बलात्कार प्रयास गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला
२० वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा भुतही गाविस-८ का ५० वर्षीय रामचन्द्र प्रमाणीलाई जिल्ला अदालतले भदौ ६ गते २ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश विनोदकुमार गौतमको इजलाशले उक्त पैसला सुनाएको अदालतका श्रेस्तेदार नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । पीडित महिलालाई रामचन्द्र प्रमाणीले बलात्कार प्रयास…
कथित बोक्सीको आरोपमा कुटपिट गर्नेविरुद्ध उजुरी
लक्ष्मीपुर गाविस- १ की ३६ वर्षीया रामदुलारी यादवलाई भदौ ३ गते बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा सोही गाविस-९ का ३७ वर्षीय बेचन महतो, ३१ वर्षीय सुलन महतो, २२ वर्षीय रविन्द्र महतो र ४५ वर्षीय सुरज महतोकाविरुद्ध पीडित परिवारले भदौ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका छन् । पीडितका ससुरा…
पत्नीको हत्या गरेको आरोपमा पति गिरफ्तार
लहान नगरपालिका-६ की ४३ वर्षीया बबिता साहलाई हत्या गरेको आरोपमा ४५ वर्षीय पति विशेश्वरप्रसाद साहलाई इलाका प्रहरी कार्यालय लहानले भदौ २ गते राति गिरफ्तार गरेको छ । आरोपितले भदौ २ गते राति १० बजे तिर घरायसी विवादमा बबिता साहलाई सिलौटाले हिर्काउँदा गम्भीर घाइते भएकी थिइन् । झगडा छुटाउने क्रममा ६…
छोरी हत्याको आरोपमा बावु गिरफ्तार
महादेवपट्टी गाविस-३ की १४ वर्षीया प्रभा कुमारीको हत्या गरेको आरोपमा प्रभाका ४५ वर्यीय बावु शिव मुखियालाई भदौ २ गते प्रहरीले गिरफ्तार गरेको छ । स्थानीयबासीले छोरी प्रभाको भदौ १ गते राति उनकै बावुले हत्या गरेको सूचना दिएपछि प्रहरी चौकी महादेवपट्टीको टोलीले आरोपितलाई घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी…
सामूहिक बलात्कार आरोपमा उजुरी दर्ता
१२ वर्षीया बालिकालाई सिम्रा भवानीपुर गाविस-६ का ३० वर्षीय सलाहुद्धिन अन्सारी, सोही ठाउँका २६ वर्षीय असताफ देवान, सोही ठाउँका ३५ वर्षीय सहिद अन्सारी र सोही गाविस-५ का १८ वर्षीय असरफ मियाँले साउन ३१ गते राति सामूहिक बलात्कार गरेको आरोपमा पीडित बालिकाले भदौ ३ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा जाहेरी दर्ता…
बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला
बहुविवाह गरेको कसुरमा लहान नपा-१७ का ३५ वर्षीय हबिब मियाँ र २३ वर्षीया लजिना खातुनलाई जिल्ला अदालतले साउन ३२ गते जनही एक/एक वर्षकैद र २५ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश अमृतबहादुर बस्नेतको एकल इजलासले सो फैसला गरेको सिरहाका सरकारी वकिल मनोज आचार्यले बताए । पीडित २५ वर्षीया…
समाचार लेखेको आरोपमा पत्रकारमाथि हातपात
समाचार लेखेको आरोपमा सप्तरी जिल्ला धनगढी गाविस-१ घर भई सिरहाका कान्तिपुर समाचारदाता ३५ वर्षीय देवनारायण साहलाई १ गते फुलकाहाकट्टी-५ घर भई लाहान बस्ने ३४ वर्षीय बिरु भन्ने बिरेन्द्र यादवले हातपात गरेको पीडितले बताए । भदौ १ गतेको कान्तिपुरको चार नम्बर पृष्ठमा बाबा गणपति कन्ट्रक्सन फुलकहाकट्टलिे पशु सेवा केन्द्र भगवानपुरको भवन…
बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा पति गिरफ्तार
क्षिरेश्वरनाथ नपा-६ की २७ वर्षीया सुन्दरकलादेवी साहलाई बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीय पति कुशे साह तेलीले साउन ३० गते प्रहरीले गिरफ्तार गरेको छ । घरायसी विवादका कारण सुन्दरकलालाई साउन २८ गते बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा आरोपितलाई प्रहरीले आज गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता…
कथित बोक्सीको आरोपमा एकल महिलामाथि कुटपिट तथा दुर्व्यहार
खरिहानी गाविस-५ की ६५ वर्षीया जानकीदेवी कापरलाई साउन २८ गते कथित बोक्सीको आरोपमा छिमेकीहरूले कुटपिट तथा दुर्व्यवहार गरेको पीडितले आरोप लगाएकी छन् । पीडित जानकीदेवीलाई छिमेकी २५ वर्षीय घुरण कापर, ३० वर्षीया बवितादेवी मुखिया, २३ वर्षीय बासलाल मुखिया, २६ वर्षीय सुकमार कापर, २४ वर्षीय संजित कापर समेतले मिली टाउकोमा ईटा…
१७ औं अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइयो
१७ औं अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा साउन २८ गते सिरहामा विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला युवा समिति सिरहाको आयोजना र इन्सेक, मानवअधिकार संरक्षण केन्द्र सञ्जाल, दलित जनकल्याण युवा क्लब, ओरेक, सहयोगी हातहरू, समग्र जनउत्थान केन्द्र, इह्रिकन, मुक्ति नेपाल, महिला मानवअधिकार रक्षक सञ्जाल, जिल्ला प्रहरी कार्यालय, कृयाशिल महिला पत्रकार…