षीया छोरी चन्दाकुमारी पण्डितको हत्या गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । पुस १८ गते घरको ढोका बन्द गरी गुन्द्रदेवीले १३ वर्षीया छोरी पुजाकुमारी, चन्दा कुमारी, तीन वर्षीया राधा कुमारीलाई विष खुवाएर आफू पनि विष सेवन गरी आत्म…

January 4, 2017  
बहुविवाह गरेको कसुरमा जनही एक वर्ष कैदको फैसला

बहुविवाह गरेको कसुरमा विष्णुपुरकट्टी गाविस–१ का २१ वर्षीय कमल तामाङ र १७ वर्षीया बालिकालाई जिल्ला अदालतले जनही एक/एक वर्ष कैद तथा १५ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश अमृतबहादुर बस्नेतको इजलासले पुस १९ गते सो फैसला गरेको सरकारी वकिल मनोज आर्चायले बताए । विष्णुपुरकट्टी गाविस–१ की १९ वर्षीया…

January 4, 2017  
यौन दुर्व्यवहार गरेको कसुरमा तीन वर्षकैदको फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा कटैया गाविस-८ का २० वर्षीय दिपेन भनिने पुलकित इशरलाई जिल्ला अदालतले पुस १९ गते तीन वर्षकैद सजायको फैसला सुनाएको छ । न्यायाधीश शङ्करबहादुर राईको इजलासले आरोपितलाई तीन वर्षकैद सजायको फैसला सुनाएको अदालतका स्रेस्तेदार नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । पीडित बालिकालाई आरोपितले ०७२ फागुन…

January 3, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वीरगञ्ज उमनपा-१९ इनर्वाका ५७ वर्षीय अब्दुल रहिम मियाँलाई प्रहरीले पुस १८ गते गिरफतार गरेको छ । पीडित बालिकालाई पुस १५ गते आरोपितले बलात्कार गरेको आरोपमा पीडित पक्षले पुस १८ गते  प्रहरीमा उजुरी दिएपछि आरोपित मियाँलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी गोविन्दकुमार साहले जानकारी…

January 3, 2017  
धनुषामा मानव अधिकार निगरानी समूह गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल गर्ने परियोजना अन्तर्गत धनुषामा जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन गरिएको छ । पुस १५ गते आयोजित एक कार्यक्रमबाट पत्रकार सुरेश यादवको संयोजकत्वमा ११ सदस्यीय मानव अधिकार निगरानी समूहको गठन गरिएको हो । समूहको…

December 30, 2016  
बहुविवाह घटनाका आरोपितहरू गिरफ्तार

प्रसवनी गाविस-२ की २७ वर्षीया कविता साहका पति ३४ वर्षीय परशुराम साह तेली र उनकी कान्छी पत्नी १९ वर्षीया आशाकुमारी साहलाई प्रहरीले बहुविवाहको आरोपमा पुस १४ गते गिरफ्तार गरेको छ । पीडितले आरोपितहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी पुस १३ गते दर्ता गरी आरोपितहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर…

December 29, 2016  
बलात्कार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

५५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा सिरहा नपा-१७ का ४२ वर्षीय हकरु पासवानलाई जिल्ला अदालतले पाँच वर्षकैद तथा २५ हजार रुपियाँ क्षतिपूर्तिको फैसला सुनाएको छ । न्यायाधीश अमृतबहादुर बस्नेतको इजलासले पुस १२ गते उक्त फैसला सुनाएको सहायक सरकारी वकिल दिपेन्द्र दनुवारले जानकारी दिए । पीडित महिलालाई आरोपितले गत जेठ २६…

December 28, 2016  
महोत्तरी जिल्ला अस्पतालमा औषधि अभाव

महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा औषधिको अभाव भएको छ । जिल्ला अस्पतालमा पारा सिटामोल, एमोक्सिसिलिन, एन्टासिड, एम्लोडिपिन, कोट्रीमोक्साजोल र मेट्रोन ज्वरो, एन्टीवायोटिक, उच्च रक्तचाप र झाडापखालालगायतका अत्यावश्यक औषधिहरूको अभाव भएको हो । जिल्ला सदरमुकाम जलेश्वरमा रहेको जिल्ला अस्पताल र जिल्ला कै विभिन्न गाविस र नगरपालिकामा रहेको स्वास्थ्य चौकीहरूमासमेत औषधि अभाव हुँदा…

December 26, 2016