बलात्कार घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका-१९ इनर्वाका ३० वर्षीय महम्मद तैयब हुसेन, २९ वर्षीय नुरुल होदा र ३० वर्षीय महम्मद तबरेजलाई असार २७ गते दिउँसो गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितत्रयले असार २७ गते बलात्कार गरेको आरोपमा पीडित महिलाले असार २७ गते प्रहरीमा उजुरी दिएपछि…
अज्ञात समूहबाट राजविराज जेसीजमा गराइएको आगजनीबाट क्षति
युवाहरूको नेतृत्व क्षमता र व्यक्तित्व विकास गर्ने विश्वव्यापी संस्था जेसीजको राजविराज नपा-७ स्थित भवनमा अज्ञात समूहले असार २७ गते बिहान आगजनी गरेको छ । पूर्वपट्टीको झ्यालको सिसा फुटाई पेट्रोल छर्केर गरिएको आगजनीले राजविराज जेसीज भवनको तालिम कक्षमा रहेको १५ ओटा प्लास्टिकका कुर्सी दुई ओटा पङ्खा, झ्यालको सिसा, कार्पेट, बिजुली वायरिङ्ग…
जिल्लास्तरीय शैक्षिक बहस कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सिरहामा सञ्चालन गरेको शिक्षाको अधिकारसम्बन्धी कार्यक्रम अन्तर्गत जिल्लास्तरीय शैक्षिक बहस असार २५ गते सम्पन्न गरेको छ । शिक्षा क्षेत्रको बेथिति सुधारका निम्ति राज्यका नीति र जिल्लामा सञ्चालित कार्यक्रमबारे जिल्लास्तरीय सेवा प्रदायक र सेवाग्राहीबीच बहस कार्यक्रम गरिएको हो । सिरहाका जिल्ला शिक्षा अधिकारी अरबिन्दलाल कर्णले…
उच्चस्तरीय जाँचबुझ आयोग सप्तरीमा
तराई, मधेस, थरूहटलगायत क्षेत्रमा आन्दोलनका क्रममा भएका हिंसात्मक घटना छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोग असार २५ गते सप्तरी आएको छ । ०७३ कात्तिक १ गते सपथ ग्रहण गरेर काम प्रारम्भ गरेको आयोग नौ महिनापछि १७ औँ जिल्लाका रूपमा सप्तरी आइपुगेको हो । आयोगको टोलीमा पूर्व न्यायाधीश एवम् अध्यक्ष गिरिशचन्द्र…
परियोजनाको जिल्लास्तरीय परामर्श बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको आयोजनामा परियोजनाको जिल्लास्तरीय परामर्श बैठक असार २४ गते नेपाल पत्रकार महासङ्घ पर्साको सभा कक्षमा सम्पन्न भएको छ । कार्यक्रममा मानव अधिकार निगरानी समूह मधुवन मथौलका अध्यक्ष दिनेश तिमिल्सिनाले खाद्य, शिक्षा र स्वास्थ्यका क्षेत्रमा सरकारले ग्रामीण तहसम्म उपलब्ध गराएको सेवा…
शिक्षा क्षेत्रको समस्या समाधानको माग गर्दै बालकहरू अनसनमा
लालीगुराँस बाल क्लबले शिक्षा क्षेत्रको समस्या समाधानको माग गर्दै राजविराज नपा-७ स्थित गजेन्द्र चोकमा असार २४ गतेदेखि रिले अनसन थालेका छन् । शैक्षिक क्षेत्रका विविध समस्या समाधानका लागि बाल सम्मेलनले प्रमुख जिल्ला अधिकारीमार्फत ०७३ जेठ २५ गते प्रधानमन्त्री र शिक्षा मन्त्रीलाई ज्ञापनपत्र पठाए पनि सुनुवाइ नभएपछि स्थानीय प्रशासनलाई स्मरण पत्र…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौशाला नगरपालिका-१२ का ४० वर्षीय रामनरेश शर्मालाई असार २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय वर्दिवासका डिएसपी शालिग्राम शर्माले बताए । पीडित…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
३५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भगवानपुर गाउँपालिका-२ का २० वर्षीय अरूण यादवलाई असार २० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार १९ गते यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा असार २० गते उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद…
मानव अधिकार आयोगको टोली बाढी प्रभावित गाउँमा
सप्तरी जिल्लाको एक दर्जन गाउँ बाढीबाट डुवानमा परेपछि राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरको टोलीले असार २० गते तिलाठी कोइलाडी गाउँपालिका-१ स्थित तिलाठी गाउँको अवलोकन निरीक्षण गरेको छ । आयोगका निमित्त क्षेत्रीय निर्देशक दिपेन्द्र सिंह र जनकपुरमा कार्यरत सञ्चारकर्मीहरू श्याम मिश्र, शैलेन्द्र महतो र गोबिन्द महतोले बाढीबाट प्रभावित गाउँ…
यौन दुर्व्यवहार गरेको कसुरमा चार वर्षकैदको फैसला
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा लहान नपा-१२ का २५ वर्षीय विनोद महरालाई जिल्ला अदालतले असार १९ गते चार वर्षकैदको फैसला गरेको छ । न्यायाधीश तिर्थराज केसीको इजलासले सो फैसला गरेको सरकारी वकिल जुद्ध आलेले बताए । पीडित बालिकालाई महराले ०७३ फागुन १३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित…