अधिवक्तालाई मोसो, कार्यालयहरूमा ढुङ्गामुढा तथा मोटरसाइकलमा आगजनी
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले राजविराज नपा-१ मा रहेको जिल्ला वन कार्यालय र राजविराज नपा-८ मा रहेको क्वाटरमा फागुन २४ गते आगजनीको प्रयास गरेका छन् । उनीहरूले राजविराज नपा-१ स्थित नेपाल दुरसञ्चार कार्यालय र नगरपालिका कार्यालयमा ढुङ्गा प्रहार गरी झयालका सिसा फुटाएका छन् भने राष्ट्रिय बाणिज्य बैङ्कमा ढुङ्गा र पेट्रोल…
मोर्चाका कार्यकर्ताद्वारा शान्ति समितिको कार्यालयमा आगजनी
राजविराज नपा-६ स्थित स्थानीय शान्ति समितिको कार्यालयमा फागुन २४ गते दिउँसो संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीका कार्यकर्ताहरूले आगजनी गरेका छन् । कार्यालयको बोर्डलगायतका सामग्रीहरु तोडफोड गर्दै मोर्चाका कार्यकर्ताहरूले आगजनी गरेका हुन् । आगजनीबाट कार्यालयभित्र रहेका फर्निचर सामग्रीलगायत कागजातहरू जलेर क्षति पुगेको छ । स्थानीय शान्ति समितिको संयोजकमा हाल नेकपा (एमाले)…
शिक्षक सङ्गठनका अध्यक्षमाथि मोर्चा कार्यकर्ताद्वारा दुर्व्यवहार
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रौतहटका जिल्ला अध्यक्ष ४७ वर्षीय मणिशङ्कर निधिलाई ०७३ फागुन २३ गते साँझ मधेशी मोर्चाका कार्यकर्ताले मोसो दलेर दुर्व्यवहार गरेका छन् । जिल्ला सदरमुकाम गौरस्थित वीपी चोकबाट मोटरसाइकलमा आफ्नो निवासतर्फगइरहेका निधिलाई मोर्चाका दुई जना कार्यकर्ताले मोटरसाइकल रोकी अनुहार र शरीरमा मोबिल खन्याएर भागेको नेकपा एमालेका जिल्ला सचिव…
प्रहरीको गोली लागि तीन जनाको मृत्यु
सप्तरीको राजविराजमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या तीन पुगेको बताइएको छ। यद्यपी प्रहरीले भने सप्तरी मलेठ-२ का सञ्जन मेहताको मात्रै मृत्यु भएको पुष्टि गरेको छ । सप्तरी मलेठ-४ का पिताम्बर मण्डल र आनन्द शाहको मृत्यु भएको राससले जनाएको छ । झडपका क्रममा प्रहरीको गोली लागी गम्भीर घाइते भएका…
एमालेको पत्रकार सम्मेलन गर्न नदिन होटल सञ्चालकलाई मोर्चाद्वारा धम्की
नेकपा एमाले सिरहाले फागुन २३ गते गर्न लागेको पत्रकार सम्मेलन गर्न नदिन मोर्चाले होटल सञ्चालकलाई धम्की दिएको छ । मेची महाकाली राष्ट्रिय अभियानको जानकारी दिन नेकपा एमालेले आयोजना गरेको पत्रकार सम्मेलन गोलबजार नपा-६ स्थित एलिशा फुड कोर्ट एण्ड फेमिली होटलका सञ्चालकलाई बिहान मोर्चाका कार्यकर्ताहरूले गएर कार्यक्रम गर्न नदिनु भनी धम्की…
पत्नी हत्याका आरोपितलाई सर्वस्वसहित जन्मकैदको फैसला
पत्नी हत्याका आरोपित लहान नपा ६ का ३५ वर्षीय विशेश्वरप्रसाद साहलाई जिल्ला अदालत सिरहाले फागुन २३ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । न्यायाधीश राजेन्द्रप्रसाद अधिकारीको इजलासले सो फैसला गरेको सहायक सरकारी वकिल दिपेन्द्र दनुवारले बताए । ३२ वर्षीया बबितादेवी साहलाई ०७३ भदौ २ गते आरोपितले राति घरायसी विवादमा सिलौटाले…
एमालेको कार्यक्रमस्थल नजिक बम फेला
नेकपा (एमाले) को मेची-महाकाली राष्ट्रिय अभियानअन्तर्गत फागुन २३ गते आमसभाका लागि तय गरिएको बसविट्टी गाविसस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र नजिकै एउटा सकेट बम फेला परेको छ । बम निष्कृय बनाउन श्री कृष्ण दल गणको बम डिस्पोजल टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दानबहादुर कार्कीले जानकारी दिए । नेकपा (एमाले)…
धारिलो हतियार प्रहार गरी महिलाको हत्या
कनकपुर गाविस-२ की २५ वर्षीया सहनाज खातुनको शव फागुन २२ गते बिहान अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी घाइते बनाएकोमा उपचारको क्रममा मृत्यु भएको छ । आफ्नै घरमा सुतिरहेकी खातुनलाई बिहान ४ बजेको समयमा घर बाहिर अज्ञात व्यक्तिले चोर आयो भनी हल्ला गरेपछि सँगै सुतेका पीडितका पति ३० वर्षीय शेष…
एमाले अभियान विथोल्न भन्दै मसाल जुलुस प्रदर्शन
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले नेकपा (एमाले) को मेची महाकाली राष्ट्रिय अभियान सप्तरी प्रवेश गर्ने अघिल्लो दिन फागुन २२ गते साँझ राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको छ । स्थानीय हरिनन्देश्वर महादेव मन्दिरबाट निस्किएको मसाल जुलुस नगर परिक्रमा पश्चात शहीद दर्शन चोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभामा वक्ताहरूले कुनै…
अज्ञात समूहद्वारा विद्यालयमा आगजनी
हरीहरपुर गाविस-३ स्थित सुर्य इङ्गलिश बोर्डिङ् स्कूलमा अज्ञात समूहले फागुन २१ गते राति आगजनी गरेको छ । आगजनीले विद्यालयको फुसको घर भएको ब्लक पूर्ण रूपले क्षतिग्रस्त भएको विद्यालय प्रशासनले जनाएको छ । स्थानीय गाउँलेहरूले आगोलाई नियन्त्रणमा लिएकोले अन्य ब्लकमा आगो सर्न नपाएको विद्यालयका संस्थापक देवनारायण चौधरीले जानकारी दिए । चौधरी…