नेताका परिवारमाथि मोर्चाका कार्यकर्ताद्वारा दुर्व्यवहार

राजविराज नपा-४ का नेकपा (एमाले) का केन्द्रीय सदस्य सुमनराज प्याकुरेलको परिवारमाथि उनको घरमा चैत १५ गते संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीका कार्यकर्ताले दुर्व्यवहार गरेका छन् । घरबाट बाहिर निस्किरहेका बेला प्याकुरेल पत्नी ५४ वर्षीया ज्योति प्याकुरेल र बुहारी ३० वर्षीया रक्तिम प्याकुरेलको बा.१० ज ५४३७ नम्बरको गाडीलाई घेराउ गरी उनीहरुले…

March 29, 2017  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई चैत ६ गते यौन दुर्व्यवहार गरेको आरोपमा जनकपुर उमनपा-१७ लोहनाका ६५ वर्षीय सहदेव मण्डललाई प्रहरीले चैत १५ गते गिरफ्तार गरेको छ । पीडित परिवारले चैत १४ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मनोज यादवले जानकारी दिए ।…

March 28, 2017  
तराई मधेस आन्दोलनबारे बुझ्दै छानबिन आयोग

तर्राई, मधेस र थरुहट आन्दोलनको क्रममा भएको घटनाहरू बारे सत्य तथ्य पत्ता लगाउन सरकारले पर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठन गरेको उच्चस्तरीय छानबिन आयोगले महोत्तरीका पीडितसँग छलफल तथा उजुरी सङ्कलन सुरु गरेको जनाएको छ । संविधान जारी हुनु पूर्व तथा पश्चात तराई मधेस र थरूहट आन्दोलनको क्रममा भएका हत्या, हिंसा, तोडफोड,…

March 27, 2017  
मोर्चाद्वारा जिल्ला समन्वय समिति र जलेश्वर नपाको कार्यालयमा तालाबन्दी

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जिल्ला समन्वय समितिको कार्यालय र जलेश्वर नगरपालिकाको कार्यालयमा चैत ११ गते तालाबन्दी गरेको छ । जिल्ला समन्वय समिति महोत्तरीको कार्यलयमा मोर्चाका नेता तथा कार्यकर्ताहरूले तालाबन्दी गर्नुका साथै मधेस सरकारसमेत लेखेका छन् । स्थानीय पुर्नसंरचना अन्तर्गत गाउँपालिका, नगरपालिका र जिल्लाको सिमाङ्कन बाँडफाँडमा आफूखुशी गरेको र यसले जनतालाई…

March 25, 2017  
संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिको टोली घटनास्थलमा

व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिद्वारा गठित उप-समितिले चैत १० गते सप्तरीको बसविट्टीमा भएको घटनास्थलको स्थलगत अध्ययन गरेको छ । सांसद मोख्तार अहमदको संयोजकत्वमा आएको सात सदस्यीय टोलीले मृत्यु भएका मलेठ गाविसका तीन जनाको परिवार, स्थानीयवासी, प्रत्यक्षदर्शी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूसँग जानकारी लिएका छन् । टोलीले…

March 23, 2017  
महोत्तरीको भंगहा गाउँपालिकाको बोर्डमा आगजनी, कार्यालयमा तालाबन्दी

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले चैत ९ गते महोत्तरीको भंगहा गाउँपालिकाको साइनबोर्ड झिकेर आगजनी गर्दै कार्यालयमा तालबन्दी गरेका छन् । निर्वाचन अगावै संविधान संशोधन गरे मात्र चुनावमा भाग लिने जनाउँदै मधेसी मोर्चाले निर्वाचनको विरोधमा भंगहा गाउँपालिको कार्यालयमा तालाबन्दी गरेका हुन् । गएको चैत ३ गते एक समारोहकाबिच भंगहा गाउँपालिकाको बोर्ड…

March 23, 2017  
अज्ञात समूहबाट शिक्षकमाथि गोली प्रहार 

बृन्दावन गाउँपालिका-३ का ४२ वर्षीय रामएकवाल राय यादवलाई चैत ९ गते बिहान अज्ञात समूहले गोली प्रहार गरी घाइते बनाएको छ । मकवानपुर जिल्लाको डाँडाखर्क स्थित मनकामना माध्यामिक विद्यलायमा कार्यरत शिक्षक यादव विदामा आफ्नो घर आएका बेला सुतिरहेको समयमा अज्ञात समूहले बिहान १ बजे गोली प्रहार गरेको यादवको परिवारले जनाएको छ…

March 22, 2017  
समाचार लेखेको आरोपमा पत्रकारलाई कुटपिट गर्ने धम्की

लहान नपा-२० का ३० वर्षीय नयाँ पत्रिकाकर्मी दिलीप सिंहलाई चैत ७ गते लहानस्थित एक निजी विद्यालयका प्रिन्सिपलले कुटपिट गर्ने धम्की दिएका छन् । लहान-१ स्थित सिता नोबेल न्युज सेन्टर भित्र कम्प्युटरमा सामाचार लेखिरहेको अवस्थामा देब आइडियल इङ्लिश बोर्डिङ् स्कुलका प्रिन्सिपल ४५ वर्षीय मुरारी साहले सामाचारको विषयलाई लिएर कुटपिट गर्ने धम्की…

March 20, 2017  
जिल्ला परियोजना सल्लाहकार समितिको बैठक समपन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सिरहा जिल्लामा सञ्चालित कार्यक्रमहरूको विषयमा जानकारी आदानप्रदान गर्ने उद्धेश्यले चैत ६ गते परियोजना सल्लाहकार समितिको बैठक जिल्ला समन्वय समिति सिरहाको सभाहलमा समपन्न भएको छ । [caption id="attachment_4092" align="aligncenter" width="640"] U[/caption] स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल गर्ने परियोजना अन्तर्गत आयोजित बैठकमा इन्सेक…

March 20, 2017  
मोर्चाका कार्यकर्ताद्वारा स्थानीय तहमा तालाबन्दी

संविधान संशोधनसहितका माग सम्बोधन नभएसम्म स्थानीय निर्वाचन हुन नदिने भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जिल्लाको पातो नगरपालिका, बेल्ही चपेना गाउँपालिका र छिन्नमस्ता गाउँपालिकामा चैत ६ गते तालाबन्दी गरेका छन् । मोर्चाको आन्दोलन जारी रहेको र स्थानीय तहको पुर्नसंरचना विभेदपूर्ण भएकोले कार्यान्वयन हुन नदिने भन्दै मोर्चाले स्थानीय निकायहरूमा तालाबन्दी गरेको…

March 19, 2017