अज्ञात समूहद्वारा गरिएको गोली प्रहारबाट एक जना घाइते 

बीरगञ्ज उमनपा-१४ ठुलो पिप्राकी २३ वर्षीया निलु पटेललाई चैत २८ गते राति अज्ञात समूहले गोली प्रहार गरी घाइते बनाएको छ । पटेलको देब्रे कन्चट नजिक गोली लागेको प्रहरीले जनाएको छ । पीडित महिलाको उपचार बीरगञ्जस्थित नेशनल मेडिकल कलेजको सघन उपचार कक्षमा भइरहेको छ । उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको…

April 11, 2017  
एमाले नेताको घरमा कालो झण्डा

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सप्तकोशी गाउँपालिका-५ कमलपुरस्थित नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवम् प्रदेश नं. २ का संयोजक सत्यनारायण मण्डलको घरमा चैत २७ गते कालो झण्डा झुण्ड्याएका छन् । मोर्चाका जिल्ला संयोजक दिनेशकुमार यादवको नेतृत्वमा मोटरसाइकल र्‍यालीसहित पुगेका मोर्चाका कार्यकर्ताहरूले पूर्व खेलकुद मन्त्री मण्डलको घरमा कालो झण्डा झुण्ड्याउनुका साथै घरमा…

April 10, 2017  
बहुविवाह गरेको कसुरमा १ वर्षकैदको फैसला

बहुविवाह गरेको कसुरमा जिल्ला अदालतले चैत २७ गते लहान नपा-१५ का २४ वर्षीय शङ्कर ढुङ्गानालाई १ वर्षकैद र ५ हजार रुपियाँ जरिबाना र २० वर्षीया स्मिता कार्कीलाई सफाई दिने फैसला गरेको छ । न्यायाधीश चन्द्रमणी ज्ञवालीको इजलासले सो फैसला गरेको सरकारी वकिल जुद्धबहादुर आले मगरले बताए । लहान नपा-१५ की…

April 10, 2017  
बलात्कार घटनाका अरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको अाराेपमा प्रहरीले जनकपुर उमनपा-१७ का ६१ वर्षीय सहदेव मण्डल र ४५ वर्षीय चलित्तर मण्डललाई गिरफ्तार गरेको राससले जनाएको छ । पीडित बालिकालाई आरोपितद्वयले विभिन्न प्रलोभनमा पारेर पटकपटक यौनशोषण र बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि अरोपितद्वलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको…

April 9, 2017  
यौन शोषण घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन शोषण गरेको आरोपमा गौशाला नपा-५ स्थित जनता माविका ३८ वर्षीय शिक्षक रामदुलार साह सोनारलाई इलाका प्रहरी कार्यालय गौशालाले चैत २२ गते गिरफ्तार गरेको छ । बर्दिबास नपा-३ घर भएका शिक्षक साह विद्यालय नजिकै डेरा गरेर बस्दै आएका थिए । चैत २२ गते साँझ ५ बजेको समयमा…

April 6, 2017  
धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा अहेबको शव फेला

सर्लाही जिल्ला गोडैता नपा-११ घर भई वीरगञ्ज उमनपाको रमगढवा स्वास्थ्य चौकीमा अहेब पदमा कार्यरत २८ वर्षीया बबिताकुमारी पण्डित कुम्हालको चैत १३ गते बाराको प्रसौनी गाउँपालिका-६ स्थित सिङहा खोला छेउमा हत्या गरिएको अवस्थामा बोरामा शव फेला परेको प्रहरीले जनाएको छ । मृतक बबिताकुमारीका बावु नागेन्द्र पण्डितले घटनाको छानबिन गर्न चैत १५…

March 29, 2017  
यौन दुर्व्यवहार गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला

२८ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको कसुरमा गोलबजार नपा-३ का १८ वर्षीय अशोक लामालाई जिल्ला अदालतले २ वर्ष ६ महिना कैदको फैसला सुनाएको छ ।   न्यायाधीश राजेन्द्र अधिकारीको चैत १५ गतेको एकल इजलासले सो फैसला गरेको सरकारी वकिल जुद्ध आले मगरले जानकारी दिए ।   पीडित महिलालाई आरोपितले गत…

March 29, 2017  
नेताका परिवारमाथि मोर्चाका कार्यकर्ताद्वारा दुर्व्यवहार

राजविराज नपा-४ का नेकपा (एमाले) का केन्द्रीय सदस्य सुमनराज प्याकुरेलको परिवारमाथि उनको घरमा चैत १५ गते संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीका कार्यकर्ताले दुर्व्यवहार गरेका छन् । घरबाट बाहिर निस्किरहेका बेला प्याकुरेल पत्नी ५४ वर्षीया ज्योति प्याकुरेल र बुहारी ३० वर्षीया रक्तिम प्याकुरेलको बा.१० ज ५४३७ नम्बरको गाडीलाई घेराउ गरी उनीहरुले…

March 29, 2017  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई चैत ६ गते यौन दुर्व्यवहार गरेको आरोपमा जनकपुर उमनपा-१७ लोहनाका ६५ वर्षीय सहदेव मण्डललाई प्रहरीले चैत १५ गते गिरफ्तार गरेको छ । पीडित परिवारले चैत १४ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मनोज यादवले जानकारी दिए ।…

March 28, 2017  
तराई मधेस आन्दोलनबारे बुझ्दै छानबिन आयोग

तर्राई, मधेस र थरुहट आन्दोलनको क्रममा भएको घटनाहरू बारे सत्य तथ्य पत्ता लगाउन सरकारले पर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठन गरेको उच्चस्तरीय छानबिन आयोगले महोत्तरीका पीडितसँग छलफल तथा उजुरी सङ्कलन सुरु गरेको जनाएको छ । संविधान जारी हुनु पूर्व तथा पश्चात तराई मधेस र थरूहट आन्दोलनको क्रममा भएका हत्या, हिंसा, तोडफोड,…

March 27, 2017