कथित बोक्सोको आरोपमा कुटपिट गरेको पीडित पक्षको आरोप

सोनमा गाउँपालिका-८ सिहासनीका ६५ वर्षीय जुगेश्वर ठाकुरलाई मङ्सिर १७ गते कथित बोक्सोको आरोपमा सोही ठाउँका २८ वर्षीय अञ्जनी ठाकुर र उनका आफन्तले कुटपिट गरेको पीडितले आरोप लगाएका छन् । केही दिनअघि अञ्जनी ठाकुरको २५ वर्षीया पत्नी खाना पकाउने क्रममा प्रेसर कुकुर पड्किँदा गम्भीर घाइते हुन पुगेकी थिइन् । उपचारको क्रममा…

२०७५ मंसिर १८, मंगलवार १४:३२ गते  
जन्मसिद्ध नागरिकतासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव पारित

प्रदेश २ को प्रदेशसभा बैठकले ऐन संशोधन नगरेर सङ्घीय सरकारले जन्मसिद्ध नागरिकता वितरण रोकेको आरोप लगाउँदै सार्वजनिक महत्वको प्रस्ताव पारित गरेको छ । जन्मसिद्ध नागरिकतासँग जोडिएको यो प्रस्ताव प्रदेशसभामा पाससँगै सङ्घीय सरकारलाई नागरिकता ऐन संशोधन गर्न दबाब बढ्ने बताइएको छ । प्रदेशसभाको दोस्रो अधिवेशनअन्तर्गत मङ्सिर १७ गते बसेको ४५ औँ…

२०७५ मंसिर १८, मंगलवार ०८:२२ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले राजपा नेपाल सप्तरीका कोषाध्यक्ष छिन्नमस्ता गाउँपालिका–५ लोखरमका ३५ वर्षीय मनोजकुमार मेहतालाई गिरफ्तार गरी मङसिर १६ गते बलात्कार एवम् ठगीको उजुरी दर्ता गरेको छ । अपहरण तथा शरीर बन्धक मुद्दामा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका पीडितका पतिलाई छुटाई दिने प्रलोभन देखाई…

२०७५ मंसिर १७, सोमबार २०:२४ गते  
जलेश्वर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, जाडोको कारण कैदीबन्दीहरू बिरामी

महोत्तरीको जलेश्वर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी र जाडो बढेका कारण कैदीबन्दीहरू बिरामी पर्न थालेका छन् । कारागारमा पुरूष र महिलाका लागि दुई छुट्टाछुट्टै कक्ष छन् । अहिले महिला कक्षमा एक आश्रित बालिका सहित ४६ जना र पुरूष कक्षमा ४ सय ५० गरी कुल ४ सय ९६ जना कैदीबन्दी छन् ।…

२०७५ मंसिर १६, आईतवार १८:४७ गते  
मौलिक हकको कार्यान्वयनमा प्रादेशिक सरकार तथा संसदको भूमिका विषयक कार्याशाला गोष्ठी सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोगले ७० औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस र पेरिश सिद्धान्तको २५ औँ वर्षगाँठको सन्दर्भ पारी मङ्सिर १५ गते जनकपुरमा मौलिक हकको कार्यान्वयनमा प्रादेशिक सरकार तथा संसदको भूमिका र महिला अधिकारको अवस्था तथा गलत समाजिक परम्परागत मुल्यमान्यताका आधारमा हुने विभेदसम्बन्धी कार्यशाला गोष्ठीको आयोजना गरेको छ । गोष्ठीमा राष्ट्रिय…

२०७५ मंसिर १६, आईतवार १८:४६ गते  
जहाँ नागरिक समाज बलियो हन्छ, त्यहाँ लोकतन्त्र बलियो हुन्छः कानुन मन्त्री यादव

‘जहाँ नागरिक समाज बलियो हन्छ । त्यहाँ लोकतन्त्र बलियो हुन्छ र मानव अधिकारको बहाल हुन्छ ।’–प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ को आयोजनामा मङ्सिर १४ गते जनकपुरमा आयोजित जनप्रतिनिधि र नागरिक सङ्घ÷सङ्गठनबिच सम्वाद कार्यक्रममा मन्त्री यादवले…

२०७५ मंसिर १४, शुक्रबार २१:४७ गते  
महान्यायाधिवक्ता र इन्सेकको टोलीद्वारा कारागार निरीक्षण

महान्यायाधिवक्ताको कार्यालय, इन्सेक, जिल्ला बार इकाई, पत्रकारसहितको एक टोलीले जिल्ला कारागारको मङसिर १४ गते निरीक्षण तथा अनुगमन गरेको छ । महान्याधिवक्ता कार्यालयका नायव महान्यायाधिवक्ता किरण पौडेल, सह न्यायाधिवक्ता गीताप्रसाद तिम्सिना, सिडियो सुरेन्द्र पौडेल, इन्सेक सदस्य बैद्यनाथ झा, इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेल, सुनसरीका जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौला, सप्तरीका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद…

२०७५ मंसिर १४, शुक्रबार २१:३० गते  
सामुदायिक सेवा केन्द्रको सल्लाहकारमा इन्सेक सदस्य र प्रतिनिधि

सामुदायिक सेवा केन्द्र सप्तरीको सल्लाहकारमा इन्सेक सदस्य बैद्यनाथ झा र इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेल मङसिर १४ गते मनोनित भएका छन् । सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासको अध्यक्षतामा केन्द्रको राजविराज नपा–७ स्थित कार्यालयमा सम्पन्न वैठकले मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा कार्यरत अधिकारकर्मीका रूपमा इन्सेक सदस्य झा र इन्सेक…

२०७५ मंसिर १४, शुक्रबार २१:२७ गते  
प्रदेश २ को मानव अधिकार अवस्थाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालयको आयोजनामा मङ्सिर १३ गते जनकपुरधाममा प्रदेश २ को मानव अधिकार अवस्थाको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेक प्रदेश २ मा सन् २०१८ मा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको विश्लेषण प्रतिवेदन कार्याक्रममा इन्सेक प्रदेश २ का संयोजक राजु…

२०७५ मंसिर १४, शुक्रबार १९:४७ गते  
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनुषाको आयोजनामा मङ्सिर १० गते जनकपुरमा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१९ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि विनोदकुमार रविदासले सन् २०१८ को जनवरीदेखि नोभेम्वरसम्ममा जिल्लामा सङ्कलित ७३ ओटा घटनामा ७४ जना पीडित भएको प्रतिवेदन…

२०७५ मंसिर १२, बुधबार २०:४८ गते