कारागारका कैदीबन्दीको सङ्ख्या धेरै भएपछि विविध समस्या  

कारागारको क्षमताभन्दा बढी कैदीबन्दीलाई एकै ठाउँमा राख्नु परेका कारण कारागारमा व्यवस्थापनलगायत विविध विषयमा समस्या भएको छ । जलेश्वर कारागारमा १ सय ३५ जना कैदीबन्दी बस्ने क्षमता रहेकोमा हाल ४९ महिला कैदीबन्दी, चार जना आश्रति बालबालिका सहित ३ सय ९६ जना कैदीबन्दी छन् । वर्षातको समय सुरु भएपछि अहिले कारागार भित्र…

July 19, 2017  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कृष्णासबरन गाउँपालिका-३ का २५ वर्षीय श्यामसुन्दर खंगलाई साउन ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले प्रहरीमा उजुरी गरेपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य…

July 18, 2017  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

महदेवा गाउँपालिका-५ की ३० वर्षीया रानीदेबी दासका पति ३६ वर्षीय दिपेन्द्रकुमार दासलाई बहुविवाहको आरोपमा प्रहरीले साउन ३ गते गिरफ्तार गरेको छ । पीडित महिलाले उनका पति दिपेन्द्रले कञ्चनरुप नपा-६ मधवापुरकी २६ वर्षीया सोनम दाससँग ०७४ असार २५ गते बहुविवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा साउन २ गते उजुरी दिएकी थिइन्…

July 18, 2017  
कैदीबन्दीद्वारा कारागारमा नाराबाजी र आन्दोलन

राजविराज नपा-६ स्थित सप्तरी कारागारका कैदी बन्दीहरूले साउन ३ गते नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन् । कारागारको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका सई नागेश्वरप्रसाद यादवले दुर्व्यवहार गर्दै बन्दीहरूसँग रकम असुल गरेको आरोप लगाउँदै त्यसैको विरोधमा बन्दीहरूले प्रदर्शन गरेका हुन् । प्रत्येक बन्दीले दैनिक पाउने ४५ रुपियाँ र ७ सय ग्राम…

July 18, 2017  
संवैधानिक अधिकार माग्दै डोम भेला

नेपालको संविधानमा व्यवस्था भएको दलितको हक, सामाजिक न्यायको हक र छुवाछुतविरुद्धको हकअन्तर्गतको मौलिक अधिकारको माग गर्दै डोम समुदायले राजविराजमा साउन २ गते जिल्ला भेला गरेको छ । ११ वुँदे घोषणा पत्र जारी गर्दै भेलाले सरकारी सेवामा आरक्षण, शिक्षा, स्वास्थ्य, रोजगारमा विशेष व्यवस्था, जातीय छुवाछुत, विभेदका घटनामा पीडकविरुद्ध तुरुन्त मुद्दा दर्ता,…

July 18, 2017  
बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला

छिन्नमस्ता गाउँपालिका-३ गोबिन्दपुरकी २४ वर्षीया फतमा खातुनका पति २५ वर्षीय अफजल मियाँलाई जिल्ला अदालतले असार २९ गते एक वर्षकैद र पाँच हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले बहुविवाह गरेको आरोपमा अफजललाई कैद र जरिबानाको फैसला गरेको अदालतले जनाएको छ । आरोपित अफजलले जेठी पत्नीसँग सम्बन्ध…

July 13, 2017  
यौन दुर्व्यवहार गरेको कसुरमा तीन वर्षकैदको फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा धनगढी गाविस-८ महनौरीका १८ वर्षीय सञ्जिबकुमार मण्डललाई जिल्ला अदालत सप्तरीले असार २८ गते दुई वर्ष १० महिना कैदको फैसला गरेको छ । न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले मण्डललाई कैद सजाय गर्नुका साथै आरोपितबाट पीडितलाई ७ हजार रुपियाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको अदालतले जनाएको छ…

July 13, 2017  
बहुविवाह घटनाका आरोपितविरुद्ध उजुरी

धनगढीमाई नपा-९ कि २९ वर्षीया मञ्जु कामतीले ३१ वर्षीय पति जयप्रकाश महतोले बहुविवाह गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा असार २८ गते उजुरी दिएकी छन् । पीडित महिलाका अनुसार आरोपितले ७ वर्षअघि आफूसँग प्रेम विवाह गरेको र दुई जना बच्चा भएपछि बल्हीकी १८ वर्षीया भगवन्ती कामतीसँग वैशाख ४ गते बहुविवाह…

July 12, 2017  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लहान नपा-१२ का २६ वर्षीय गुदर सदायलाई असार २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा सोही दिन पीडित पक्षले उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण लहान स्थित…

July 12, 2017  
कथित बोक्सीको आरोपमा अपमानजनक व्यवहार गरेको कसुरमा पाँच वर्षकैदको फैसला

कथित बोक्सीको आरोपमा अपमानजनक व्यवहार गरेको कसुरमा कल्याणपुर जब्दीका ५५ वर्षीय पवनकुमार यादवलाई जिल्ला अदालतले असार २७ गते पाँच वर्षकैद तथा ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश ध्रुवप्रसाद सापकोटाको इजलासले सो फैसला गरेको सरकारी वकिल जुद्ध आले मगरले जानकारी दिए । अन्य आरोपितहरूलाई सफाई दिने फैसला गरेको…

July 12, 2017